निर्मला हत्याकाण्ड, सरकार र अपेक्षा

सरकारका केही मान्छेहरु, सरकारी दलका केही कार्यकर्ताहरु ठूला शब्दहरुमा पृष्ठभूमी बाधेर देशमा रेल गुड्ने, विदेशी रेल गुडेका चित्रहरु राख्दै क्याप्सनमा ‘समृद्ध देश बन्दैछ हाम्रै पालामा’ भनेको लेखिरहेछन्, निर्मला हत्काकाण्डको दोस्रो फोटोविनाको न्युज बनाईरहँदा प्रतिष्ठित दैनिक पत्रिकाले पत्रिकाभरी नै समृद्धीका बहसहरु चलाईरहेको देख्दा ताजुक लाग्छ । एउटा शक्तिशाली सरकारलाई एउटा अमुक बलात्कारसँग मात्रै असफल वा सफल भनेर टिप्पणी गरिएको देख्दा कयौं ‘अरिङ्गाल’हरु डस्न सक्छन् ।

-शिव डुम्रे

सरकार असफल प्रायः बन्नको लागी खास विशेष परिस्थिती आवश्यक नपर्दाे रहेछ । हुन त विगतमा पनि नेपालका सरकारहरु बन्ने र ढल्ने, सफल वा असफल बन्ने प्रक्रिया त्यति ठूला उपलब्धी र भयंकर गुमाएर भएका पनि होईनन् । भर्खरै पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको थियो चुनावी मतपरिणामले दिग्भ्रमित भएको माओवादी सरकार सञ्चालनको पहिलो अभ्यासमा थियो प्रचण्ड प्रधानमन्त्री बन्नुभन्दा अगाडी कार्यदिशा जनवाद र रणनीति संविधानसभा भन्दै घोकाउँदा घोकाउँदै प्रचण्ड प्रधानमन्त्री भैहाले तर जनयुद्धमा जनताको बीचमा बसेर जनसेनाको सुरक्षा घेराभित्रबाट प्रशिक्षणमा चिच्याएजस्तो सजिलो जनवाद भन्दै संसदवादमा फसेका प्रचण्ड कामरेडलाई खासै थाहा भएनछ जनसत्ता चलाउँदै आएका उनलाई राज्यसत्ता चलाउँन नआएपछि उनी कहिले सेनापति प्रकरण त कहिले राष्ट्रपति प्रकरणले गर्दा उनको महान उपलब्धी र ऐतिहासिक भनिएका सत्ताको आगमन ढोकामै अड्कियो माओवादी नेतृत्वको पहिलो सरकार नै असफल सिद्ध बन्यो ।

कालान्तरमा माओवादी संसदबादबाटै विलिन हुने दिशामा पुग्यो, आज माओवादी पार्टी त रहेन तर तत्कालिन सुप्रिमो प्रचण्ड संसदीय सत्ताका सबैभन्दा चतुर मध्येका खेलाडी बने माओवादीलाई जस्ले संसदमा प्रवेश गराए उनैलाई संसदबाट बाहिर पठाएर नयाँ जेटबाट चालक बनेर देश हाक्ने दुस्साहस गरिरहेका छन् ।
कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यसको अनुसन्धान प्रक्रियामा नै यो सरकार असफल प्रायःबन्नको लागि प्रशस्त मार्गचित्रहरु देखिए । यो काण्डभित्र लुकेका केही रहस्यहरुबाट हामी कस्तो राज्यसत्ताभित्र आसिन छौं, हामीले परिकल्पना गरेको र संविधानको अघिल्लो पानामा लेखिएको समाजवादी राज्यको कल्पना गर्न सक्छौं । जनताको दुई तिहाई मत प्राप्त गरेको कम्युनिष्ट नामधारी सरकारले हरेक दिन भनिरहेको समृद्धि नेपालको खाका हेर्न कञ्चनपुर पुगे डिजिटल रुपमै देखिन्छ । देशमा ठूला ठूला अपराध काण्डहरु भए, छिनभरमै कतिपय अपराधीहरु पत्ता लागे, अनुसन्धानमा नेपालको प्रहरी प्रशासन विश्वमै नाम कमाएको दरो र विश्वनीय अनुसन्धानकर्ता कहलिन्छ तर नेपालमै भने त्यसको पुष्टि हुन सकेन । बरु प्रहरी प्रशासनको ईतिहासमै कालो धब्बा लाग्नेगरी बहालवाला प्रहरीका बरिष्ठ अधिकृतहरुको डिएनए टेष्ट गर्नुपर्ने स्थिती बन्यो ।

