पत्रकार आचार सहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न,नेपालमा ३ थरी पत्रकार रहेको राष्टिय सभा सदस्य उज्जवको जिकिर

 

 

 

अनिल नेपाली
अर्घाखाँची

पत्रकार आचारसंहितालाई आफ्नो मुल मन्त्र सम्झिएर कलम चलाउन एक कार्यक्रमका वक्ताहरुले पत्रकारलाई सुझाव दिएका छन् । नेपालका हरेक परिवर्तनमा संचार क्षेत्रको अमुल्य योगदान रहेको प्रशंग सुनाउंदै उनिहरुले पत्रकारले दिएको सुचना गलत भएमा समाजमा ठुलो दुर्घटना हुने भन्दै आचारसंहितालाई मुल मन्त्र मानेर काम गर्न आग्रह गरेका हुन् । Image may contain: 6 people, including नारायण प्रसाद भुसालप्रेस काउन्सिल नेपालले संचालन गरेको पत्रकार आचारसंहिता जागरण अभियान २०७५ अन्तरगत आज सन्धिखर्कमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले मनोरन्जन,प्रतिशोध,बार्गि्निङ्ग र सामाजिक सेवा जस्ता छुट्टा–छुट्टै उद्धेश्य राखेर पत्रकारिता गर्ने गरेको आफुले पाएको भन्दै पत्रकारले सामाजिक सेवाको मात्रै उद्धेश्य राखेर ब्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । १० प्रतिसत गलत प्रविधी पत्रकारका कारण सिगो पत्रकारीतालाई धमिलाउने बताउदै त्यस्ता प्रवितिलाई निरुसाहितक गराउने सचेत पत्रकारलाई आग्रह गर्नुभयो ।Image may contain: 6 people, people sittingप्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नेपालको लोकतान्त्रिक आन्दोलन पत्रकारले खेलेको भुमिकाको प्रशास गदै समृद्धिको लागी कलम चलाउन आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य जालपा भुसाल पत्रकारको कलमलाई जनताको पक्षमा अधिकतम चलाउन आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिम लेकालीको अध्यक्षता,उपाध्यक्ष गणेश खनालको स्वागत मन्तव्य र सचिव सुर्य भुसालको संचालनमा सम्पन्न कार्यक्रममा, प्रेस काउन्सिलका प्रतिनिधि संगिता खड्का,चेतनाथ धमला,पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिImage may contain: 4 people, people standingप्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रहरी नायब उपरिक्षक नवराज मल्ल,ले मन्तव्य राख्दै पछिल्लो समय नामका मात्र पत्रकारले सिंगो पत्रकारिता क्षेत्रलाई धमिलो पार्दै गएकोले सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।जिल्ला स्थित क्रियाशिल पत्रकार तथा संचारकर्मी,बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष शोभारकर पन्थी,प्रदेश सभा सदस्य प्रेमनारायण आचार्य Image may contain: 4 people, people sitting and indoor,प्रेस संगठन नेपालका प्रतिनिधि हृदय कुमार भुसाल,प्रेस युनियन जिल्ला उपाध्यक्ष सरिता भुसाल,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे,क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष अनिल नेपाली लगायतले मन्तव्य राख्दै नेपालमा लोकतन्त्र स्थापनापछि पनि पत्रकारमाथि दुर्व्यवहारका घटना बढ्नु दुःखद भएको भन्दै पत्रकारिता जोखिम पेसा भएकाले सजग भएर व्यावसायिक रुपमा कलम चलाउन आग्रह गर्नुभएको थियो