नुवाकोट घटनाबारे जुहारी : तामाङ भन्छन्,‘चुनाव हार्ने डर महतले आफै एम्बुस राखिएको हुनसक्छ ।’

जनबाटो संवाददाता । मंसिर २, काठमाडौं । शुक्रबार विहान भएको बम विस्फोटनको घटनाका विषयलाई लिएर कांगे्रस उम्मेदवार डा. रामशरण महत र वाम उम्मेदवार हितबहादुर तामाङ वीच जुहारी चलेको छ ।

घटना लगत्तै कांग्रेस उम्मेदवार डा. महतले घटनाका दोष विप्लव नभई माके उम्मेदवार तामाङले गराएको भनेपछि त्यसको प्रतिवाद गर्दै माके उम्मेदवार हितबहादुर तामाङले महतले आफै बम विस्फोट गराएको आरोप लगाएका छन् । महतले भनेका थिए, ‘मैले चुनाव जित्न लागें भनेर एम्बुस राखिएको हुनसक्छ ।’

यसका दुईटा कारण छन् भन्दै तामाङले भने, ‘एक, कांग्रेसको सभा हुने भनिएको चतराले जाने जुन मूल बाटो हो, त्यो प्रयोग नगरी सहायक बाटोबाट महत गएका छन् र त्यही सहायक बाटोमा माइन बिस्फोट भएको छ’ उनले भने ‘दुई, घटनामा मलाई दोष लगाइनु र वामगठबन्धनविरुद्ध भौतिक आक्रमणमा उत्रनुले पनि महतले नै नियोजित रुपमा घटना गराएको देखिन्छ ।’