लेखनाथ न्यौपाने र उनको किताब ‘सङ्घर्षको इतिहास’ बारे

किताबको सबैभन्दा ठूलो सीमितता हो, यसले विषयबारे सामान्य ज्ञान मात्र प्रदान गर्छ गहिरो ज्ञान दिँदैन । त्यसैले एक चरण सूचना र ज्ञान निर्माण गरिसकेका पाठकका लागि किताब रुचीकर नहुनसक्छ । कतिपय गम्भिर प्रसंगमा लेखकका धारणा स्थापित छैनन् । जस्तै,स्टालिनको भूमिका संसारभर नै बहसको विषय बनेको छ । लेखकले बनाउनुभएको धारणाको आधार के हो स्पष्ट छैन । 

-श्रीषा शाही

लेखनाथ न्यौपाने नेपाली वामपन्थी राजनीतिमा नचिनिएको नाम होइन । माओवादी सशस्त्र संघर्षताका नै उहाँको नाम चर्चित भइसकेको थियो । यसो भनौ यहाँको योगदानको मुल्यांकन तत्कालिन समयमा नि भएको थियो । युद्धकालिन अर्थात सशस्त्र आन्दोलन देखि नै नेपाली कम्युनिष्टको पक्षमा संघर्षरत हुनुहन्थ्यो न्यौपाने ।  माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उहाँ विद्यार्थी नेताको रुपमा चिनिनुभयो । अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको रुपमा उहाँ परिचित हुनुहुन्थ्यो । र उहाँको किस्सा बुटवलमा हामीले निकै सुन्थ्यौ । त्रिभुवन बिश्वबिद्यालयमा शैक्षिक अनियमितता र अराजकता छाईरहेको थियो । र यसको लागि विभिन्न बिद्यार्थीसंघहरुको सहकार्य र शैक्षिक परिवर्तन पनि भएको थियो । त्रिभुवन विश्वविद्यालयमा भएका महत्वपूर्ण परिवर्तनमा उहाँ साक्षी हुनुहुन्छ । साथै ०६३ पछिको विद्यार्थी आन्दोलनमा उहाँको भूमिका उल्लेखनीय छ ।

त्यसो त  माओवादी आन्दोलनमा पनि उहाँको भूमिका उल्लेखनीय छ । खासगरी शान्तिप्रक्रियामा आइसकेपछि माओवादी नेताहरुमा आएको विचलनबारे उहाँको तिक्ष्ण टिप्पणी रहिआएको छ ।  न्यौपाने त्यसैले पार्टीभित्रै पनि प्रतिपक्षी भनेर चिनिने गर्नुभएको छ । यही किताबको विमोचन समारोहमा पनि पुष्पकमल दाहालले उहाँलाई प्रतिपक्षी नै भनेर व्यंग्य गरेका थिए ।
– यी सबै सन्दर्भमा उहाँको किताबको समीक्षा आवश्यक छ ।

