निलगिरी होटलमा डाक्टर भण्डारीसंग

०७५ साल भाद्र२३गते विहान ६बजे देखि दाङको घोराहीबाट यात्रा आरम्भ भयो बुटवल ,पाल्पा ,रिडी हुँदै गुल्मी जिल्लाको सदरमुकाम तम्घास पुगेर किरण पुस्तकालमा सम्पर्क पनि गरियो । यात्रा र सम्पर्कको काम सकेर होटलमा आइएको छ । विहान देखिको यात्राले थकान लाग्यो कि लागेन भन्ने नै थाह भएन । कहाँनेर लाग्यो थकान ? हात खुट्टा शिर सबै छामे भित्र थकानको महसुस त भयो तर बाह्र घण्टाको यतिलामो यात्रा त्यो पनि पहाडी बाटो उकालो ओरालो अनि घुम्तिको बाटो थोरै भए पनि शरीर त थाकिहाल्छ नी । यात्राको थकान भन्दा पनि मैले दाङको प्रतिनिधित्व त्यो पनि सिक्रय सहभागिता गुल्मीमा जनाउनु थियो । १२ घण्टाको यात्राले थाके भने मैले जिम्मेवारी कसरी पुरा गरुलाँ ? आफैलाई प्रश्न गरें ।

-पद्मप्रसाद शर्मा
२०७५साल भाद्र २३गतेको यात्रा विहान घोराहीबाट आरम्भ भएको हो साँझ गुल्मीको तम्घास स्थित होटल निलगिरीमा पुगेर विश्राम भयो । निलगिरी होटलको पाँच नम्वर कोठामा पुगेर झोला विसायौं । निलगिरी होटलको कोठा नम्वर पाँच दुईजनालाई बस्न सहज हुने खालको रहेछ । अटेजवाला कोठा बस्नका लागि सुविधायुक्त नै हुन्छन । झोला विसाय पछि भण्डारी जीले “सरको नाम के रे ? ”पहिलो प्रश्न राख्नु भयो मैले “पदम प्रसाद शर्मा” भने । तत्पश्चात प्रश्नको वर्षा आरम्भ भयो । “शर्मा के ?” “शर्मा अधिकारी ।” “घर यही गुल्मी हो ?” “होइन दाङ हो ।” “कोठामा प्रवेश गर्दा दाङ काठमाडौ यही अटिन्छ भनेको थिएँ त ।” “ए ! हो त नी मैले त विर्सिएछु ।” “कहाँ के गर्नु हुन्छ ?” “खाश केही गर्दैन । म सञ्चाकर्मी हुँ ।” “कहाँ के मा ?” “रेडियोमा पनि काम गर्छु दैनिक पत्रिकामा पनि ।” “कहाँको कुन रेडियो ”? “दाङमा रहेको मध्य पश्चिम रेडियो ।” “अनि पत्रिका ?” “पत्रिका त धेरै छन । खाश गरी म लेखक हूँ पत्रिकामा नियमित स्तम्भ लेख्छु ।” “एऽऽऽऽ रेडियो पत्रिका दुबैमा काम गर्नु हुने रहेछ ? पारिश्रमिक राम्रै होला ?” उहाँले यस्तैयस्तै निकै प्रश्न राख्नु भयो । प्रश्न प्रवाह गर्ने क्रममा उहाँले केही आश्चर्यलाग्दा प्रश्न पनि राख्नु भयो जुन प्रश्नको उत्तर भन्नै आवश्यक नहुने खालका पनि रहे । भण्डारीजीका कुराले मलाई असमञ्जसमा पा¥यो । ए बाबा ! यत्रो विद्वानका कुरा किन यस्ता ??मैले उहाँलाई प्रसङ्ग बदल्नका लागि भने “भण्डारी सर ! हजुरको नाम र फोन नम्वर यो कागजमा टिपोट गरिदिनुस न ”। उहाँलाई कागज दिएँ उहाँले आफ्नो नाम र फोन नम्वर कागजमा टिपोट गरेर फिर्ता दिनु भयो । उहाँले डा.कृष्ण प्रसाद भण्डारी मुमुक्षु र फोन नम्वर पनि लेख्नु भयो अनि ठेगाना नेपाली केन्द्रीय विभाग त्रि.वि.काठमाडौ समेत लेख्नु भयो । उहाँले फिर्ता दिएको कागज मैले गोजीमा राखें ।

