देशैभर बन्दको प्रभाव, बुटवल लगायत सहरहरुमा बम, ट्रकमा आगजनी

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दको क्रममा अज्ञात समूहले काठमाडौं, बुटवल, पोखरा, स्याङजा, नलपरासी, झापा लगायत देशका अधिकांश जिल्लाहरुमा बम राखेको छ । बन्दका कारण लामो र छोटो दुरीका कुनै पनि सवारी साधनहरु चलेका छैनन् । सडक चारैतिर सुनसान रहेको छ । अत्यावश्यक एम्बुलेन्स, दुधका गाडी, सञ्चारकर्मी र मानवअधिकारकर्मीका गाडी भने चलिरहेका छन् ।

बुटवलको कालिकानगर स्थित कालिकाचोकमा संकास्पद बस्तु भेटेपछि सेनाको डिस्पोजल टोली गएर निस्क्रिय बनाएको छ । नेकपा जनपरिषद्को नामबाट पाल्हीनन्दन गाउँपालिका (६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ। उक्त जग्गा एक व्यक्तिको नाममा थियो।स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्।

नेपाल बन्दको प्रभाव कपिलवस्तु सहित प्रदेश ५ मा विहानैदेखि परेको छ । बुधबार नै विज्ञप्ती जारी गरी नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको कारण कपिलवस्तुबाट छ्ट्ने लामो तथा छोटो दुरीका सवारी साधन विहानैदेखि चल्न सकेका छैनन् भने बजार, उद्योगधन्दा कलकारखाना पनि चल्न सकेका छैनन् । त्यसैगरी विहानैदेखि सुचारु हुने विद्यालय तथा कलेजहरु प्नि बन्द छन् । बन्दकर्ताहरु बन्द गर्न भन्दै सडकमा नदेखिए पनि बजार भने पुरै सुनसान देखिएको छ । जिल्लाको कृष्ण नगर, बहादुरगंज, चन्द्रौटा, शिवगढी शिवपुर, गोरुसिंगे, बनगाई, बोडगाउँ, चारनम्बर, पिपरा, गजेहडा, ओदारी र सदरमुकाम तौलिहवा लगायतका चहलपहल हुने स्थान बन्दका कारण सुनसान देखिएका छन् । सरकारले आफूहरुसंग ठाडै मुठभेड चाहेको भन्दै यसले मुलुकमा गृह युद्ध समेत निम्तन सक्ने भन्दै सचेत रहने नेपाल कम्युनिष्ट पार्टी नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । अझ केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई सार्वजनिक स्थानमै ‘लुटेरा समुह’ भनेपछि थप उनीहरु आक्रोशित भएका छन् ।
गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपुर लगायतका जिल्लाहरु पनि पूर्ण रुपमा बन्द भएका छन् । बुटवल बसपार्क सुनसान रहेका छन् ।