किताबको विशेषताः 
–    बाहिरी आवरण हेर्नासाथ हामीले यो संघर्षको इतिहास मतलव  लड्नु वा शक्तिको लागि संघर्ष भन्ने बुझ्छौ । मान्छेको सिंगो टाउको अर्थात घाँटीबाट माथिको भागको तस्विर बाहिरी कभरमा छ । झट्ट हेदौ रातो रंग देखिन्छ अर्थात क्रान्तिको प्रतिक पनि हो राता रंग ।
–     शायद द्धन्द्घ कालमा मागेको टाउकोको किस्सा त होइन  भन्ने कल्पना जागृत गराउछ । त्यसो त पुस्तक लगभग १ लाख ३० हजार जति बाक्यमा लेखिएको छ । यो पुस्तक बाक्लो रहेता पनि निकै सरल भाषामा लेखिएको छ । कम्युनिष्ट आन्दोलनको इतिहासको सटिक परिचय  इतिहासको बास्तविक स्वरुप  यसमा पाउन सकिन्छ । निकै मिठो भाषामा सबै जानकारी पाउनु यस पुस्तकको विशेषता हो । लगभग काल्पनिक समाजवाद देखि पुजीवाद हुदै बैज्ञानिक समाज बाद सम्मको चरणहरु यस पुस्तकमा समेट्न खोजिएको छ । पुस्तकमा पहिलो  विश्व युद्ध, दोस्रो बिश्व युद्ध र माक्सबादको शुरुवाती चरण देखिको सबैलाई यसमा लेखिएको छ । पुस्तकमा  चार वटा शिर्षकमा रहेर लेखिएको छ । १. समाजबाद २. राजनैतिक अर्थशास्त्र ३. दर्शनशास्त्र र ४. नेपाली बिद्यार्थी आन्दोलन रहेको छ भने सन्दर्भ सुचस् सहित २८ उपशिर्षकमा लेखिएको छ । यसको पुस्तकाको सबै जानकारी  हेर्दा यस किताबलाई इतिहास कायम गर्ने प्रयत्नको रुपमा बुझ्न जरुरी छ । माओवादी आन्दोलनभित्र एउटा ठूलो गुनासो छ – माओवादी आन्दोलनको इतिहास नै मेटिने काम भइरहेको छ । त्यसरी गुनासो गर्नेमध्ये एकजना लेखनाथ न्यौपाने स्वंय हुनुहुन्छ । त्यसैले यसलाई इतिहास लेखनकै प्रयत्नको रुपमा बुझ्नु अन्यथा हुनेछैन ।

– पुस्तकमा कम्युनिष्ट आन्दोलनको उदयदेखि नेपाली सन्दर्भमा त्यसको प्रयोगसम्मको विषय समेटिएको छ । त्यसैले पुस्तकले समेटेको आयाम निकै फराकिलो छ । यसरी फराकिला आयाम समात्नुका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । सकारात्मक पक्ष – यसले कम्युनिष्ट राजनीतिबारे आवश्यक सामान्य ज्ञान उपलब्ध गराउँछ । साथै बिश्व घटना तथा परिघटनाको पनि जानकारी दिलाउछ । पुस्तक हातमा परेपछि कुनै पनि विचार नबुझ्ने र बामपंथी विचार नबुझुनेहरुको लागि सामान्य ज्ञान अवश्य प्राप्त हुन्छ । पेज नं १ मा लेखक ज्युले निकै धेरै कुरालाई प्रष्ट्र पारेर लेख्नुभएको छ । भारतको नक्साल आन्दोल, माक्र्स लेनि स्तालिन , माओ र जति पनि संघर्ष छन त्यसलाई निकै बुझने भाषामा लेख्नुभएको छ । इतिहासमा भएको कमिकमजोरी त्रुटि र त्यसले निम्त्याउने परिणामको उल्लेख गरिनु उहाको खुबी हो ।  पुस्तक निकै उपयोगी हुन्छ । यो पुस्तक पढे पछि सबैको दिमागमा यो कसरी भयो यसको यस भित्र भएको विषय बारे सोधी खाजी गर्न मन लाग्ने छ यो भयो सकरात्मक पक्ष ।
 नकारात्मक पक्ष –

