जो युवा अब गुमनाम रहेन !

-कृष्ण सेन इच्छुक

सोचिरहेछु कहाबाट सुरु गरु ? थुप्रै नाम र परिचित अनुहारहरू आखा वरिपरि घुमिरहेछन् र जो अपरिचित थिए ती पनि अब परिचित र प्रिय बनिरहेछन् । बदली गरेको आकाशमाथि बादल फारेर निस्केको घामझै नरसंहारको जंगलबाट दिनहु नया नया नामहरू बाहिर आइरहेका छन् । ती असंख्य नामहरूको लाममा लेख्नैपर्ने र बोल्नैपर्ने प्रिय र श्रद्धेय नामहरू छन् । तिनको सम्झनामा, तिनको सम्मानमा केही लेखु भनेर सोचिरहेछु तर कहाबाट सुरु गरु ? मनभित्र आधीवेहरी चलिरहेछ । सिंगो देश मुक्तियोद्धाहरूको नृशंस हत्याले क्रुद्ध र क्षुब्ध छ । यसघडी देश र जनताका निम्ति महान् मृत्युवरण गर्ने ती सबै ज्ञातअज्ञात श्रद्धेय सहिदहरूप्रति श्रद्धाञ्जली दिदै र तिनका प्रियजनहरूप्रति संवेदनाहरू व्यक्त गर्दै म यतिखेर ती असंख्य नामहरू मध्ये एएटा चम्किलो नामका बारेमा र त्यो ना धारण गरेको एउटा युवाको वारेमा केही शव्दहरू कोर्न गइरहेछु, जो भौतिकरुपले टाढा र अपरिचिछ रहेर पनि भावनात्मक रुपमा सधैं निकट र आत्मीय रहेको थियो । त्यस युवाको नाम हो अञ्जान विरही । म जहिलेदेखि जनादेश र कलमसंग जोडिन पुगे, त्यसैबेलादेखि नै अञ्जान विरही मेरा निम्ति परिचित नाम बन्न पुग्यो । बेलाबखत गोर्खामा हुने गरेका सांस्कृतिक गतिविधिको चर्चा र प्रायजसो फुटकर कविताहरू पठायरहने त्यस युवाका रचनाहरू संख्याका दृष्टिले अत्यन्तै कम छापिएका भए पनि उसले कहिल्यै आफ्नो कलमलाई भने रोकेन र निरन्तर कविताहरू लेखिरह्यो र प्रकाशनका निम्ति निरन्तर पठाइरह्यो ।

कसरी कसरी एकपटक ऊ भारतको कलकत्तासम्म भौतारिन पुग्दछ र त्यहा आफू र आफूजस्तै असंख्य नेपालीहरूले भोग्नुपरेको विदेशी उत्पीडन, अपमान र पीडाले आहात भएर अब अरुको गुलामी र चाकडी नगरी देश र जनताको मुक्ति अभियानमा समर्पित हुने दृढ अठोट साथ स्वदेश फर्कन्छ । जनादेशमा प्रकाशित आफ्नो एक संस्मरणमा एक पटक अञ्जान विरहीले त्यही कुरालाई उल्लेख गरेको देखिनछ । कलकत्ताबाट स्वदेश फर्केपछि लेखिएका थुप्रै कविता र गीतहरू जनादेश र कलमलाई धमाधम प्राप्त हुन थाल्छन् । त्यसैक्रममा एकजना मित्रबाट प्रकाशनका निम्ति अञ्जान विरहीका कविता र गीतको डायरी तथा उपन्यासको पाण्डुलिपी पढेर सुझाव दिन भनी मलाई प्राप्त हुन्छ । मैले सोही साथीमार्फत ती रचनाहरूस् छपाउन हतार गर्नुभन्दा रचनाहरूलाई परिमार्जन गर्नेतिर ध्यान दिन सके राम्रो होला भनेर सुझाव पठाउछु । निरन्तर प्राप्त भइरहने र सुन्दर तथा सफा अक्षरमा लेखिएका हुनाले अञ्जान विरहीका कविता वा रचनाहरू प्राप्त हुनासाथ अक्षर देखेर मैले चिन्ने गर्दथे । सायद प्रारम्भतिरका अपरिष्कृत रचनाहरूको प्भावले होला अञ्जान विरहीका पछिल्ला रचनाहरूप्रति पनि म त्यति गम्भीर भइन । हरेक रचनामा सुन्दर पंक्तिका बीचमा मरुपंक्तिहरू हुनु अस्वभाविक होइन र जतिसुकै महान् कविका पनि सबै कविताहरू सुन्दर हुदैनन् । सुन्दर भनिएका कविताका पनि सबै पंक्तिहरू सुन्दर हुदैनन् । तै पनि अञ्जान विरहीका कविताबाट म किन प्रभावित हुन सकनि र सधै बढ्ता परिष्कारको अपेक्षा गरिरहे ? एउटा नवोदित कविमाथि साय त्यो अन्याय हुन गएको थियो कि ? मन कटक्क दुःखाउदै अहिले म सोचिरहेछु ।

