पार्टी एकताले संसारका श्रमजीवी उत्साहित

 

 

 

 

 


अर्घाखाँची
नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले मंगलबार मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले कम्युनिस्ट शक्तिहरु बीचको पार्टी एकताले संसारभरीका श्रमजीवी बर्ग उत्साहित भएको बताए । टुटफूट र असफलता बाट पाठ सिक्दै बिश्व कम्युनिस्ट आन्दोलनमै नयाँ सन्देश र उर्जा थप्ने महान उद्देश्यका साथ नेपालका ठूला दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गरिएको उनिहरुको भनाई थियो ।
बक्ताहरुले ठूला दुई पार्टीलाई एउटै बनाउने कुरा सामान्य नभएको भन्दै बिगतमा दुबै दलमा भएका कमजोरी हटाएर स्वच्छ छबिको पार्टी निर्माणमा जुट्न आग्रह गरे । बर्तमान सरकारले छोंटो समयमा पनि धेरै जनमुखी काम गरेको भन्दै उनीहरूले देशी तथा बिदेशी शक्ति केन्द्र सरकारको सफलता बाट अत्ता लिएको बताए । तल्लो निकाय सम्म भावनात्मक रुपमै पार्टी लाई एकताबद्ध गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
यसरी मन्तव्य राख्नेहरुमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ ,बोम बहादुर बि.क., नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वल,प्रदेश सभाका सदस्य तथा नेकपाका नेता चेतनारायण आचार्य थिए । नेकपा मालारानीका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचिव सिबलाल कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका नेता ठाकुर कुमार बि.क.किसोर,नरेन्द्र कुमार क्षत्री ,जनार्दन खनाल,दलबहादुर भट्टराई ,तोजबहादुर रायमाझी ,छमकुमारी खनाल चिनारी ,मानबहादुर पाण्डे ,लिल बहादुर बि.क., मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकाली लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।