पुस्तक हेदै जादा यसले महत्वपूर्ण विषयबारे पनि गम्भिर ज्ञान दिँदैन । पेचिला बहसबारे पूर्ण जानकारी गराउँदैन । सामान्य जानकारीले कुनै  ब्यक्तिले सन्तुष्टि लिन सक्दैन । बैज्ञानिक समाजबादको उपशिर्षकमा माक्सको योगदान ३ बुदामा दिइएको छ । त्यति सामान्य रुपमा त्यति गहन विषय लिदा अलि खल्लो महशुस गरे । वर्गको बारे ब्याचलरको एउटा च्याप्टरको तीनतीन बटा बुक हुन्छ यहाँँ त जम्मा ४ वटा बुदामा सकिएको छ । पेज २८ मा संगठनको तीन बुदामा लेखिएको छ पार्टी एउटै वर्ग हुन पर्छ  , क्रान्तिकारी हुन पर्छ , अन्तराष्ट्रिय हुनुपर्छ ,भनिएको छ । त्यसो भए अन्त्राष्ट्रिय हुनु भनेको  बिदेशको हितमा काम गरिनु हो कि पुरानै ब्यवस्थालाई सुधार नगरी सत्तामा जानु हो यसलाई पालना किन गर्न जान्दैन त ?के नियम नमान्नु क्रान्तिकारी हुनु हो । सरर उपशिर्षकहरु हेदै जादा लेख्दालेख्दै छोडिएका छन । बाक्य पुरा हुन पाएको छैन । यसले भन्न खोजिएको बिषय के पाठकले बुभmन सक्दैन । सर्वहारा  बर्गको पार्टी को बुदाहरुमा बुला नं ५ र ६ गुटसंग संकल्पगत एकताको प्रति भनिएको छ त्यसो भए नेपाली कम्युनिष्ट माओबादीमा गुट छैन ? यहा लेखिएको कुराहरु आर्दशात्मक देखिन्छ ।  पेज ३४ बुदा तिनमा लेखिएको माआको नेतुत्वको चिनिया कम्युनिष्ट पार्टीले कि यस्ता े अवस्थामा चिनियाक्रान्तिको स्वरुप पुजीवादी जनवादी हुन्छ न कि  सर्वहारा समाजवादी भन्न खोजिएको प्रष्ट छैन । लेख्दा लेख्दा छुटेको नोट जस्तै लाग्छ । त्यसै अन्त्मि बुदातिर को शिर्षकमा उदाहरण दिइएको छैन । तर यो पुस्तकलाई कम्युनिष्ट राजनीतिबारेको पहिलो पुस्तकको रुपमा लिनु उपयुक्त हुन्छ । यसको बारेमा केही बुदागत दिपोट छ ।

– पुस्तक नोटको शैलीमा छ । विस्तृत व्याख्या भन्दा पनि टिपोट शैली प्रयोग गरिएको छ । प्रशिक्षण प्रशिक्षक सामग्री जस्तो देखिन्छ ।
– यो पुस्तकमार्फत् न्यौपानेले माओवादी आन्दोलनको सैद्धान्तिक आधार स्थापना गर्नुखोज्नुभएको जस्तो पनि देखिन्छ ।
– माओवादी आन्दोलनमा सैद्धान्तिक प्रशिक्षणलाई कम महत्व दिइन्थ्यो भन्नेहरुलाई जवाफ दिन खोज्नुभएको हो वा आन्दोलनको पुनस्र्थापनाको अभ्यास हो ? लेखकले प्रष्ट पार्नुहोला ।
—माओवादी  आन्दोलनको विषय र त्यति बेला बिस्तापित भएको जनजीवन र कम्युनिष्ट धारको चर्चा बिलाएको छ । ३/४ बटा पुस्तक बन्ने विषयलाई उहाले एउटै पुस्तक बनाउनुभएको छ । नेपालको इतिहासको बारेमा अलि खुलेर लेखता नि पनि यहाको भौगालिक र संघर्षको बारेमा खुलस्त छैन ।

