अर्घाखाँचीको सन्धिखर्कमा क्षितिज परिवारको बृहत सांस्कृतिक प्रस्तुती

 


क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँचीको आयोजनामा आईतबार सदरमुकाम सन्धिखर्कमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चनपुरकी १४ बर्षीया बालीका निर्मला पन्तको बलात्कार पछी हत्या गरीएको सयौ दिन बितिसक्दा पनि बलाल्कारी र हत्यार पत्ता लगाउन सरकार असफल भएको भन्दै अपराधिलाई छिटोभन्दा छिटो कानुनि कठाघारामा ल्याउनुपर्ने लगायतका माग राख्दै कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

कार्यक्रमा नेकपा बिप्लब निकट क्षितिज जनसांस्कृतिक अभियानका कलाकारहरुले गित नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।कार्यक्रमलाई सम्वोधन गदै जिल्ला जनपरिपद् प्रमुख निर्मल नेपालमा सँस्कृति देशको सम्पदा भएपनि सँस्ृकतीको नाममा विदेशी पहिचान भित्रिएको बताउनुभएको थियो । कार्यक्रम क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँचीका जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षता, जनपरिषद् प्रमुख पिताम्वर पोख्रेलको प्रमुख आतिथ्यता बालकृष्ण भलामी र भिम कौशलको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता दय प्रेमनारायण आचार्य , छमकुमारी खनाल चिनारी , राष्ट्रिय जनमोर्चाका नेता जीवनारायण खनाल विकशील साझा पार्टीका नेता हरि प्र भुसाल नयाँ शक्ति नेपालका नेता पृष्कर आचार्य पत्रकार र स्थानिय दर्शकहरुको उपस्थीति रहेको थियो ।