उहाँले जसरी प्रश्न गर्दै जानु भयो मलाई थोरै आश्चर्य लाग्यो । रहँदा बस्दा यस्ता कुराहरु आउने गर्दछन तर कोठामा पुग्दासाथ उहाँले प्रश्नको वर्षा नै गराउनु भयो । त्यो पनि कति आवश्यक कति अनावश्यक ?थप प्रश्न नआए हुन्थ्यो भन्ने त लाग्यो तर उहाँले आज बस्नका लागि मलाई रोज्नु भा छ । म उहाँसंगको सम्वन्ध र सम्पर्क अति सौहार्द होस् भन्ने सोंचमा थिएँ । उहाँको प्रश्नको जवाफ दिन पनि गाह्रो नदिए सम्वन्ध बन्न पनि गाह्रो । भण्डारी सरले केही सम्झे जस्तै गरेर म एकै छिन बाहिर जान्छु तपाई बस्नु होला भनेर कोठाबाट बाहिर निस्कनु भयो । उहाँ बाहिर निष्कए पछि म पलङमा पल्टिएर विहान देखिको यात्रा स्मरण गरें । २०७५ साल भाद्र२३गते विहान ६बजे देखि दाङको घोराहीबाट यात्रा आरम्भ भयो बुटवल ,पाल्पा ,रिडी हुँदै गुल्मी जिल्लाको सदरमुकाम तम्घास पुगेर किरण पुस्तकालमा सम्पर्क पनि गरियो । यात्रा र सम्पर्कको काम सकेर होटलमा आइएको छ । विहान देखिको यात्राले थकान लाग्यो कि लागेन भन्ने नै थाह भएन । कहाँनेर लाग्यो थकान ? हात खुट्टा शिर सबै छामे भित्र थकानको महसुस त भयो तर बाह्र घण्टाको यतिलामो यात्रा त्यो पनि पहाडी बाटो उकालो ओरालो अनि घुम्तिको बाटो थोरै भए पनि शरीर त थाकिहाल्छ नी । यात्राको थकान भन्दा पनि मैले दाङको प्रतिनिधित्व त्यो पनि सिक्रय सहभागिता गुल्मीमा जनाउनु थियो । १२घण्टाको यात्राले थाके भने मैले जिम्मेवारी कसरी पुरा गरुलाँ ? आफैलाई प्रश्न गरें ।

एक पटक बुटवल देखि तम्घास सम्मको बाटो स्मरण गर्न पुगें । हामीलाई एक दिनको यात्राले थकान कहाँ लाग्यो भनेर छाम्नु पर्ने भयो तर यहाँका नागरिक सधै यो मार्ग प्रयोग गर्छन । हामी भन्दा पनि उमेरले पाका नागरिकहरु पनि त यात्रा गर्छन । यहाँका ती वृद्ध वृद्धालाई कति थकान लाग्दो हो ? उनीहरु यस्ता यात्रालाई सहजरुपमा लिन्छन हामी के मैदानमा बसेको भनेर थकानको कुरा गर्न सुहाउँछ ? मेरो मथिङ्गलमा लाग्यो जीवनमा यस्ता उकाली ओराली र घुम्तिहरु त कति पार गर्नु छ कति? अहिले थकानका कुरा गरियो भने कसरी बाँकी जीवनको यात्रा सम्पन्न गर्न सकिएला ? थकान भन्ने कुरा मनले हुने हो । मलाई थकान भन्ने छैन भन्ने हो भने हुँदैन । म यस्तै कल्पनाको गंगामा पौडदै थिएँ । कसैले ढोकामा संकेत दियो । मैले कोठा भित्रबाट भने “को होला ?” बाहिरबाट आवाज आयो “सर खाना तयार भयो ।” म दोधारमा परें साथी नआई खाना खान जाने कि नजाने ? उहाँलाई एकै छिन पर्खदाँ के विग्रने हो र ? साथी बाहिर गएको पनि निकै समय भयो । किन ढिला गर्नु भयो ? फोन गर्नु प¥यो यस्तैमा काम लाग्छ भनेर त फोन नम्वर राखेको हो नी । हुन त वास्तवमा उहाँको नाम सोध्न अप्ठेरो लागेर मैले नाम र फोन नम्वर लेख्न भनेको हूँ । फोनमा नम्वर लगाएँ तर मनमा अर्कै तरङ्ग आयो अनि फोन बन्द गरें । पहिले गफको क्रममा उहाँले मलाई शाकाहारी कि माम्साहारी भनेर पनि प्रश्न गर्नु भएको थियो । मैले साकाहारी भनेको थिएँ । त्यही क्रममा उहाँले साकाहारी खाना उता पर पाइन्छ भन्नु भाथ्यो । उहाँ खाना खाएर आउन सक्नु हुन्छ । म खानाका लागि तल ओर्लिएँ । निलगिरी होटलमा बस्ने जति साथीहरु सबैजना भोजनालय(किचन)मा पुग्नु भएको रहेछ ।

