मुर्तिनिलाई अठार करोड (गजल)

मुर्तिनिलाई अठार करोड अफर आएको छ,
जनतालाई पासो थाप्न मफलर आएको छ।।

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आईपुग्दा,
कमाउनिष्टको समाजवादमा जहर आएको छ।।

समृद्धि, विकास र अधिकारका कुरा गर्नेहरु,
देखेनन कि अझै आफन्ति पोस्ने संस्कार आएको छ।।

बजार बस्नेले खेति मासेर प्लाटिङमा सम्पत्ति जोडे,
गरिबिका टारि खेतहरुमा खहरे बगर आएको छ।।

को कहाँको राजा बन्छ, पर्ख हामी चिनाउनेछौँ,
बाघलाई जंगलमै छोडेर स्याल सहर आएको छ।।
(मफलर=गलबन्दी)

~ श्रीराम बस्याल ‘स्वरुप’