यो एउटा बलात्कारको घटनामात्रै होईन यो सामन्तवादको चित्र र समाजको चरित्र पनि हो, यो एउटा फगत निर्मला पन्तको हत्यामात्रै होईन यो देशका लाखौं नारीहरुको अस्मितामाथी धावा बोल्नेहरुको हैकम पनि हो, यो एउटा प्रमाण नष्ट गरिएको बलात्कार काण्ड मात्रै होईन यो राज्यको हैसियत र राजनीतिको घेरा नाप्ने बन्धन पनि हो । निर्मला एउटा पात्र होईनन्, उनी यो समाज निर्माणको बाहक पनि हुन्, निर्मला एउटी नारीमात्र होईनन उनी आजको महिला हिंसाको जर्जर नमुना पनि हुन्, उनी एउटा विकट गाउँकी विद्यार्थी मात्रै होईनन, पासविक शिक्षकहरुका पुरुषात्तोको शिकार बनेका कयौं कलिला नानीहरु पनि हुन् । बलात्कारी एउटा पुरुषमात्रै होईन उ त देशको उपल्लो तहबाट पालित पोषित एउटा शक्तिशाली मर्द हो, बलात्कारी एउटा यौन पिपासु मात्रै होईन उ त शक्तिको आडँमा सबै कुरा गर्न सक्छु भन्ने केही पात्रहरुको चित्र पनि हो । समग्रमा यो राजनीति हो । यो सत्ता हो । गृहमन्त्री बादलले कहीँ झुक्किएर भनेका थिए, पूजीँवादले बलात्कार बढायो । उनी किन झुक्किए थाहा भएन तर यो पूजीँवाद पनि हो ।

निर्मला पन्तलाई मात्र राजनीति गर्ने सिकार नबनाऔं, यो देश सबैभन्दा शक्तिशाली भनिएको राजतन्त्र र लोकप्रिय भनिएका राजा विरेन्द्र शाहको बंश नै नास गराउँदा चुपचाप बस्ने देश हो, यो देश मदन भण्डारीहरुलाई जबरजस्त नदीमा धकेलेर लाससमेत गायब पार्नेहरुको देश हो, विडम्बना आज तिनैको नाम जपेर राष्ट्रको प्रमुख र कार्यकारी पदमा बस्नेहरु निर्मलाको हत्याको छानविन गर्छाै भन्न र हामीहरु पत्याउन भने छाडेका छैनौं । प्रिय बैनी निर्मला तिमी त सानो गाउँ, गरिब परिवारकी सानी मान्छे तिम्रो हत्यारा पत्ता लगाउन को बोलोस् १ एउटा परिवार, एउटा गाउँ, सहर तातेर मात्रै यो पैmसला गर्न किन सकिएन प्रश्न माथिका दुई प्रसंगसँग करिबकरिब मेल खान्छन् । तत्कालिन राजा विरेन्द्र, लोकप्रिय नेता मदन भण्डारी हुन् या निर्मला पन्त यि सबै काण्डहरुमाथी राजनीति हावी भएको छ, संसदवाद र पूजीँबादको चरम हस्तक्षेप भएकै कारणले यि घटनाहरु सधै रहस्यको गर्भभित्र रहेका हुन् ।

नेपाली समाज कतातिर जादैंछ, नेपाली राजनीतिक सत्ताले यो समाजलाई नियन्त्रण गर्न वा परिचालन गर्न सक्छ कि सक्दैन । मुलतः राजनीतिक हिसाबले यो देशको सबैभन्दा स्वर्णीम अवसर हो संसदवादमा सम्भवत पछिल्लो ६ दशकको वरपर पहिलोपटक कुनै सपनाहरुको खानी मानिने पार्टी र स्वप्नदर्शी नेता यो देशको बलियो कार्यकारी प्रमुख भएर बसेको छ । सरकारले चाहेको भए राजनीतिले गाली नगरेर सत्ता पल्टाउने धम्की नआएको भए सायद आजसम्म निर्मला सेलाईसकेकि हुने थिईन, हुनत निर्मला अब समाज रहँदासम्म रहिरहन्छीन किनकी उनी अब आउने सदिकी सबैभन्दा नमुना पात्र बन्ने लक्षण यो समाजले चित्रित गरिरहेको छ । तर उनको हत्या गर्ने एउटा अमुक पात्र यहि देशमा यही राजनीति र व्यवस्थाभित्र कतिसमय लुकेर बाच्ने भन्ने प्रश्न गम्भीर हो । यस्ता अपराधीहरु लुकाएर सरकारले गरिरहेको नाटकभने फिल्मी शैलीकै छ । सरकार उदाङ्गो त यसै बनिसक्यो अब झन यस्तो गौडामा सरकार फस्दैछ कि हत्यारा सार्वजनिक गर्दा सत्ता ढल्ने चिन्ता नगर्दा सरकार नाङ्गीने भएपछि अबको केही समय शुन्य समय हुनेछ ।

