ठूलो लुम्पेक सत्यवती–थाप्ले–भार्से मोटरबाटोको शिलान्यास

जनबाटो संवाददाता । गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदीप ज्ञवालीले गुल्मीको सवैभन्दा उचाईमा रहेको लुम्पेक सत्यवती– बुढी सत्यवती–थाप्ले–भार्से मोटरबाटोको शिलान्यास गरेका छन् ।

सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक स्थित लुम्पेक सत्यवती, बुढी सत्यवती, थाप्ले हुँदै भार्से सम्मको बाटो उद्घाटन गर्दै ज्ञवालीले यो मोटरबाटोले गुल्मीकै मुहान फेर्ने र पर्यटकहरु आर्कषण गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

कार्यक्रममा सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकाल, जितु तरामु मगर, गोपाल पाण्डे लगायत नेता कार्यकर्ता र स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त अवसरमा सत्यवती गाउँपालिका वडा नं. १, २ र ३ को कार्यालयको तर्फबाट शिक्षा, स्वास्थ्य, यातायात, बिद्युत,कृषि, खानेपानी, खेलकूद, पर्यटनको स्तर उन्नति तथा बिकासको ११ बुँदे मागपत्र समेत मन्त्री ज्ञवालीलाई पेश गरेको छ ।