माओलाई सलामी

माओत्सेतुङ चिनीयाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष मात्र हुनुहुन्थेन, उहाँ अन्तरराष्ट्रिय सर्वहारावर्गका महान् नेता पनि हुनुहुन्थ्यो । माओ नयाँ जनवादी क्रान्तिको सिद्धान्तकार एवं प्रयोगकर्ता पनि हुनुहुन्छ । उहाँकै नेतृत्वमा चिनीयाँ कम्युनिष्ट पार्टीले सन् १९४९ अगस्ट १० तारिखका दिन महान् चिनीयाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको थियो । त्यसै दिन माओले सन् १९४९ अगष्ट १ तारिखका दिन जनवादी गणतन्त्र चिनको घोषणा गर्नु भएको थियो । त्यसै ऐतिहासिक स्थान तेयनमेयन चोकमै उहाँको पार्थिव शरीर (शव) अहिलेसम्म सुरक्षित राखिएको छ र उहाँका योगदानहरुको सम्मान गरिने संरचनाहरु खडा गरिएको देख्न सकिन्छ ।

– हस्तबहादुर केसी
सन् २०१५ जुलाई १६ को दिन । बिहान ९ बजे हाम्रो नेपाली टोलीलाई चीनको राजधानी बेइजिङ स्थित तेयनमेयनचोकमा पु-याइयो । आकास सफा थियो । गाडीबाट अरर्लियो । चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय कमरेड साओ लियाङ्ग र जिङ्गज्याङ्ग युयाले गाइडिङ्ग गर्दै हुनुहुन्थ्यो । हाम्रो नेपाली टोली २० सदस्यीय थियो ।

गाडीबाट ओर्लेपश्चात हामीहरुलाई लाइनबद्ध हुन भनियो । हामीले त्यसै ग¥यौं । कमरेड साओ लियाङ्गले गेटपास ल्याउनु भयो । उहाँकै नेतृत्व र निर्देशनमा हामी सुरक्षा चेकजाच सकेपछि गेटबाट भित्र पस्यौं । ठूलो प्रांगन थियो । म साओलियाङको पछि पछि थिएँ । एकजना जनामुक्ति सेनाका जवान पनि हाम्रो साथमा थिए । हाम्रै सुरक्षाका लागि शुरुदेखि उनी हाम्रै साथमा हुन्थे ।

हातमा फूल समाएका मानिसहरुको ठूलो पंक्ति दुइलाइन भएर अगाडि बढिरहेका देखिन्थे । हाम्रो टोली दायाँपट्टीको लाइनमा लामबद्ध भएर अगाडि बढ्यो ।
पहिले नै समय तालिका दिइएको थियो । आज अध्यक्ष माओको पार्थीशरीरमाथि सलामी दिने कार्यक्रम रहेको जानकारी भइसकेको थियो । त्यसो भएर कतिखेर माओको पार्थिव शरीर राखिएको ठाउँमा कतिखेर पुगिला भनेर मलाई ज्यादै कौतुहलता जागृत भइरहेको थियो । कतिखेर पुगउँला र अध्यक्ष माओलाई सलामी दिउँला भनेर बढो कौतुलता जागृत भइरहेको थियो । धेरै लामो लाइन भएकाले ढिलो ढिलो गरेर मात्र हाम्रा पाइलाहरु अगाडि बढिरहेका थिए ।

जब हाम्रो टोली एउटा विशाल र बढो आकर्ष भवनको अगाडि पुग्यो, तब मलाई लाग्यो, अब हामी माओमेमोरियल हलको नजिकै पुगिसकेका छौं । लाइन सिढीहरु भएको भवनतीर अगाडिबाट भएर बिस्तारै अगाडि बढिरहेको थियो । हामी पनि त्यहाँ पुग्यौं ।

मूल गेटमा पुग्यौं । दुइवटै लाइन सँगसँगै अगाडि बढेकोले मूल ढोकामा अलि सागुरो नै मानिएको थियो । तर त्यस ऐतिहासिक भवनको पहिलो हलमा प्रवेश गरियो । हामी भन्दा बायाँ पट्टिको लाइनमा रहेका माओका अनुयायीहरुाले फूलहरु बोेकेर गइरहेकाले उनीहरुले त्यस हलमा अध्यक्ष माओको उपरखुट्टी राखेर कुर्सीमा बसीरहेको, दायाँ हातमा सल्काइएको चुरोटको दृश्य देखिने ठूलो कदमको सुनौलो रंगको शालिकमाथि फूल चढाएर सलामी दिइरहेको दृश्य देखिन्थ्यो ।