सरकारका केही मान्छेहरु, सरकारी दलका केही कार्यकर्ताहरु ठूला शब्दहरुमा पृष्ठभूमी बाधेर देशमा रेल गुड्ने, विदेशी रेल गुडेका चित्रहरु राख्दै क्याप्सनमा ‘समृद्ध देश बन्दैछ हाम्रै पालामा’ भनेको लेखिरहेछन्, निर्मला हत्काकाण्डको दोस्रो फोटोविनाको न्युज बनाईरहँदा प्रतिष्ठित दैनिक पत्रिकाले पत्रिकाभरी नै समृद्धीका बहसहरु चलाईरहेको देख्दा ताजुक लाग्छ । एउटा शक्तिशाली सरकारलाई एउटा अमुक बलात्कारसँग मात्रै असफल वा सफल भनेर टिप्पणी गरिएको देख्दा कयौं ‘अरिङ्गाल’हरु डस्न सक्छन् । तर कयौं राजनीतिक आरोह अवरोह खपेर आएको एउटा आम नेपाली नागरिकले दुई तिहाईको सरकारबाट गरेको अपेक्षा कति पूरा भए भन्ने प्रश्न पनि चोटिलो बनेर आउँछ । जब प्रचण्ड भर्खरै शान्तिप्रक्रियामा आएका थिए त्यतिबेला एउटा भिडियो भाईरल भएको थियो । नेपाल टेलिभिजनको १३६औं तल्लाको भवनबाट ३६ औं तल्लामा बसेर ऋषि धमलाजस्तो देखिने एउटा भद्र पुरुषले प्रचण्डजस्तो देखिने मान्छेसँग अन्तरवार्ता लिएका थिए सायद त्यो अहिले पनि यूटुबहरुमा देखिन्छ । समृद्धको नारा घन्काउने साथीहरुले त्यो भिडियो हेरे या हेरेनन्, तर चुनावताका घोषणापत्र बनाउनेले त्यसलाई धेरैपटक दोहो¥याएर हेरेको हुनुपर्छ ।

हामीले धेरैपटक सुन्यौ केपी ओली प्रधानमन्त्री भैसकेपछि कयौं पटक संसदमा उनका भाषण होस् या विभिन्न कार्यक्रमहरुमा सम्बोधन उनी जब बोल्छन त्यतिबेला भीडलाई आफूतिर केन्द्रित कसरी गर्न सकिन्छ र कसरी हसाउँन सकिन्छ भन्नेबाहेक अन्य गाम्भीर्यता उनको कुनै भाषणमा देखिदैन । एउटा देशको फ्रेम परिवर्तन गर्न कति समय लाग्छ । हिजोमात्र एउटा कार्यक्रममा उहाँले आफूलाई कसैले नटेरेको भन्दै गुनासो पोख्नुभयो, जादुको छडीजसरी आफूले परिवर्तन गर्न नसक्ने र ६/८ महिनामा ठूलो उपलब्धी खोज्नेहरुलाई दिन नसक्ने भन्नुभएछ । मलाई लाग्छ नेपाली जनताले तपाईको ६/८ महिनामा देशमा रेल र पानीजहाज खोजेका होईनन, देश समृद्धिको शिखरमा पुगोस पनि चाहेनन्, घरघरमा पाईपबाट ग्यास पनि आजको आवश्यकता होईन तर न्युनतम कामहरु पनि गर्न नसक्ने भए किन गफ लगाउने प्रधानमन्त्री चाहियो भनेर प्रश्न गर्न नपाउने ? विग्रीएका भत्किएका बाटोहरु बनाउन कति समय लाग्छ ? सुरुङ्ग तयार भएको मेलम्चीको पानी आउन कति समय कुर्नुपर्ने हो ? यातायात सिन्डिकेट हटाउन कति समय लाग्थ्यो ? कामचोर ठेकेदारहरुलाई कारबाही गर्न कति बर्ष पर्खने ? निर्मला हत्याकाण्डको बलात्कारी पत्ता लगाउन कति दशक चुप बसौं ? कर्णालीका जनताले १० किलो चामल सबैले पाए ? डोल्पाकी सानुमाया तामाङ्ग सुत्केरी बेथा लागेर छटपटीएर एयरपोर्टमा हेलिकप्टर नपाएर मर्नु कहिलेसम्म पर्छ ? आफैंले उत्पादन गरेर बजार पठाएको तरकारी किन्दा ४५ प्रतिशत महँगो कहिलेसम्म तिर्नु ? १७ रुपिँया बढेको पेट्रोल घट्नलाई खानी यही बन्नुपर्ने हो ? उखु किसानहरुले बक्यौता रकम नपाउँदा भारतीय चिनीको मूल्यमा एकैपटक १५ रुपिँया बढ्नु किन ? यातायात शुल्क बढेको प्रधानमन्त्रीज्यूलाई थाहा छ कि छैन ? संघियता लागू भएपछि कर तिर्नकै लागि विदेश जानुपर्ने स्थिती आईपुगेको छ ? विदेश जाने यूवाहरुलाई रोक्न कति समय लाग्छ ?