किताबको सीमितता र लेखकसँग अपेक्षाः 
– किताबको सबैभन्दा ठूलो सीमितता हो, यसले विषयबारे सामान्य ज्ञान मात्र प्रदान गर्छ गहिरो ज्ञान दिँदैन । त्यसैले एक चरण सूचना र ज्ञान निर्माण गरिसकेका पाठकका लागि किताब रुचीकर नहुनसक्छ ।
– कतिपय गम्भिर प्रसंगमा लेखकका धारणा स्थापित छैनन् । जस्तै,स्टालिनको भूमिका संसारभर नै बहसको विषय बनेको छ । लेखकले बनाउनुभएको धारणाको आधार के हो स्पष्ट छैन ।
– सोभियत संघको अन्त्यको कारण के थियो भन्नेबारे पनि आवश्यक बहस भएको छैन ।
– चीनको अभ्यासलाई कसरी हेर्ने भन्ने विषयमा पनि प्रष्ट छैन ।
खुश्चिवहरुको, कम्युनिष्ट घोषण पत्रको बारेमा चलेको बहस बारेमा यति सानो ब्याख्याले यो प्रशिक्षण सामाग्रीलाई पुस्तको आकार दिएको हो कि जस्तो पाठकको मनमा आउछ ।

अपेक्षाः
– न्यौपाने जी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा हुनुहुन्छ । अब उहाँबाट केही गहकिला पुस्तकको अपेक्षा छ ।
– एकातर्पm उहाँ कम्युनिष्ट पार्टीका नेता खत्तम भए भनिरहनुभएको छ अर्कोतर्फ त्यहीँ पार्टीमा संलग्न हुनुहुन्छ । संलग्नमात्र होइन सक्रिय पनि हुनुहुन्छ । खासमा उहाँको स्थान कहाँनेर हो ? त्यसको सैद्धान्तिक आधार के हो ?
– माओवादी आन्दोलन, त्यसको वर्तमान नियतिप्रति उहाँको समीक्षा कस्तो हो ?
– त्यस्तै विद्यार्थी आन्दोलनप्रति उहाँको समीक्षा कस्तो हो ?
– शुरुमै उल्लेख गरेँ उहाँ त्रिभुवन विश्वविद्यालयमा भएका महत्वपूर्ण परिवर्तनका साक्षी हुनुहुन्थ्यो । विश्व बैंकको अनुदानमा भएको विश्वविद्यालय सुधार परियोजना लागू गरिएको थियो । विश्व बैंकका तीन शर्त थिएः
१) पिसिएल फेज आउट,
२) सेमेस्टर प्रणाली
३) आंगिक क्याम्पसको स्वायत्तता
पिसिएल फेज आउटको आन्दोलनमा शुरुमा लेखनाथ जीको नेतृत्वमा रहेको अखिल (क्रान्तिकारी) पनि विरोधमा थियो । पछि सहमतिमा गएको थियो । त्यसपछाडिको वास्तविक कथा के हो ?
सेमेस्टर प्रणालीको परिणामबारे उहाँका विचार के हुन् ?
नेपालमा विद्यार्थी आन्दोलनको मूल प्रवृत्ति के हो ? यसको भविष्य कस्तो हो ?

बैद्य माओवदी विप्लपको अर्थ के हो ? यसले त नेपाली कम्युनिष्ट पाटीको धज्जी उडाएको भन्ने चर्चा छ यसको बारेमा लेखद्धयले  बहस र जनवादको अभ्यासवाट पलायन भन्नु भएको छ  । त्यही संघर्षबाट आएका उहाहरुको सन्तुष्टि पार्टी अन्र्तद्धण्ड मात्रै हो कि ब्यवस्थासंगको विरोध हो बुझ्नै सकिएको छैन । यसको बारेमा यही पुस्तकमा भइदिओस भन्ने लाग्दछ ।

अन्त्यमा, 
लेखनाथ न्यौपानेको सबैभन्दा महत्वपूर्ण पक्ष हो, उहाँ साधारण,कर्मजीवि र इमान्दार हुनुहुन्छ । उहाँको इमान्दारी उहाँको जीवनमा देखिन्छ । अहिलेसम्म सत्ताको भाग पाउनुभएको छैन वा लिनुभएको छैन । उहाँको यो अनुकरणीय छवि कायम रहिरहोस् शुभकामना ।