फागुन

–भीम भारती

टाढाको कार्यक्षेत्रबाट
घरको लामो याद र
छोटो विदा बोकेर
प्रत्येक बर्ष
घर भेट्न आउने जनसेनाको सिपाही भैंm
मुक्त आधार इलाकाको असीम प्यार बोकेर
झोला भरि
जनयुद्ध दिवसको रातो उपहार बोकेर
छातीभरि विजयको गर्व बोकेर
मनभरि उत्साह उमङ्ग बोकेर
खल्ती भरि विजयको हार बोकेर
घुम्दै–फिर्दै
तोप पड्काएर, आकास घन्काएर
फुकेर नयाँ–नयाँ विगुल
हरेक वर्ष एक पटक
आउँछ यहाँ फागुन ।

सर्वहारा वर्गको
बार्सिकोत्सवको गीत गाउँदै
शीतलपवन र बसन्त लिएर
रुख पातहरुले नयाँ पालुवा फेरेभैmँ
देशको नयाँ पालुवा लिएर
जनगायकले गाएको गीत भैmँ
बजाएको संगीत भैmँ
मिठो तरंग लिएर सव मानवलाई
होस्टेमा हैंसे गर भन्दै
देशले फेरि कम्मर कसेको सन्देश दिदै
बिभिन्न रक्तिम लिएर सगुन
हरेक वर्ष एकपटक
आउँछ यहाँ फागुन ।
(लामखुम विहुकोट बाग्लुङ, १४ चैत २०६१)