ठूलो लुम्पेक सत्यवतीमा हिउँको सौन्दर्य (फोटो फिचर)

गुल्मीको पर्यटकीय क्षेत्र ठूलो लुम्पेक सत्यवतीमा हिमपात भएको छ । हिमपातसंगै हिउँको सौन्दर्य हेर्नेहरु सत्यवती पुगेका छन् ।
पश्चिम क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा परिचित सत्यवती अहिले हरेक दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको भीडभाड हुँदै आएको छ । शुक्रवार साँझदेखि हिउँ परेसंगै विहानको मिर्मिरेसंगै उज्यालोमा सेताम्य हिउँ हेर्न, हिउँसंग फोटो खिच्न र हिउँसंग खेल्न स्थानीयहरु त्यहाँ पुगेका हुन् ।


सत्यवतीबाट धौलागिरी, माच्छापुच्छ«े, मानापाथी लोत्से लगायतका हिमश्रृंखलाहरु नजिकै हेर्न पाइन्छ । केही बर्ष अगाडी मोटरबाटो पुगेपछि पर्यटकहरुको भीडभाड हुने थालेको हो । अहिले पर्यटकहरुका लागी सत्यवती नजिकै खाना, नास्ता र बासका लागी समेत होटल संचालन भइरहेको छ ।
पाल्पा, रुपन्देही, स्याङ्जा, बागलुङ, पर्वत, प्युठान, अर्घाखाँचीबाट पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् ।