देशभक्तिपूर्ण गीतहरुको संगालो ‘हाम्रो नवीन नगर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘हाम्रो नवीन नगर’ भन्ने देशभक्ति गीतको म्युजिक भिडियो एक कार्यक्रममा सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा प्रदेश सांसद् योगेन्द्र राज संग्रौलाले प्रोजेक्टरबाट २ बजेपछि विमोचन गरेपछि हाइलाइट्स नेपालको गुट्युव च्यानलबाट प्रशारण भएको छ । उक्त देशभक्ति गीतको भिडियो विमोचनमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख र डा. केदार नरसिंह कोसी लगायत जनप्रतिनिधिहरुले संयुक्त रुपमा भिडियो विमोचन गरेका थिए ।

भिडियो विमोचन कार्यक्रममा जनता डिजिटल फिल्मस प्रालिका संयोजक केशव लगायत भिडियो निर्देशक निश्चल केसी, सम्पादन अमृत चापागाई लगायत कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त गीतको शब्द नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको अध्यक्ष रामशरण न्यौपानेको रहेको थियो भने गायक/गायीकामा रामचन्द्र काफ्ले र पूर्णिमा लामाको मिठो स्वर रहेको छ । गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोक राईले गरेका थिए । गीतको भिडियोको छायाँकन विक्रम कार्की र दिपक गिरीले गरेका थिए । उत्पादक तथा वितरक जनता डिजिटल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो ।

सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठी भन्दा बढिको कोरस रहेको छ । कलाकारहरुमा अहिलेको चर्चित मोडल करिश्मा ढकाल, सिर्जु अधिकारी, कला लम्साल, सनध्या पौडेल, सोभा भण्डारी र जस्मीन मगरको अभिनय रहेको छ र साथमा नवीन नगरका सचिव चेतनारायण न्यौपानेको अभिनय रहेको छ ।

काठमाडौंको काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत नै यहि भएको म्युजिक कम्पनीहरुले बताएका छन् । काठमाडौं बाहिर यस्ता गीतहरु बनेपनि काठमाडौंमा यस्तो गीत पहिलो पटक रेकर्ड भएको कुरा ए वान म्युजिसियन स्टुडियोका प्रमुखले बताएका छन् ।

गितको हरेक शब्द–शब्दले जनचेतनामुलक सन्देश दिनुका साथै समाज विकास र समृद्ध राष्ट्र बनाउने सपना बोकेको सन्देश दिन्छ । २४ घण्टाको अवधिमा २९ हजार भन्दा बढि दर्शकको मायाँ पाइसकेको छ । उक्त गीतलाई बिदेशमा बस्नेहरुले धेरै मन पराएको कुरा सामाजिक सञ्जालहरुमा आइराखेको छ ।

भिडियो…