दुई चराहरु : एक संवाद

(चीनमा कमरेड माओत्सेतुङको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्तिको तयारी हुदै थियो । विश्व कम्युनिष्ट आन्दोलनमा क. स्टालिनको मृत्युपछि विश्भरिका मुक्तिकामी जनताको संघर्षलाई रोक्न खुश्चोभी संशोधनवादले सर्वहारा क्रान्तिविरुद्ध विभिन्न हतकण्ठाहरु अपनाइरहेको थियो ।  यतिसम्म कि १९६३ अगष्ट ५ मा साम्राज्यवादी मूलुक अमेरिका र ब्रिटेन सोभियत संघसंग मिलेर एउटा सम्झौतामा समेत हस्ताक्षर गरेको थियो, जसलाई त्रिपक्षीय नाभिकीय प्रतिबन्ध सम्झौताको नामले चिनिन्छ । यही बिषयमा केन्द्रीत रहेका क. माओले १९६५ मा एउटा शक्तिशाली कविता लेख्नुभयो, जसको शीर्षक थियो– दुई चरा : एक संबाद । कवितामा क. माओत्सेतुङले सार्दूल चरा र भँगेराबीचको संवादद्धारा खु्रश्चोभी संशोधनको अवश्यंभावी पराजयलाई चित्रण गर्नुभएको छ । कवितामा सार्दूल चरालाई सर्वहारा वर्गको क्रान्तिकारी आशावादको प्रतीकका रुपमा देखाइएका छ भने खु्रश्चोभी संशोधनवादलाई तातो आलुको प्रतीक दिएर कायरका रुपमा प्रस्तुत गरिएको छ । यो कविता ‘माओत्सेतुङ की कविताएँ ‘बाट लिइएको हो ।)

 

–क. माओत्सेतुङ

 

सार्दूल चराका पंखा जस्ता पखेटाहरु

नव्वे हजार उचाईमा पुगेपछि

पिठ्यँुमा निलो आकाश वोकेर, उ तल हेर्छ

र मान्छेको जिन्दगीलाई नाँपजाँच गर्न

बन्दूकको आवाजले आकाश थर्काउँछ

गोलावारीले पृथ्वीलाई खाल्डो पार्छ

 

यता झाडीभित्र बसेको भँगेरो भन्छ–

“यो एउटा दुःखको नर्क हो ।

ओ ! म तिमीबाट उडेर टाढा भाग्न चाहन्छु । ”

आखिर कहाँ उड्ने त ?  म आफैलाई सोध्न सक्छु ?

भँगेरा जवाफ दिन्छ–

“परिभूमिको पहाडमा सिंगारिएको दरवारतिर

के तिमीलाई थाहा छैन

शरदको चन्द्रमामा तेश्रो सन्धीमा हस्ताक्षर गरेको ?

त्यहाँ प्रशस्त खाना हुनेछ,

तातोगरी पोलेको आलु

र तयार पारिएको गाईको मासु !

त्यसैले रोक–

“तिम्रो हावादारी पागलपनलाई रोक !

र एकपटक हेर, संसार क्रान्तिमय हुदैछ । ”

000

(लेखिएको १९६५ को शरद , प्रकाशित )