म गाउँ फर्कन चाहन्छु !

-पारस राहादी मगर-

गाउँ
पानी हालेकाे दूध जस्तो शहर हैन
चिनि हालेकाे मह जस्तो हैन
न त साेडा हालेको भात जस्तो !

गाउँ,
भरपुर सुचनाप्रविधि प्रयाेग गर्दागर्दै पनि
वल्लाे काेठाकाे ब्यथा
पल्लाे काेठा बेखबर,शहर जस्तो हैन
गाउँ, गाउँ नै हाे
जहाँ,वल्लाे डाँडोकाे ब्यथा पल्लो डाँडोकाे अाफ्नै हाे
छिमेकीको खुट्टामा काँडा बिझ्नु अाफ्नै खुट्टामा काँडा बिझ्नु हाे

महाेदय,
गाउँमा
शहरतिरका अाेंठे,काेठे,काेटे,जुत्ते भलादमीहरु भन्दा
तिमिले भन्ने गरेकाे ‘पाखे’हरु मेरा सच्चा गुरु हुन्

झ्याँउरे,मेला,राेधी,भातभतेर
गाउँकाे डिस्काे,क्लब,डान्सबार हुन्
माेही पार्दाकाे घ्यार-घ्यार
जाँताे पिस्दाकाे राँई-राँई,घरररर
ढिँकि कुट्दाकाे ढक्-ढक्
गाउँकाे जीवन्त संगीत हुन्
जसमा म भाका सुसेल्छु

महाेदय,
शहरकाे झिलिमिलिमा भन्दा
रातभरि चम्किने टूगा,बाेबलीडूहरुकाे
पिलपिल उज्यालोमा
-जीवन भेटिन्छ
-बाटाे भेटिन्छ

खाेला,कुवा,झर्नाकाे पानी
फ्रिज गरेकाे पानी भन्दा मिठाे लाग्छ
राेटी,सिन्की र सिस्नु
गाउँका म:म,चाउमिन,चाउचाउ हुन्
दूध,माेही,जाँड गाउँकाे काेक,फेन्टा !

काफल,ऐसेलु,चुत्राे,मुसलगेडी,खन्यु,मटेङ्री
जंगल जाँदाका अरनी हाे
गुँरास,पैयाँ,सुनाखरी
गाउँकाे शिरफुल हाे/गहना हाे।
टिमुर,सतुवा,पाखम्बे,बिखमा
गाउँका अाैषधी हुन्
चराचुरुङ्गी,वन्यजन्तु गाउँका शाेभा हुन्/ साथी हुन्

शहरका चाेक-गल्लीमा थुपारिएका
मैलाका गन्धले म हरेकदिन निसासिन्छु
गाउँमा,गाेबर अत्तर बसाउँछ

महाेदय,
शहरले देख्छ-
फलेकाे गाेलभेडा,सिमि,काक्रो
केरा,बेलउती,सागसब्जीहरु !
गाउँले देख्छ-
श्रम,पसिना,सपना र जीवन !
शहरले कत्ति महसुस गर्दैन
चुस्दै गर्दा सुन्तला-
किसानकाे पसिना चुसिरहेछु।

महाेदय,
गाउँमा गाईभैंसी,भेडाबाख्राकाे गाेठाले
हुनु,
स्वाभिमान ठान्छु र गर्व गर्छु
शहरमा साहुकाे चाकरीमा गर्नु होइन

अाे महाेदय,
मलाई किन अपहरण गर्याै गाउँबाट ?
र किन ल्यायाै यातनामय शहरकाे क्रुर जेलमा ?

दिउँसै रात पर्ने याे अँध्यारो शहरमा बस्नु
अागाेकाे भुङ्ग्रामा बस्नु जस्तो लागिरहेछ
म गाउँ फर्कन चाहान्छु

म भुल्न चाहान्छु- शहरी यातना
उड्न चाहान्छु चराझैं उन्मुक्त
बग्न चाहान्छु खाेलाझैं सलल
बहन चाहान्छु हावाझैं सरर
म गाउँ फर्कन चाहान्छु

गाउँकाे माटाेले जन्माइ,हुर्काएकाे
याे शहरलाई किन रिस परेछ कुन्नि ?