नेपाली राजनितिकमा ओल्री सरकारले तिन्र्र नस्रक्ने गरी केह्री समय भित्र उतलफुतल हुन्छ प्रबक्ता प्रकाण्ड

 

 

 

 

 

 

रा्प्त्री व्युरो
जनवाटो सवाददाता

नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वली सरकार प्रधानमन्त्री र गृहमन्त्रीले नेपाली राजनीतिकमा तिर्न नसक्ने गरी ठूलो मूल्य चुकाउनु पर्ने बताउनुभएको छ ।

 

 


दाङ जिल्ला अदालतमा आज म्याद थप गरि फर्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकान्री गदै प्रबक्ता प्रकाण्डले अबको क्रान्ति र जनताको परिवर्तन सबै कुरा गर्दा सरकारलाई गलत लाग्यो, संविधान र कानुन विपरित लाग्यो अहिले जुन झुठ्ठा मुद्याको खेति गरिरहेका छन् यसको मूल्य तिर्न नसक्ने हुन्छ । ’

तपाईको समकक्षी अहिले गृहमन्त्री हुनुहुन्छ तर तपाईको हातमा हडकडी लागेको छ भन्ने पत्रकारहरुको प्ररनको सक्षिप्त जवाफ दिद्रै उनले भने –‘कुनै समयको समकक्षीहरु अहिले आएर प्रतिक्रान्तिकारी हुन्छन्, प्रतिक्रियावादी हुन्छन्, राष्ट्रघाती हुन्छन् राजनीतिमा यस्तो हुन्छ, अहिले उहाँहरु विगतमा १० वर्षे जनयुद्धमा नेपाली समाज र नेपाली जनताको मुक्ति र परिवर्तनको निम्ती जुन हामीले सँगै संघर्ष गरेका थियौं, पछिल्लो दिनमा उहाँहरु प्रतिक्रान्तिको कित्तामा जानुभयो, अहिले दलाल ठेकदार भएर बस्नुभएको छ, यसकारण हामीले राष्ट्रका निम्ती अबको क्रान्ति र जनताको परिवर्तन सारासाराका कुरा गर्दा उहाँहरुलाई गलत लाग्यो संविधान कानुन विपरित लाग्यो अहिलो झुठ्ठा मुद्याको खेति गरिहनुभएको छ ।’
भोजपुर जिल्ला अदालतले रिहा गरे लगत्तै भदौंको २० गते दाङ जिल्ला प्रहरीले गिरफ्तार गरेर उनलाई बम विस्फोट तथा कर्तव्य ज्यान मुद्धा लगाइएको छ । तर मुद्धा लगाउने तथ्य आधार केही नभएको राजनीतिक पूर्वाग्रह आग्रहको आधारमा फसाउनको निम्ती झुठ्ठा मुद्धा लगाएकाले त्यसको सामना गरेर अगाडि बढ्ने प्रकाण्डले बताउनुभयो ।
अबको ३ दिनभित्रमा जिल्ला अदालतमा थप उपस्थित गराउने गरि हिरासतमा राखिएको छ ।
यसैबीच नेकपाका प्रवक्ता प्रकाण्डको पुनः गिरफ्तारीका विरुद्ध सर्वोच्चमा फेरि बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । रिट दायरको भोलि सुनुवाई हुने सर्वोच्च जनाएको छ ।