ठूलो लुम्पेकमा भलिवल प्रतियोगिता, नवप्रतिभा र थ्रीस्टार बिजयी

गुल्मी । सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक दाङ्सिंगामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । माघे सकरातीको अवसरमा संगम युवा समूहद्वारा आयोजित भलिबल प्रतियोगिता माघ २ गते सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ नवप्रतिभा प्रतिष्ठान केन्द्र विजेता र संगम युवा समूह उपविजेता भएको छ । फ्रेण्डसिप युवा क्लव थुम्का र हिमालय युवा परिवारले सान्त्वना पुरस्कार पाएका छन् ।

त्यसैगरि महिला तर्फ थ्रिस्टार फ्रेन्डसिप क्लब विजेता र हिमालय युवा परिवार उपबिजेता भएका छन् । पुरुषतर्फ वेष्ट स्पाइकर दीपेन्द्र सिंजाली, वेष्ट लिफ्टर नारायण सिंजाली, म्यान अफ दि सिरिज प्रकाश श्रीसले प्राप्त गरेका छन् भने महिला तर्फ म्यान अफ दि सिरिज देउरुपा राहादी थापाले जितेकी छन् ।

हरेक बर्ष संगम युवा समूहले माघे सकरातीको अवसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।