राजनीतिको उदास मौसममा यस्तो छ बुटवलमा तिहारको चहलपहल

जनबाटो संवाददाता । देशको राष्ट्रिय राजनीतिमा उदास मौसम देखिएपनि तिहारका चहलपहल देखिएको छ । राष्ट्रिय राजनीति सही दिशामा नहुँदा र गणतन्त्रको घोषणा सम्म आइपुग्दा समेत लाखौं जनताले अनुभव गर्ने गरी गणतन्त्रको अनुभव गर्न नसकेपनि परम्परादेखि मान्दै आएको हिन्दु धर्मालम्बीहरुको चाड तिहारमा चहलपहल सुरु भएको छ । यद्यपी विगतमा जस्तो अहिलेका चाडपर्वहरुमा रौनक भने कम हुँदै गएको छ । देशमा रहेका दुखीहरुका लागी भने चाडपर्वहरुसंग खासै सरोकार नभएले उनीहरुका लागी साँझ विहानको छाक कसरी टार्ने भन्ने चिन्ताले नै सताउने गर्छ ।


हिन्दु धर्मालम्बीहरुले मान्दैको तिहारको सन्दर्भमा फूलको व्यापार बढी हुने गर्दछ । यद्यपी फूलहरु भने नेपाली कम र भारतीय बढी बजारमा रहेको उपभोक्ताहरु बताउँछन् ।


बुटवलको अमरपथमा हरेक बर्ष तिहार मेला नै लाग्ने गर्दछ । तिहारको सन्दर्भमा देउसी भैलो खेल्ने प्रचलन पनि रहँदै आएको छ । कम्युनिष्टहरुले तिहारलाई आफ्नो नीति कार्यक्रम प्रचार प्रचार गर्ने माध्यमको रुपमा प्रगतिशील देउसी भैलो खेलेर मनाउने समेत गर्दछन् ।
यस्तो छ बुटवलमा तिहारको चहलपहल–