मालारानी गाँउपालिका वडा न ६ लाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्ने

अनिल नेपाली
अर्घाखाँची २५ जेठ
मालारानी गाँउपालिकाको वडा न ६ मेहेलपानीलाई एक कार्यक्रमका बीचमा ¥याली तथा बाजागाजा सहित लिफटीन खानेपानीको तेस्रो अनुगमन बाट पूर्ण सरसफाई उन्मुख क्षेत्र धोषणा गरिएको छ । घोषणा सभालाई सम्वोधन गदै मालारानी गाँउपालिका उपप्रमुख प्रमिला क्षेत्रीले गाँउपालिका विकास निर्माण सरसरफाईमा आफु एक्लै गरेर सम्भब नहुने भएकोले पालिका सम्पूर्ण आम नागरीक सहयोग चाहिने बताइन् पूर्ण रुपमा सरसफाई र विकासको गतिमा त्रिव रुपमा लैजानको लागि गाँउपालिका रहेका आम नागरिक सम्पूर्णको भूमिका रहेकोले यस तर्फ उन्मुुख हुनका लागि आग्रह समेत गर्नुभएको थियोे आम नागरीकलाई दक्ष बनाउनका लागि पालिका बाट हुने सबै खालका सीपमूलक तालिम सञ्चालन गरी दक्ष बनाउनका लागि आफु लागि पर्ने बताउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा मन्तब्य राख्नेमा वडा न ६ का वडा अध्यक्ष नारायण अर्यालले तेज प्रसाद ओजा बास संयोजक खिमानन्द रिजाल नेकपा नेता तथा समाजसेबी व्यक्तित्व नरेन्द्र कुमार क्षेत्री वडा न ३ का वडा कार्यबाहक अध्यक्ष दिपा पोख्रेल हंसपुर हेपो इन्चार्ज दिपक पौडेल लगायनका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सरसफाई व्यक्तिको अभिन्न अङ्ग भएकोले यसलाई सही रुपमा दिसा निर्देश गरी वडा लाई पूर्ण रुपमा सरसफाई तथा उन्मुख गर्नेका लागि बक्ताले आग्रह समेत गरेका थिए कार्यक्रम १९ औ सरसफाई दिवसको अवसरमा परिचम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई स्वच्छता परियोजनाको आयोजनामा सम्पन्न कार्यक्रम दुर्गा ब राउतको अध्यक्षता र राधा थापाको स्वागत मन्तब्य एम ब राउतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा संस्थाको आय व्यय समेत प्रस्तुत गरिएको थियो उक्त परियोजना १ करोड २७ लाख ८० हजार ७२ को लागतमा सम्पन्न भएको थियो ।