हामीले त फूलमाला लिएका थिएनौं । आयोजकहरुले पनि लिनु पर्दछ भनेका थिएनन् । त्यस शालिकको नजिक पुगेपछि लाल सलामको सलामी चढाउदै हामी अगाडि बढ्यौँ । नेतृत्व साओलियाङले गरिरहनु भएका थिए । अर्को ढोकाको नजिकै पुगियो । हाम्रो टोली दायाँपट्टीको लाइन भएर अगाडि बढिरहेको थियो । तर ढोकामा पुगेपछि एउटै लाइनामात्रै लाइनबद्ध भएर भित्र प्रवेश गर्नु पर्ने रहेछ । मूलढोका पुग्ने वित्तिकै भित्र तीर हेरेको अध्यारो देखिन्थ्यो ।

माओको शव राखेको ठाउँमा कतिबेला पुगिएला भनेर म निकै उत्सुक थिए । त्यही क्रममा हलभित्र प्रवेश ग¥यौं । हामी गइरहेको बायाँ पट्टीको भागमा पूर्वतिर सिरानी राखेर अध्यक्ष माओको शवलाई सुताइएको देखियो । अध्यक्ष माओको जस्ताको तस्तै शरीर, बोलाए पछि उढ्नुहोला जस्तो देखिने । माओको शव देखियो । छातीमाथि चिनीयाँ कम्युनिष्ट पार्टीको झण्डा ओढाइएको रहेछ । छातीमा र अनुहारमा बढि नै लाइट (प्रकाश) दिइएको रहेछ । अन्य शरीर पनि उज्यालो पर्ने गरी प्रकाश दिएको हुनाले सम्पूर्ण शरीर राम्ररी देख्न सकिन्थ्यो । शव नविग्रीयोस् भनेर वैज्ञानिकीकरण गरिएको कफिनमा सुरक्षित ढंगले राखिएको रहेछ । उहाँको पार्थिव शरीरको नजिकै पुगेपछि मुठ्ठी उठाएर अध्यक्ष माओलाई लाल सलामी चढाएर भावपूर्ण श्रद्धाञ्जली दिइयो । उहाँका अनगिन्ती योगदानहरुको बारेमा स्मरण गर्ने प्रयास गरियो । अध्यक्ष माओको पार्थिव शरीर माथि सलामी चढाउने धोको पनि पुरा भयो ।

अध्यक्ष माओको पार्थिव शरीर माथि सलामी चढाउदाको क्षण मेरो जीवनको लागि अत्यन्तै ऐतिहासिक तथा अविस्मरणीय रहेको अनुभूति भयो । सलामी चढाई सकेपछि मनले नचाइदा नचाइदै पनि हामीहरु त्यस ऐतिहासिक हलबाट जबरजस्त बाहिरियौं ।

पछाडिको ढोकाबाट हामी बाहिरिएका थियौं । त्यसको उत्तर पट्टी माओ चाउएनलाई न लगायत वीरविर गानाहरुका ऐतिहासिक शालिकहरु, हतियार सहित लालसेनाका साथमा लडाई लड्दाका बखतका प्रतिमाहरु बढो सुन्दर ढंगले राखिएको रहेछ । ती सालिकहरुप्रति पनि मैले सलामी चढाएँ । र त्यस ऐतिहासिक एवं अविस्मरणीय क्षणका तस्विरहरु क्यामरामा कैद गर्नका लागि फोटो शेसन पनि चलायौं । माओको शव राखेको स्थानमा भने फोटो खिच्न प्रतिबन्ध
रहेछ ।

त्यसभन्दा पछाडि अर्को अत्यन्तै व्यवस्थित भवन देखिन्थ्यो । त्यस भवन भित्र युद्धकालिन अवस्थामा लालसेनाले प्रयोग गरेका हतियारहरु र शत्रुबाट जफ्त गरिएका हतियारहरु खजना गरिएको भवन रहेछ । त्यस भवनमा भने अवलोकन गर्न पाइदो रहेन्छ । बाहिरबाट मात्रै अवलोकन गरियो र इतिहासको जानकारी लिने काम गरियो । र ती ऐतिहासिक धरोहरहरुको अवलोकनको ऐतिहासिक तथा अविस्मरणीय क्षणलाई छातीमाथि जबरजस्त कैद गर्दै बाहिरीयौ हामीहरु ।