त्यहा रहनु भएका मध्य कतिजना किरण पस्तकालयबाट साथै आउनु भएका हुनुहुन्थ्यो भने केही पहिले नै बसेका र केही हामी भन्दा पछि आउनु भएका पनि हुनु हुँदोरहेछ । त्यहाँ बसेकाहरु सबैका अनुहार एकसारो पढे । कोही कोही आपसमा गफमा ब्यस्त हुनुहुन्थ्यो त कोही चुपचाप बस्नु भएको थियो । म पनि खाली ठाउँ हेरेर गएर आसन जमाएँ । कुन्नी किन हो मलाई कसैसंग बोल्न मन लागेन । मैले कसैलाई कुनै कुरा सोधिन । आसनमा बसेपछि खाना आयो, खाना खाएँ अनि हात सफा गरेर कोठातिर लागें । भोली के कसरी भूमिका निर्वाह गर्न सकिन्छ ? एक पटक शशि पन्थी जीले भनेको कार्यक्रमको खाका संझिएँ । सर्वोदय पुस्तमालय दाङका अध्यक्ष सुशिल गौतम लगायतको पुरै टिमले हामीले दिएको जिम्मवेवारी पदमले पक्कै पुरा गर्छ भनेर गुल्मीको कार्यक्रममा सहभागि हुन भन्नु भएको हुन सक्छ । मैले थोरैमात्र कमजोरी गरें भने यहाँ त जिल्लाको प्रतिष्ठाको सवाल छ । निकै ख्याल गरेर सहभागिता जनाउनु पर्ने छ । मैले यही निश्कर्ष निकालें ।

खाना खाएर कोठामा आईपुग्दा सन्ध्याको ८.१५बजिसकेको थियो । म कोठामा आएको पाँच मिनेट पछि कृष्ण जी कोठामा आउनु भयो । मैले “सर ! खाना तयार छ” भने उहाँले बाहिर खाना खाएर आएको कुरा सुनााउनु भयो । कृष्णजी पलङमा बस्दै पुनः प्रश्न वर्षाउन लाग्नु भयो । तपाईको विषय के ? कति पढनु भा छ ? कहाँ पढनु भयो ? साहित्यमा कुन कुन विधामा कलम चलाउनु हुन्छ ? कति वर्ष हुनु भयो ? बसाई कहाँ छ ? पत्रकारिता वाहेक अन्य के गर्नु हुन्छ ? यस्तै प्रश्नको ओइरो लाग्यो । (पाठम वृन्द ! यस्तै प्रश्न तपाईलाई कसैले सोधेको भए सबै प्रश्नको जवाफ दिनु हुन्थ्यो वा… ?) केही प्रश्नको जवाफ दिए पछि भने “सर ! अव यो भन्दा उता ब्यक्तिगत मामलाका कुरामा तपाईले प्रश्न नगर्नु होला । मलाई मन पर्दैन ।” उहाँले बसाई बदल्नु भयो । “यो मुलुकका लागि मेरो योगदान के हो ? समाजका लागि पदमले के योगदान दियो ? गाउँ समाजमा पदमले के कसरी सघाउँछ ? आजसम्म कति कृतिहरु प्रकाशन गर्न सक्यो ? कति प्रकाशोन्मु्ख छन ? यस्ता कुरा सबैका लागि काम लाग्दा हुन्छन् तर मेरा श्रीमती कति छन र मेरो सम्पत्ति कति छ ? घर पक्की छ कि कच्ची छ ? यस्ता कुराले कसैलाई पनि प्रभाव पार्दैन र फाइदा पनि हुँदैन । त्यसकारण यस्ता कुरा सोध्नु राम्रो मानिदैन । हुन त सरले यस्तै विषयमा पि.एच .डी गर्नु भएको होला तर जुन कुरा अरु कसैका लागि पनि काम लाग्दैन त्यस्ता कुरा जनकारी लिन पनि जरुरी हुँदैन । म शहरमा बस्छु तर आफ्नै घरमा बस्छु या डेरामा बस्छु भन्ने कुराले कृष्ण प्रसाद भण्डारीलाई केही फरक पर्दैन । मेरा स्वभावले तपाईलाई प्रभाव पार्छ आफूलाई चाहिने भन्दा अरु कुरा सोध्नु राम्रो मानिदैन ।”

मैले भनिरहँदा उहाँले निकै गौर गरेर मलाई हेर्नु भएको थियो । मैले कुरा सकेर “केही भन्नु छ सरलाइ र्” भने पछि उहाँले “कति कृति प्रकाशन गर्नु भा छ ?” पहिले यही प्रश्न गर्दा धेरै प्रकाशन गर्न सकेको छैन भनेको थिएँ । उहाँले प्रश्न दोह-याएर राखे पछि “अहिलेसम्म एक दर्जन अर्थात बाह्रवटा जति प्रकाशन गरेको छु । दुइृवटा प्रकाशनका लागि पे्रसमा छन भने । ”उहाँले हालसम्म पाँचवटा पुस्तक प्रकासन गर्नु भएको रहेछ । भने पछि सात अंकले उहाँ पछाडी हुनुहुँदो रहेछ । उहाँ क्याम्पसको प्रध्यापक म सर्बसाधारण । भण्डारी जीलाई के लागेको थियो । मैले निजी मामलाका कुरा नगर्न भने पछि उहाँ त्यस तर्फ लाग्नु भएन । भिन्दै विषय निकालेर हामीले रातको साढे नौ बजेसम्म गफ ग-यौं अनि मेले भने सरलाई थकान लागेको होला “ल सर! अव सुतौं ।”उहाँले पनि मेरो प्रस्तवालाई स्विकार्नु भयो । अनि दुवैजना ओछ्यानमा बसाई बदल्यौं । क्रमशः