यस्तो रह्यो बुटवलमा अखिल (क्रान्तिकारी)को प्रदर्शन (फोटोफिचर)

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले १२६ औं माओ दिवसको अवसर पारेर विशाल विद्यार्थी सभा सम्पन्न गरेको छ ।
बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको -याली ट्राफिकचोकमा आएर सभामा परिणत भएको थियो । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु उपस्थित रहेको सो सभामा निर्मला पन्तको हत्यारालाई कारबाही गर्न समेत माग गरिएको थियो ।
दुई हजारको संख्यामा विद्यार्थीहरु उपस्थित उक्त कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत रहेको क्षितिज परिवारले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो । उक्त कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष रमेश गैरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लुम्बिनी समन्वय समितिका संयोजक विरेन्द्र विकले गरेका थिए भने स्वागत केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष रुपा बुढा मगरले गरेकी थिईन् ।