जीप दुर्घटना हुँदा चालक सहित चार घाइते

 

 

 

अनिल नेपाली,अर्घाखाँची। जिल्लाको छत्रदेब गाँउपालिकामा आज जीप दुर्घटना भएको छ सन्धिखर्कबाट गुल्मीका लागि छुटेको जीप छत्रदेव ७ देउरालिमा दुर्घटना हुदा जिपका चालक सहित चार जना घाइते भयका छन । आज दिउसो अन्दाजी साढे तिन बजेतिर लु १ ज १७६८ नम्बरको जिप दुर्घटना भयको हो । उक्त जिपमा १० जना यात्रु रहेको टा«फिक प्रहरी जवान भुवन कार्कीले बताउनुभएको छ । दुर्घटनामा परि घाइते हुनेमा जिपका चालक गुल्मी दरबार गाँउपालिका २५ वर्षीय किस्न थापा क्षेत्री अन्दाजी २५ वर्षीय खिम बहादुर कुँबर र खुशिदेवी रम्तेल २९ वर्षीय गुल्मीकी दिपा पाण्डे अन्य एक जनाको नाम खुल्न नसकेको टा«फिक प्रहरी जवान भुवन कार्कीले बताउनुभएको छ घाइतेमध्ये अन्य तीन जनाको अबस्था सामान्य रहेता पनि गाडीका चालक कृष्ण थापा खुशिदेबी रम्तेल गम्भीर घाइते भएका कारण गुल्मी जिल्ला अस्पतालमा उपचार हुन नसकिएपछि पाल्पा रिफर गरिएको अन्य घाइतेको जिल्ला अस्पताल गुल्मी उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडी सहचालक नभएका कारण बेक कन्टोल गर्न नसकी दुर्घटना भएको र गाडी अन्दाजी सडकबाट २० मिटर तल खसेको ट्राफिक प्रहरी जवान भुबन थापाले बताउनुभएको छ ।