बलात्कार विरुद्ध महिलाहरुले मनाए तीज

महेन्द्रनगर । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट जमानतमा रिहा भएपछि हत्याकाण्डले नयाँ मोड लिएको छ । नर्मला हत्याकाण्डको विरोधमा महिला दवाद समूहले बुधबार सदरमुकाम महेन्द्रनगरको स्थानीय मदनचोकमा कालो सारी पहिरिएर तीज मनाएका छन् ।

निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्ने र बलात्कारीलाई फाँशीको सजायका लागी संबिधान संसोधन गनै दवाव दिन र बिरोधमा कालो सारीमा तिज मनाउने महिला दवाव समूहकी अगुवा हेलेन श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बिहान ११ बजेबाट कालो सारी पहिरिएर दवाव समुहका महिलाहरु मदनचोकमा तिज मनाउन लागेको उनले भनिन । ‘वास्तविक अभियुक्त पहिचान गर्न आन्दोलनका क्रममा हत्यारा भन्दै नाम आएका र त्यसपछि सञ्चारमाध्यमले नाम प्रकाशमा ल्याएका व्यक्तिको डिएनए परीक्षण गर्न दवाव दिइने छ । साथै अनुसन्धानमा संलग्न सबै प्रहरीको समेत डिएनए परीक्षणका लागि दवाव सिर्जना गर्ने उद्देश्यले कालो सारीमा तीज मनाउन लागिएको हो ।’

निर्मलाको बलात्कार र हत्याको अभियोग लगाइएका मानसिक सन्तुलन समेत गुमाएका दिलिपसिंह विष्ट साधारण तारेखमा हिरासतमुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले विष्टको डिएनए निर्मलाको योनीमा भेटिएको डिएनएसँग नमिलेको प्रतिवेदन दिएपछि उनलाई मंगलबार प्रहरीले जमानतमा रिहा गरेको हो । हाल सम्म पेश भएका प्रमाणका आधारमा बिष्ट दोषी नदेखिएकाले विष्ट दोषी नदेखिएकाले विष्टलाई आफन्तको जिम्मा लगाइएको छ ।

यस्तै निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका बम दिदीबहिनी पनि मंगलबारै रिहा भएका छन् । सरकारी वकिलको कार्यालयका अनुसार बबितालाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको छ भने रोशनीलाई बिनाधरौटी अभिभावकको जिम्मा लगाइएको छ । यस्तै छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवी मंगलबार काठमाडौं पुगेका छन् ।

१० जना महिलाअधिकारकर्मीका साथ उनीहरू काठमाडौं गएका हुन् । उनीहरूले दोषीलाई पत्ता लगाई निर्मलालाई न्याय दिलाउनुपर्ने माग राखेर राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी मुख्यालय, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, विभिन्न दलका शीर्ष नेतालाई भेटेर ज्ञापनपत्र दिने भएका छन् । प्रहरीले दोषी बचाउने काम गरेकोले छोरीले न्याय पाउनेमा विश्वास नलागेपछि न्यायका लागि आग्रह गर्न काठमाडौं आएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए ।