नेकपा को प्रबक्ता प्रकाण्डाको बन्दी प्रत्यक्षीकरण रिट शुक्रबार बहश हुने

 

 

 

 

 

 

 

 

 

 

लुम्विनी व्युरो
जनवाटो संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को रिहाई माग गरी सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस भोलिका लागि सरेको छ । जिल्लाबाट उप्लब्ध मिसिल अध्ययन गर्न समय लिएकोले बहस भोलिलाई सरेको हो ।सर्वोच्चको यसअघिको आदेशबमोजिम बहसका लागि प्रकाण्डलाई आजै दाङबाट काठमाडौं ल्याइएको थियो । ‘बम विष्फोट र कर्तव्य ज्यानको कसुर’ अभियोगमा भोजपुर अदालतपरिसरबाट गिरफ्तार गरी साता दिनदेखि दाङको घोराहीमा प्रहरी हिरासतमा बन्दी बनाई राख्दै आइरहेको थियो ।आन्तरिक उडानबाट उनलाई बिहान ११ बजे सर्वोच्च ल्याइपुर्याइएको हो । गैरकानूनी रुपमा गिरफ्तार गरेर थुनामा राखेको भन्दै भाई विरेन्द्र विश्वकर्माले रिहाईको माग राखेर गत सोमबार रिट निवेदन दर्ता गरेका थिए । यसपटकको रिट दर्ता चौथो हो ।तेस्रो पटकसम्मको रिटमाथिको बहसपछिको सुनुवाईमा सर्वोच्चले रिहा गर्न आदेश दिँदै आएको छ । तर रिहालगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी सरकारले अर्को अभियोगमा अन्यत्र जिल्लाहरुमा पुर्याएर घुमाउँदै आइरहेको छ ।