राजनीतिक नारा (वालपेन्टिङ) मेटिएकोप्रति नेकपा कपिलवस्तुको गम्भीर आपत्ति

कपिलवस्तु । कपिलस्तुको शिवराज नगरपालिकाको धानखोला,दोबाटा र चोरबाटा लगायतका स्थानहरुमा पार्टीले लेखेको राजनीतिक वालपेन्टिङहरु प्रहरी लगाएर मेटिएकोप्रति विप्लव नेतृत्वको नेकपाले घोर भत्सर्ना गर्दै आपत्ति जनाएको छ ।

सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै कपिलवस्तु इन्चार्ज संगमले राज्यले फासीवादी शैलीमा राजनीतिक नाराहरु लेखिएको वाल पेन्टिङ मेटेकोमा गम्भीर आपत्ति जनाएका हुन् । कथित दुई तिहाईको सरकारले बोल्न पाउने, लेख्ने पाउने र संगठन गर्ने संवैधानिक कानुनको समेत खिल्ली उडाउदै पार्टीको राजनीतिक नाराहरु मेटाउनु गलत रहेको बताएका छन् ।

उनले राज्यले बन्दुकले दमन गर्न खोजेको भन्दै विचारको बहसमा आउन चुनौती समेत दिएका छन् ।