नागरिकता विद्येयक २०७५ देशको हित विपरित

बुटवल, मंसिर १५ । वामपन्थी नेता साध्यबहादुर भण्डारीले सरकारले ल्याएको नागरिकता विद्येयक मुलुकलाई खण्डित गर्ने खालको भएको बताएका छन् । नागरिकता विद्येयक २०७५ विदेशीलाई नागरिकता दिनका लागि ल्याउको जस्तो रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वाधिनताका लागि लागरिक मञ्चले शनिबार रुपन्देहीको बुटवलमा आयोजित अन्तर सम्बाद कार्यक्रममा बोल्दै नागरिकता विद्येयक खुकुलो भएको बताए । खुकुलो नागरिकता विद्येयक बनाएर राज्यले विदेशीलाई नागरिकता दिन खोजेको आरोप लगाए । खुकुलो नागरिकता दिने आजको प्रावधानले भोली नेपालमा विदशी नागरिक बहुमत हुने र नेपाली अल्पमतमा पर्ने सम्भावन रहेको उनको विश्लेषण छ ।

राष्ट्रिय जागरण परिषद्, नेपालका संयोजकसमेत रहेका नेता भण्डारीले सरकारको काम कारवाहीप्रति असनतुष्टी व्यक्त गर्दै सरकार फिजिकरणको बाटोमा लागेको आरोप लगाए । नागरिकता विद्येयक २०७५ बारे राजनीतिक रुपमा छलफल गर्नुपर्ने र सबै राजनीतिक दलले मुख्य एजेण्डा बनाउनु पर्ने उनको भनाई छ । विदेशीले नागरिकता पाईरहंदा र नेपाली भूमि मिचिरहंदा पनि दुई तिहाई बहुमतको सरकार मौन बसेको भन्दै सरकार विदेशी शक्ति केन्द्रसंग झुकेको दावी गरे ।

पदमबहादुर कार्कीको अध्यक्षता र ऋषी आजादको सञ्चालनमा भएको कार्यक्रममा लेखक ताथा साहित्यकार दिल सानी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल, ठाकुर चापागाई, विनोद उपाध्याय लगायतले नागरिकता विद्येयक २०७५ लाई संशोधन गर्नुपर्ने बताए ।