मई १, १८८६ को गौरवमय मजदुर संघर्ष

मे १, १८८६ मा अमेरिकाको सिकागो सहरमा भएको मजदुर आन्दोलन आठ घण्टा मात्र कामको मागसित सम्बन्धित छ, भयानक बलिदानका कारण यो आन्दोलनले मजदुरहरुका केही कानुनी हक र मान्यतालाई स्थापित गराएको थियो । त्यसैले आजको मजदुर आन्दोलनमा पनि मे १ ले ठुलो ऐतिहासिक महत्व राखेको छ ।

अगस्ट २०, १८६६ मा बाल्टिमोरमा भेला भएका ६० मजदुर संगठनहरुको एक भेलाले सर्वप्रथम आठ घण्टा कामको माग राखेर ‘नेसनल लेबर युनियन’ भन्ने एक संगठनको निर्माण गरेको थियो । मजदुरहरुको त्यो अन्तर्राष्ट्रिय महत्वको संगठनको नेतृत्व एच्बी सिल्विसले गरेका थिए । एचबी सिल्विसले प्रथम अन्तर्राष्ट्रिय नेताहरुसँग लगातार पत्र व्यवहार गर्दथे । सिल्विस एक जना असाध्य प्रतिभाशाली मजदुर नेता थिए । नेसनल लेबर युनियनको १८६७ को अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलार्य सहयोग गर्ने निर्णय गरेको थियो । १८६९ मा लेबर युनियनले प्रथम अन्तर्राष्ट्रियको नियन्त्रणलाई स्वीकार गरी जनरल काउन्सिलमा एक जना प्रतिनिधि पठाउने निर्णय गरेको थियो । दुर्भाग्य, यसैबीच मजदुर आन्दोलनका महान् नेता एचबी सिल्विसको दुखद निधन भयो । त्यस कारण सिकागोबाट प्रकाशित हुने पत्रिका वर्किङ म्यान्स एडवोकेट (श्रमजीवीहरुको वलिक) भन्ने पत्रिकाका सम्पादक एसी केमरानलाई अन्तर्राष्ट्रियको प्रतिनिधि चुनेर पठाएको थियो । उनको मृत्यु पश्चात् लेबर युनियनमा खराब मान्छेहरुको प्रवेश भयो, जसको परिणाम युनियन बदनामी कमाउँदै विघटन भयो ।

नेसनल लेबर युनियनले उठाएको आठ घण्टा कामको मागलाई कार्ल माक्र्सले जोडले समर्थन जनाएका थिए । १८६६ को सेप्टेम्बरमा जेनेभामा सम्पन्न भउको प्रथम अन्तर्राष्ट्रियको काङ्गे्रसले यसरी आफ्नो धारणा अभिव्यक्त गरेको थियो । “जबसम्म काम गर्ने समय सुनिश्चित गरेर कानुनी रुपमा बाँधिदैन, तबसम्म मजदुर वर्गको खुसीयाली र स्वतन्त्रताका लागि गरिने संघर्षको प्रयास निरर्थक सावित हुने छन् । त्यसैले कांग्रेस प्रस्ताव गर्दछ की आठ घण्टाको कामको दिनलाई कानुनी मान्यता दिइयोस् ।” १८६७ मा प्रकाशित भएको पुँजीको प्रथम खण्डमा माक्र्सले आठ घण्टा कामको मागलाई समर्थन मात्र गरेका छैनन्, काला र गोरा मजदुरहरका बीचको भेदलाई आलोचना गर्दै माक्र्सले काला मजदुरहरुको सम्पूर्ण रुपमा मुक्ति नहुँदै गोरा मजदुरहरु पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा माक्र्सको जोड रहेको थियो ।

