पूर्व एमाले निकट गुल्मीका विद्यार्थी नेता विप्लव नेतृत्वको नेकपामा प्रवेश

बुटवल–पूर्वएमाले निकट अखिलका गुल्मीका जिल्ला नेता तथा रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु उपसभापति गणेश पौडेल बुधवार एक कार्यक्रमका बीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
पौडेलले पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व एमाले र माके मिलेर बनेको पार्टी भ्रष्टहरु र सामाजिक दलालहरुको पार्टी भएको भन्दै उक्त पार्टीबाट साधारण सदस्य पनि नरहने गरि परित्याग गरेको बताए ।
उनले पार्टी परित्याग संगै एक प्रेश विज्ञप्ती जारी गर्दै क्रान्तिकारी आन्दोलनलाई संसदवाद र सिंहदरवारको वरिपरी सत्ताको जुठोपुरो खानेमा मात्रै सीमित गरेको भन्दै नेपाली जनताको मुक्तिका लागी नौजवान युवाहरु एकीकृत जनक्रान्तिमा सामेल हुनुपर्ने बताए ।
नवप्रवेशि पौडेललाई नेकपाका रुपन्देही जिल्ला ईन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसी, अखिल क्रान्तिकारीका लुम्बिनी व्युरो संयोजक सुनिल बञ्जाडे, रुपन्देही जिल्ला अध्यक्ष रमेश गैरे लगायत विधार्थीका नेताहरुले टिका लगाएर प्रवेश गराएका हुन् ।
यस्तो छ विज्ञप्ती–