माओत्सेतुङ चिनीयाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष मात्र हुनुहुन्थेन, उहाँ अन्तरराष्ट्रिय सर्वहारावर्गका महान् नेता पनि हुनुहुन्थ्यो । माओ नयाँ जनवादी क्रान्तिको सिद्धान्तकार एवं प्रयोगकर्ता पनि हुनुहुन्छ । उहाँकै नेतृत्वमा चिनीयाँ कम्युनिष्ट पार्टीले सन् १९४९ अगस्ट १० तारिखका दिन महान् चिनीयाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको थियो । त्यसै दिन माओले सन् १९४९ अगष्ट १ तारिखका दिन जनवादी गणतन्त्र चिनको घोषणा गर्नु भएको थियो । त्यसै ऐतिहासिक स्थान तेयनमेयन चोकमै उहाँको पार्थिव शरीर (शव) अहिलेसम्म सुरक्षित राखिएको छ र उहाँका योगदानहरुको सम्मान गरिने संरचनाहरु खडा गरिएको देख्न सकिन्छ ।
म सानै उमेरमा कम्युनिष्ट पार्टी प्रति आकर्षित भएर सम्पर्कमा पुगेको थिए । कम्युनिष्ट पार्टीमा आबद्ध भएर नेपाली क्रान्ति तथा अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन र विश्व क्रान्तिको बारेमा त्यतिबेला बढो चासो राखेर अध्ययन गर्ने, केही जान्ने र बुझने मामिलामा हामीहरु बीच प्रतिस्पर्दा नै हुने गर्दैथियो ।
मैले सानो छदादेखि नै माओत्सेतुङको बारेमा सुन्ने र जान्ने कोशिस गर्दै आएको थिए । कमरेड माओको बारेमा थुप्रै किताबहरुको अध्ययन पनि पहिलेदेखि गर्दै आएको थिएँ । माओका सम्पूर्ण रेडबुकहरु पनि खुबै चासोको साथ पढ्दै आएकै थिएँ ।

माओले महान् चिनीयाँ जनवादी क्रान्तिका लागि र विश्व सर्वहारावर्गको मुक्तिका लागि पु¥याएको योगदानका बारेमा मैले राम्ररी अध्ययन गर्दै आएकाले म माओप्रति ज्यादै आकर्षित हुदै आएकाले आदर सम्मान पनि मैले अलि माथि उठेर नै गर्दै आएको थिए । चीन र चिनीयाँ क्रान्तिका बारेमा त झनै मिहिनेतका साथ सबैले पढ्दै आएका थियौं नै । यति भएर पनि माओकै देशमा चीनमा पुगेर उहाँकै पार्थिव शरीरमा भए पनि सलामी दिन पाइएला भनेर त्यति कल्पना गरेको पनि थिएन । किनभने चीनमा पुग्न त्यति सजिलो थिएन ।

तर मैले काम गरिरहेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी–माओवादीले यो अविस्मरणीय मौका प्रदान ग-र्यो । र ५ जना कमरेडहरुको नेतृत्व गर्दै सन २०१५ जुलाई ७ देखि १७ तारिखसम्म चीनको ऐतिहासिक अध्ययन भ्रमण गर्ने मौका मिल्यो । चीनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागले हामीलाई निमन्त्रण गरेको थियो र सन् २०१५ जुलाई १४ र १५ तारिखका दिन राजधानी बेइजिङमा आयोजना गरिएको “चिनीयाँ विशेषता सहितको समाजवाद र त्यसको अर्थ राजनीति” विषयक गोष्ठिमा भाग लिनका लागि हामीलाई आमन्त्रण गरिएको थियो । त्यही ऐतिहासिक अवसरमा हामीलाई विश्वसर्वहारा वर्गका महान् नेता माओको पार्थिव शरीरमाथि सलामी चढाउने एक ऐतिहासिक र अविस्मरणीय मौका मिलेको थियो । यसको महत्व अनन्त कालसम्म रहनेछ ।