मजदुर आन्दोलन विगतबाट पाठ सिक्दै सुव्यवस्थित र संगठित ढंगले निश्चित मागहरु सहित अगाडि बढी रहेको थियो । तर पुँजीपति वर्गले मजदुरका मागहरुलार्य सम्बोधन गर्ने दिशामा ध्यान दिएनन् । त्यस बेला अमेरिकामा माक्र्स र एङ्गेल्सको समाजवादी विचारधाराको पनि व्यापक प्रचार भएको थियो । समाजवादी चेतले मजदुर आन्दोलनमा उर्जा थप्ने काम गरेको थियो । १८८६ को मजदुर आन्दोलनका विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको निधन भई सकेको थियो । एङ्गेल्स जीवित थिए र उनले दोस्रो अन्तर्राष्ट्रियको सन्दर्भमा गहृकार्य गरी रहेका थिए । एङ्गेल्सले अमेरिकाको मजदुर आन्दोलनका नेता फ्रेडरिक एडोल्फ सोर्गे मार्फत् अ‍ेमरिकी मजदुर आन्दोलनबारे जानकारी लिने काम गर्दथे । १८८४ को गर्मी महिनामा फ्लोरेन्स केली विसन्थेवास्की नामकी २५ वर्षकी एक अमेरिकी युवती जुरिच विश्व विद्यालयमा अध्ययन गर्दै थिइन् । उनले फ्रेडरिक एङ्गेल्सको “बेलायतका मजदुर वर्गको अवस्था” भन्ने पुस्तक बेलायतमा अङ्गे्रजी भाषामा प्रकाशित गरिन् । १८८६ को सरदमा लन्डनमा एङ्गेल्स र फ्लोरेन्स केलीको भेटघाट भयो । त्यसपछि उनको र एङ्गेल्सका बीचमा घनिष्ठता बढ्दै गयो । समाजवादी विचारधारा र अमेरिकी मजदुर आन्दोलनका सन्दर्भमा निरन्तर पत्र व्यवहारहरु हुन थाले । त्यो समयमा अमेरिकामा आठ घण्टा कामको मागलाई लिएर तिन लाख ५० हजार जनता आन्दोलनरत थिए । आन्दोलन सफलताको शिखरतिर अगाडि बढी रहेको थियो । सिकागोका मजदुरहरुले ज्यालाबृद्धि र आठ घण्टा कामको मागलाई लिएर मे १, १८८६ का दिन मुलुकै ठप्प पार्ने गरी एउटा निर्णायक आन्दोलन गर्ने तयारीलाई अगाडि बढाए । प्रतिक्रियावादी भाते अखवारहरुले यो तयारीलाई विभिन्न कोणबाट बदनाम गर्ने अभ्यास गरे । देशभरि मे १ का दिन ठूलो नरसंहार हुने भ्रम फैलाएर मजदुरहरुलाई तर्साउन थालियो । केही प्रतिक्रियावादी अखवारहरुले सिकागोमा “कम्युनिस्ट विद्रोह” हुने प्रचार पनि गरे । प्रतिक्रियावादी अखवारहरुले हडतालीहरुलाई बलमे उडाउनु पर्दछ भन्ने विचार समेत प्रकट गरे । तर मजदुरहरु आफ्नो निर्णयमा अडिग रहे । आन्दोलनको तयारी हुँदै गयो । प्रतिक्रियावादी अखवारहरुले “सडकको हरेक बस्तीको खम्बालाई एउटा कम्युनिस्टको लासले सिँगार्नु पर्दछ । “हुलदङ्गालाई गोली र नेतालाई डोरी” जस्ता शीर्षकका समाचारहरु सम्प्रेषण गरे । यस्तो धम्कीबाट मजदुर तर्सेनन् । मे १, १८८६ को दिनबाट सिकागोका मजदुरहरुले आम हडतालको घोषणा गरे । पहिलो दिनको आन्दोलनमा ४० हजार मजदुर सडकमा आए । दोस्रो दिन आन्दोलनमा न्यूयोर्क, बाल्टिमोर, वासिङ्टन, सेटलुई आदि सहर हुँदै देशभरी फैलियो । मजदुरहरुको सङ्ख्या बढेर ८० हजार पुग्यो । मे १२ को मजदुर आन्दोलनबाट पुँजीपति वर्गको सरकार अत्तालिन पुग्यो, जसको परिणाम मे ३ को तेस्रो दिनको एक लाख मजदुर सहभागी आन्दोलनमा सरकारले गोली चलाउने आदेश दियो ।

मे ३ का दिन निःशस्त्र शान्तिपूर्ण हडतालमा उत्रेका मजदुरहरुमाथि निर्ममतापूर्वक गोली बर्साइयो, जसबाट पुलिसको गोलीले पाँच जना मजदुरहरुको ज्यान लियो र ५० जना घाइते भए । यो घटनाले मजदुरहरुलाई पुँजीपति वर्गको सरकारविरुद्ध थग क्रोधित बनायो र मजदुरहरुले मे १४ का दिन सरकारको हिंसक र बर्बर आक्रमणका विरुद्ध हे मार्केटमा विशाल जनसभाको आयोजना गरे । विशाल जनसभा भव्य रुपमा सम्पन्न हुँदै थियो । सभाको अन्ततिर मजदुरहरुलाई भड्काउन र सरकारलाई दमनका लागि वातावरण निर्माण गर्नका निमित्त एक जना सरकारी दलाल व्यक्तिले नै पुलिस जत्थातिर एउटा शक्तिशाली बम फ्याँकेर भाग्यो । सो बम विष्फोटनको कारण एक जना सार्जेन्टको ज्यान गयो । त्यस पश्चात् भड्केको पुलिस मजदुर हिँसामा सात जना पुलिसहरुको र चार जना मजदुरहरुको ज्यान गयो । यही निहँुमा सरकार मजदुरहरुका विरुद्धमा क्रुर दमनमा उत्रियो । सभामा पुलिसले लाठी, मुङ्ग्रा र गोली बर्साउन पुग्यो ।

