माक्र्सवादी विचार मञ्चको तेश्रो आधार सभा सम्पन्न, अध्यक्षमा युवराज पन्थी निर्वाचित

बुटवल, मंसिर १५ । माक्र्सवादी विचार मञ्च, नेपाल २०५९ बुटवलको शनिबार तेश्रो आधारसभा सम्पन्न भएको छ । मञ्चले एक कार्यक्रमवीच आधारसभा सम्पन्न गरेको हो । आधार सभाले युवराज पन्थीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा सन्तबहादुर नेपाली, सचिवमा बिनबहादुर कुँवर, सहसचिवमा पदम कार्की, कोषाध्यक्षमा नन्दकुमारी गौतम र सदस्यहरुमा तेजप्रसाद कँणेल, दिल साहनी, चेतनाथ आचार्य, खोमा तरामु मगर, ज्ञानु केसी र दीपक भण्डारी रहेका छन् ।

उक्त कार्यक्रमको अवसरमा माक्र्सवादी विचार मञ्चले प्रकाशन गरेको माक्र्सवादी संवाद नाम पुस्तकको विमोचन गरिएको छ । माक्र्सवादी अगुवाहरुले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै माक्र्सवादी विचार मञ्चका निवर्तमान अध्यक्ष युवराज पन्थीले माक्र्सवाद विज्ञान भएकाले माक्र्सवादी सिद्वान्त समय सापेक्ष रहेको बताएका छन् ।