निर्मला पन्तको घटनामा सलग्न लाई कडा कार्यबाही हुनुपर्ने भन्दै सन्धिखर्कमा विरोध प्रर्दशन

 

अनिल नेपाली

भाद्र १०

निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा शान्तिपूर्ण प्रदर्शन भएको छ ।जिल्ला सदरमुकाम सन्धिखर्क शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले निर्मला पन्तको घटना जस्ता दिनप्रतिदित बढ्दै गएकोले घटनामा सलग्न अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् ।
स्थानिय सामाजिक अभियन्ता शिव बेल्वासेको संयोजनमा भएको कार्यक्रमका सहभागीहरुले राज्य नै दोशीहरुलाई उम्काउने षड्यन्त्रमा लागेको भन्दै दुख व्यक्त गरेका छन् दोशीको पहिचान गरि कारवाही गर्नुको साटो न्याय माग्दा गोली ठोकेर राज्यले अन्याय गरेको भन्दै यस्ता घटनामा जस्टीस फर निर्मला लेखिएको ब्यानर सहित स्थानीयहरु आज साझ पाँच बजे सन्धिखर्कमा जम्मा भई प्रदर्शन गरेका थिए