यस्तो छ ‘निर्मला हत्या प्रकरण’वारे छानविन समितिको प्रतिवेदन (पूर्ण पाठ)

निर्मला हत्या प्रकरणवारे सरकार र गृहमन्त्री रामबहादुर थापाको चौतर्फी विरोध भइरहेको बेला गृह मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।  कञ्चनपुरको भिमदत्त नगरपालिका-२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

१५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको ११ दिनपछि गृहमन्त्रालयले वेवसाइतमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो ।

रिपोर्टमा बलात्कारपछि हत्या भएको सार्वजनिक भएपछि साउन १२ र १३ गते हत्यारा पत्ता लगाई  दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। उनको दाहसंस्कार दोषीलाई कारबाही गर्ने सहमति भएपछि भदौ १४ गते गरिएको थियो।