आन्दोलनमा सेन्ट्रल लेबर युनियन, फेडरेसन नाइट्स अफ लेबर र सोसलिस्ट लेबर पार्टीसित सम्बन्धित सबै मजदुर सङ्गठनहरु मोर्चागत रुपमा सहभागी थिए । सरकारले सो बमकाण्डको आरोप मजदुर नेताहरुमाथि थोप¥यो । मजदुर नेताहरुका विरुद्धमा एकलौटी रुपमा हत्यार सावित गर्ने प्रपञ्ज मिलाइयो र मजदुर नेताहरुलाई प्रतिक्रियावादी अदालतमा खडा गरियो । अदालतले मजदुर नेताहरु पारसन, स्पाइस, फिसर र एङ्गेललाई फाँसीको सजाय सुनायो र कैयौँ मजदुर नेताहरुलाई कडा कारावासको सजाय दिने फैसाला ग¥यो । चार जना मजदुरलाई फासी दिने सजाय र कैयौँलाई कडा काराबासको सजायले मजदुर आन्दोलनलाई सिथिल र कमजोर बनाएन । यो करुण र मर्मस्पर्शी घटनाले मजदुर आन्दोलन झन् विश्वव्यापी बन्न गयो । हे मार्केट घटनाको मुख्य दोषीका रुपमा पुँजीवादी न्यायलयले फाँसीको तख्तामा झुण्ड्याउने फैसला गर्दै गर्दा ती चार जना महान् शहीदहरुले आफ्नो वीरता र मजदुर आन्दोनप्रतिको अटल विश्वासलाई यसरी प्रदर्शन गरेका थिएः “तिमीहरु हामीलाई फाँसी दिएर दुःख–कष्टमा बाँची रहेका लाखाँै, करोडौँ थिचिएका श्रमिक जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरुको मत छ भने हामीलाई झुण्ड्याऊ तर तिमीहरुले थाह पाउनु पर्दछ कि तिमीहरु एक टुक्रा फिलिङ्गोलाई मात्र कुल्चदै छौ, जसको ज्वाला तिम्रा अगाडि पछाडि ढल्की रहेको छ । यो ज्वाला जनताको बीचबाट दन्की रहेको छ । यसलाई दबाउने तागत तिमीहरुसँग छैन ।”

चार जना मजदुर नेताहरुलाई फाँसीको सजाय दिएको घटना विश्वव्यापी भयो । मे १ आन्दोलनको समर्थन र मजदुर नेताहरुको हत्याको विरुद्धमा युरोपभरि विशाल मजदुर प्रदर्शनहरु भए । १८८९ मा संसारका प्रतिनिधिहरुको एउटा बैठक सम्पन्न भयो । सो बैठकले मे १ लाई अन्तर्राष्ट्रिय मजदुर विदवसका रुपमा मनाउने निर्णय ग¥यो । १८९० मा आठ घण्टा कामको मागलाई लिएर समग्र युरोपभरि विराट् मजदुर आन्दोलनहरु भए । लन्डनमा भएको मजदुर आन्दोलनमा एङ्गेल्सले भाग लिएका थिए । चार जना मजदुरलाई फाँसी दिएको ४ वर्षपछि अमेरिकी सरकार मजदुरहरुलाई आठ घण्टाको कामको माग पुरा वर्ग विवश भयो । मजदुरहरुको प्राप्त गरेको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार मजदुरहरुको सम्झौताहीन संघर्ष र उच्च वलिदानीको परिणाम थियो । एङ्गेल्सले मजुदर वर्गको वास्तविक हितको प्रतिनिधित्व गने समाजवादी पार्टी र राज्य सत्तामाथिको कब्जाको आवश्यकतामा जोड दिएका थिए । मजदुर आन्दोलनको पहिलो विजयको ध्वजा फहराएको र महान् वलिदानीपूर्ण संघर्षको शङ्खघोष गरेको सिकागो सहर अमेरिकाको उत्तरमा पर्दछ । दुई दहको किनारामा रहेको यो सहर कृषि र मासु उत्पादनका निमित्त प्रसिद्ध मानिन्छ । जनु सहरले विश्व मजदुर आन्दोलनको इतिहासमा एउटा भूल्न नसकिने स्मृतिको रुपमा परिचय दिएको छ । तर दुःखको त्यति उच्च स्मृति बाकेको सिकागो आज मजदुर आन्दोलनका निमित्त उर्वर भूमिका रुपमा गनिदैन । वर्गीय पहिचानलाई बिर्सेर केही सुविधामा अल्झेको मजदुर आन्दोलनको एक परिचयका रुपमा अमेरिकाको मजदुर आन्दोलन रहेको छ । केही विज्ञहरु यसो पनि भन्दछन्ः “अमेरिकाको मजदुर आन्दोलनले पनि प्रतिक्रियावादी चरित्र ग्रहण गरी सकेको छ ।” तर हामीलाई आशा, भरोसा र विश्वास छ, वर्ग संघर्षको इतिहासमा सधैं यस्तो अवस्था रहने छैन । आज पनि भूमण्डलीकरणको भयानक शोषण र उत्पीडनको सिकार भएका अमेरिकी मजदुरहरुलाई फेरि नयाँ शिराबाट उठ्नै पर्ने छ । किनभने दुनियाँ स्थिर होइन, गतिशील छ । (विश्वकम्युनिष्ट आन्दोलनको इतिहास पुस्तकबाट)