तपाईलाई कसैले जादुगर भनेको छैन, तत्काल सबै परिवर्तन चाहियो कसैले भनेको हैन, सरकार बनेपछि न्यूनतम के उपलब्धी भयो भनेर तपाईले ३ पृष्ठ लामो वक्तव्य दिएपनि त्यो वक्तव्यले नेपाली नागरिकको जनजीविका र दिनदैनिकीमा कुनै परिवर्तन आईपूगेको छैन । जनताले भोट हालेर पठाएको सरकारसँग न्यूनतम अपेक्षा गर्न पनी नपाउने ? तपाई आफूलाई अझ समाजवादी सरकार भन्न पनि रुचाउँनुहुन्छ, संयम बन्नुस प्रधानमन्त्री ज्यू, जनता धेरै संयम छन होईन भने आजसम्म तपाईका विरुद्ध सडक तात्नेबेला भैसकेको हो, तपाईका हावादारी गफ, भारत, चिन र अमेरिकाका भ्रमणले यता कर्णाली र सुस्ताका जनतालाई खास फरक पर्नेवाला छैन, यो डिजिटल यूग हो, हामीलाई परिवर्तन डिजिटल चाहिन्छ, तपाईका एनालग भाषणहरु अब आवश्यकताभन्दा धेरै भैसके, बोलेर कुनै देश परिवर्तन भएका होईनन, त्यसको लागि भिजन चाहिन्छ, तपाईसँग देशलाई समृद्ध गर्ने भिजन के हो आजसम्म सार्वजनिक गर्न सक्नुभएको छ ? कुराको खेती धेरै भए अब काम गर्नुस, देशमा झण्डा हल्लाउँदै रेल र पानिजहाज आउँछ कि आउँदैन हामीलाई चाहिएन कमसेकम दशैमा घर हिडेका मान्छेलाई व्यवस्थित बसमा यात्रा गर्न सक्ने बातावरण बनाउनुस, तपाईले निजी स्तरबाट सञ्चालित भव्य अस्पतालको उद्घाटन गरेर समृद्धिको भाषण होईन त्यही अस्पतालमा उपचार गराउन कति गरिब परिवारले सक्छन् सोच्नुस, तपाईले अभिभावकत्व गरेका परिवार मात्रै होईन यहाँ बाबुआमाको उपचार र छोराछोरीको शिक्षाको लागि यूवाहरुले रगत र पसिना विदेशमा बेच्नुपरेको छ । तपाईको समाजवादी सरकारले यि यूवाहरुलाई के रोडम्याप दिन्छ ? अब कागजको खोस्टामा र भाषणमा होईन डिजिटल काम गरेर देखाउनुस्, होईन भने अब प्रधानमन्त्रीज्यूलाई प्रहरी, कर्मचारीले मात्र नटेरेका रहेछन् जनताले नटेर्ने दिन आयो भने यसको परिणाम अलि भयानक होला । (प्रतिक्रियाको लागी : shiva.dumre1@gmail.com )