प्रत्यक्ष भेटघाट र परिचय नभएपनि अञ्जान विरहीका मसंग खण्ड खण्ड सम्झनाहरू छन् । एउटा घटना सम्झन्छु । एकजना अपरिचित मित्रले गतवबर्ष मेरै हातमा कलम र जनादेशमा प्रकाशनार्थ भनेर केही कविताहर दिनुभयो । उनै चिरपरिचित सुन्दर अक्षरमा लेखिएका कविताहरू थिए ती । तर रचनाकारको नामका ठाउका केही कवितामा बुद्धि श्रेष्ठ र केही कवितामा अञ्जान विरही लेखिएको थियो ।

तपाई हो अञ्जान विरही ? मैले अपरिचित मित्रलाई सोधे । होइन जवाफ पाए मैले तपाइलाई दिनु भनेर उहाले पठाउनुभएको हो । त्यस दिन मात्रै मैले अञ्जान विरहीको वास्तविक नाम बुद्धि श्रेष्ठ हो भन्ने थाहा पाए । अनि ती साथीमार्फत बुद्धि श्रेष्ठभन्दा साहित्यिक नाम अञ्जान विरही नै राम्रो छ, त्यही नाममा लेखिरहन र नाम नफेर्न भनिदिनुहोला भन्ने सुझाव पठाए । त्यसपछि दिनहरू वित्दै गए । एकपटक उहाका कविताहरूका साथै एउटा आलोचनात्मकता सुझाव पनि पाए काठमाडौंमा बस्ने र स्थापित भनिनेहरूलाई मात्रै ठाउ दिनु भएन, मोफसलका नया साथीहरूलाई पनि ठाउ दिनुप¥यो । यस्तै यसतै थियो उहाको सुझावहरू अरुबाट पनि प्रशस्तै आइरहन्थे र त्यस सुझावलाई स्वाभाविक ठान्दैठान्दै पनि साथीमार्फत आएको अन्जान विरहीको सुझावलाई ठीकै छ मात्र भनेर मैले टार्न पुगे । अहिले यसो घोरिएर सोच्छु, त्यस सुझावलाई मैले गम्भीरतापूर्वक लिइन कि अञ्जान विरहीसंग जोडिएका अरु केही संझनाहरू छन् कि भनेर विगतलाई जोडिएका अरु केही सम्झनाहरू छन् कि भनेर विगतलाई खोतल्छु । कहिल्यै नदेखेको एउटा भव्य मुहार बारबार अगाडि आइरहन्छ, कहिले अस्पष्ट र कहिले स्पष्ट रुपमा, केरमेरकेरमेर कोरिएको रेखाचित्र जस्तै भएर ।

जेठ महिनाको तेस्रो सातादेखि सुरु भएको किलो शेरा टु अपरेशनका क्रममा एक्कासी गोरखामा जेठ २० गते पन्दु्रक देउराली गाविसको ढोडेनीबाट गिरफ्तार गरेर बेपत्ता पारिएका ५ जना युवाहरूमध्ये एकजनाको नाम बुद्धि श्रेष्ठ भन्ने समाचार पढेपछि भने म आकाशबाट खसेजस्तै हुन पुग्छु । मभित्र थुप्रैथुप्रै प्रसंगहरू ज्वारभाटा बनेर उठिरहे । नरभंक्षी गिरिजा सरकारले देशका असंख्य होनाहार प्रतिभाहरूमध्ये महान् सम्भावना बाकेका अंजान विरहीको पनि शिकार ग¥यो त ? के गोरखामा हत्या गरेर पोखरामा पु¥र्या विनासनाखत कैयौ लासहरू सेतीमा फालियो भनिएका अज्ञात युवामध्ये एउटा अज्ञात युवा अञ्जान विरही पनि थिए त ? विश्वास गर्न गाह्रो परिरहेछ मलाई र म पीडा र आक्रोशको यस घडी अञ्जान विरही हाम्रो एक थोाप रगत भन्ने कविताका यी पंक्तिहरू झल्झल्ती सम्झिरहेछु
हाम्रो एक थोपा रगत कहिल्यै खेर जाने छैन
हामी रक्तदानदेखि
जीवनदान गर्न तयार मान्छे हौ
कि मुक्ति कि मृत्युको कसम खाएर जागेका मान्छे हौ
आलिसान महलमा÷चैनको सास फेरेर
हाम्रो रगतको होली खेलेर
मीठो सपना देख्नेहरू
सुन हाम्रो आशावारीको धुन
सुन काम खोलेर सुन
यो वर्गीय युद्ध हो
युद्धमा रगतको क्षति अवश्यै हुन्छ
हाम्रो कति रगतको खोला बगाउने छौ
बगाउ
तर कसैको रगत खेर गएको छैन र जाने पनि छैन
म गंभीर भएर अञ्जान विरहीका अप्रकाशित कविताका पानाहरू पल्टाउदै जान्छु । मेरो दृष्टि ए हुकाली दाइ भन्ने कविताका अन्तिम पंक्तिहरूमाथि गएर अडिन्छ
ए हुलाकी दाइ
कुम्भकर्णको निन्द्रामा कोही अझै सुतिरहेको छ भने
छिटो उठ्न भन्दिनु
जागा रहन भन्दिनु
औधी डरलाग्दो राक्षस
गाउमा मान्छे खान आउदै छ
गाउलेहरूलाईलाई राक्षसको दाह्रा भाच्न तयार रहन भन्दिनु

