झुल्केघाम साहित्यिक पत्रिकाको दोस्रो अङ्क प्रकाशित

बुटवल–सिर्जना र संस्कृतिको सामयिक प्रकाशन झुल्केघाम साहित्यिक पत्रिकाको दोस्रो अङ्क प्रकाशन भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी व्युरोले प्रकाशन गरेको साहित्यिक पत्रिका सङ्ग्रहणीय रहेको छ ।

सांस्कृतिक दृष्टिकोणले देश एकातिर सामन्तवादी रुग्ण संस्कृति र अर्कोतर्फ उपभोक्तावादको जगमा उभिएको पुँजीवादी साम्राज्यवादी संस्कृतिको अतिक्रमण र दवदवामा रहेको बेला राष्ट्रिय, स्वाधिन र उन्नत संस्कृति निर्माणको पक्षमा पत्रिकाले वैचारिक तथा सिर्जनात्मक भूमिका खेल्न सक्ने महासङ्घले बताएको छ ।

महासङ्घले देशमा उत्पन्न सवैखाले विसङ्गति विरुद्ध निर्मम भण्डाफोर गर्दै सम्पूर्ण बौद्धिक संस्कृतिकर्मीहरु वर्गसङ्घर्षको नयाँ मोर्चामा सिर्जनात्मक सहभागी हुनु आजको आवश्यकता भएको बताएको छ । पत्रिकाको सम्पादकीयमा भनिएको छ– सौन्दर्य कलामा देखिएको जीवन विरोधी चिन्तन विरुद्ध मालेमावादी सौन्दर्यचिन्तनले उदात्त समाजवादी संस्कृति निर्माणको पक्षमा वैचारिक र सिर्जनात्मक हस्तक्षेप आजको आवश्यकता हो ।

पत्रिकामा तीन सहिदको रचना, सौन्दर्य चिन्तन सम्बन्धी माक्र्स, एङ्गेल्स, माओ र एए ज्दानोवको महत्वपूर्ण सामग्री, नेकपाका महासचिव विप्लवको सांस्कृतिक लेख, संस्मरण, निबन्ध, कथा, समालोचना तथा गीत कविताहरु रहेका छन् ।