चौथो अर्घाखाँची आज बाट सन्धिखर्कमा सुरु सरकारको आलोचना गर्ने बेला नभएको मन्त्री खनाल

 

 

 

 

 

 

अनिल नेपाली
कृषि पर्यटन उद्योग र व्यापार समृद्ध र सुखी अर्घाखाँचीको निर्माणको आधार भन्ने नाराका आज देखि सन्धिखर्कमा चौथो अर्घाखाँची महोत्सब सुरु भएको छ महोत्सब नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रमणी खनाल बलदेबले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभएको छ ।

महोत्सबको उद्घाटन गदै कृषि तथा पशुुपन्छी मन्त्री चक्रमणी खनाल बलदेब ले महोत्सब जिल्लाको विकास निर्माण आधार भएको भन्दै महोत्सब सबैको सँस्कृति पहिचान सम्भयता पहिचानमा आधारित भई पृथक रहनुपर्ने बताउदै देशले एउटा युग पार गरि आर्थिक समृद्धि र बिकासको पथमा प्रबेश गरेकोले देशमा विकास गतिशिल रुपमा नभए पनि क्रमिक रुपमा भएको दाबी गदै विकासको पथमा कोही पनि बाधक नहुने सरकारले अहिले नयाँ सरचना नयाँ व्यबस्था अनुसार चलेको बताउदै सरकारको आलोचना गर्ने बेला नआएको बताउनुभएको छ ।

 

निर्वाचनको बेलामा गरेका कुराहरु लाई एकरुपता साथ अगाडि बढाउने को लागि सरकारले समृद्धि र विकासको नारा तय गरेको बताउदै सरकार अहिले नै एउटा मात्र चमत्कारी काम गरेर ९ महिने सरकारले जस्तो नाम लेखाउन नचाहेको बताउदै सरकारले दीर्घकालिन सोच र मास्टर पलान सहित पछि आउने सरकारलाई पनि सहज बनाउनको लागि सरकार लागेको बताउदै सरकारले विदेश पलायन रोक्नको लागि कृषिमा उथलफुथल बनाउने गरी योजना बनाएको गुल्मीमा रहेको कफिजोन लाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफि उत्पादनमा सुधार ल्याउने बताउदै जिल्लामा मासु दुध उत्पादन पर्याप्त मात्रामा भएतापनि बिक्री वितरणमा सहज नभएको दावी गदै सरकारले सबैको पायक पर्ने ठाँउ रुपन्देहीमा बजार व्यबस्थापन योजना बनाएको सरकारले ल्याएका योजना रेलदुर्तमार्ग पानीजहाजको कुरा कतिपयलाई हावादारी भएतापनि छिट्टै नै परिमाण निकाल्ने गरि अगाडि बढेको अबस्थित बसोबास रोकी कृषिमा भुमाफियाकरण अन्त्य गरी बास्तविक किसानको लागि राहत हुने गरी सरकार लागेको बताउदै जिल्लामा भौतिक पूर्वाधारमा अगाडि बढेको भएता पनि कृषिमा त्यसैगरी अगाडि बढी ७७ जिल्लामध्ये नमुना जिल्लाको रुपमा विकास गर्नु लाग्ने बताउदै जिल्लाका कृषकको लागि कागती खेतीको लागि ७० लाख रकम बजेट बिनियोजन गरेको पशु केन्द्रको ७७ बटै जिल्लामा आबाज उठेको भएतापनि ३७ जिल्लामा रहेको अर्घाखाँचीमा छिट्टै नै स्थापना हुने बताउनुभएको छ ।

 

कार्यक्रममा मन्तब्य राख्दै पूर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै जिल्लाको विकासको ३ वटै नगरपालिका आकर्षण दीर्घकालिन योजना ल्याउने बताउदै निर्माणधीन विभानस्थलले १÷२ वर्षमा पूर्णता पाउने बताउदै निर्माणधीन विभानस्थल को बारेमा बाहिर हावादाबी कुरा गरेता पनि आफु लागि परेको बताउदै जिल्लाको विकासको लागि आफुले मेघा पोजेट ल्याउने बताउदै सहमति सहकार्य बाट अघि बढि नमुना जिल्लाको रुपमा चिनाउनुपर्ने बताउनुभएको थियो

कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्जबल प्रदेशसभा सदस्य चेतनारायण आचार्य रामजी घिमिरे निर्मला क्षेत्री , जालपा भुसाल , जिल्ला स्थित राजनितिक दलका प्रमुख सरोकारवाला निकायले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम महोत्सब मूल समितिका संयोजक तथा उद्योग बाािणज्य महासंघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता बरिष्ट उपाध्यक्ष नेत्र प्रसाद भुसालको सञ्चालन उपाध्यक्ष जीबनारायण बन्जाडेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमा स्थानीय तहका जनप्रतिनिधि को सहभागीता रहेको थियो कार्यक्रमा विभिन्न जातजाति ले आफ्नो पहिचान झल्कने गरी नृत्य प्रस्तुत गरेका थिए महोत्सब माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ महोत्सबमा पहिला र उपराष्ट्रपति नन्दकिशोर पुन आउने भनिएतापनि कार्यव्यबस्थाका कारणले नआएको आयोजकले जनाएको छ