मलाई अहिले लागिरहेछ अञ्जान विरहीका कविताहरू अब कवितामात्र नरहेर आगोका झिल्का बनिसकेका छन् । यी झिल्काहरूलाई आगोको ज्वालामा फेर्ने काम अब जनताको हो । ती जनता जसको मुक्तिका निम्ति अञ्जान विरहीजस्ता असंख्य युवाहरूले आफ्नो जीवनको बलिदान दिएका छन्, त्यस ज्वालालाई सधै प्रज्ज्वलित पारिरहने काम पनि तिनै जनताको हो जसको उज्यालो भविष्यको लागि अञ्जान विरहीजस्ता अनगिन्ती युवाहरू अध्यारोका विरुद्ध उज्यालो दियो भएर बलिरहेका छन् । जनता अर्थात् मुक्ति योद्धाहरू, मुक्तियोद्धा अर्थात् वर्गीय मुक्तिको लडाइको कुनै न कुनै मोर्चामा सामेल न्यायप्रेमी जनसमुदायहरू जो नया जीवन र नया भविष्यको निर्माणमा जुटिरहेका छन् । तिनै जनसमुदायलाई सम्वोधन गर्दै एक अर्को अप्रकाशित कवितामा अञ्जान विरही भन्छन्
हात बाधेर
चुप लागेर
श्वेत आतंकले हामीलाई निल्ने खतरा देखिएको छ
हामी मुखमा चुक्कुल ठोेकेर कति बस्ने ?
मिल्दैन आदरणीय मान्छे
डरले चुप रहेर बस्न
त्यसैले हत्याको वदलामा ताता खुनहरू उठ
आक्रोशित मनहरू उठ
गोलीजस्तै हजारौ बोलीहरू चट्याङ बनेर उठ
(जनमानस लौ न आखा खोलेर हेर)

त्यसैले, यो प्रियजनहरूको शोकमा डुबेर बस्ने बेला होइन । यो बेला प्रतिशोधको ज्वालामा बदल्न उठ्ने बेला हो । आज अञ्जान विरहीलगायत मातृभूमिका ती सच्चा सन्ततिहरू जो श्रद्धेय सहिदको पंक्तिमा लामबद्ध भइसकेका छन् ( जो अहिले बेपत्ता पारिएका छन् र निरकुंश सत्ताबाट बेपत्ता पारिनुको अर्थ फेरि कहिल्यै पत्ता नलाग्नु हुन्छ । ) प्रति सच्चा सम्मान र र सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने बेला हो । अञ्जान विरहीका अप्रकाशित रचनाहरू खोज्नु, तिनलाई सम्पादन गर्नु र प्रकाशन गर्नु र सहिदको नासोको रुपमा जनताका हातमा सुम्पिनु नै अञ्जान विरहीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । उनको सच्चा सम्मान हुनेछ र सबै प्रियजनहरूले त्यसप्रति गम्भीरतापूर्वक ध्यान दिनु हुनेछ भन्ने मलाई लाग्छ ।

अन्तमा गोरखाको एउटा गुमनाम युवा जो अन्जान विरही भएर कविताको आकाशमा झुल्कियो, आज नेपाली आकाशमाथि सहिद बनेर चम्किरहेछ, त्यसैको सम्मानमा उसैको कविताका यी पंक्तिहरू पाठकहरू सामु राख्दै विदा हुन्छु
हाम्रो एक थोपा रगत कहिल्यै कहिल्यै खेर जाने छैन
बरु त्यही रगतले लेखिदे जान्छ जीवन्छ इतिहास
र, अन्त्यमा जन्माउनेछ नया शुभ दिन ( हाम्रो एक थोपा रगत ..)

-(कलम साहित्यिक पत्रिका)