जनसञ्चार अभियान सहित क्रान्तिकारी पत्रकारहरु कर्णालीमा

कालिकोट । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय पदाधिकारीको टोली कर्णाली पुगेको छ । ३ महिने जनसञ्चार अभियान लिएर दुर्गम कर्णाली पुगेको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे बताए ।

जनसञ्चार अभियान उदघाटन गर्न संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्ट, कोषाध्यक्ष जानकि चौधरी, भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसि, गण्डकी धौलागिरी क्षेत्रिय समन्वय समिति संयोजक अोम हमाल, केन्द्रीय सदस्य राजकुमार योगी लगाएतको टोली कालिकोटको रास्कोट पुगेको जनाइएको छ ।

‘आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर दुर्गम क्षेत्रमा अभियनमा जुटेको संगठनले जनाएको छ ।

बुधबार देखि शुरु हुने जनपक्षीय पत्रकारिता समन्धी तालिमको उदघाटन कालिकोटको रास्कोटमा अध्यक्ष डुम्रे लगायतको टोलीले गर्ने कार्यक्रम रहेको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रले आयोजना गरेको ३ महिने अभियान अन्तर्गत क्रान्तिकारी पत्रकार संगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको आयोजनामा उद्घाटन हुन लागेको हो ।

३ महिने जनसञ्चार अभियानमा कर्णाली स्तरीय जनपक्षीय पत्रकारिता तालिम हुने अध्यक्ष दुम्रेले बताएका छन् । संगठनले यस अघिपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवाधिकार बिषयक जनजेतना कार्यक्रम देशव्यापी सन्चालन गरेको थियो ।