गुल्मीको ठूलो लुम्पेकमा भलिबल तथा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

ठूलो लुम्पेक । गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेकमा हिमालय युवा परिवारले भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । पुरुषतर्फको प्रतियोगितामा प्रगतिराम कन्स्ट्रक्सन प्रालीले प्रथम पुरस्कार जितेको छ । उपबिजेताको रुपमा नवप्रतिभा प्रतिष्ठान केन्द्रले प्राप्त गरेको छ । महिला तर्फको प्रतियोगितामा बिजेता थ्रीस्टार फ्रेन्डसीप क्लब र उपबिजेताको रुपमा हिमालयन युवा परिवारले जितेको छ । दुवैतर्फ क्षितिज युवा समूह, हिमालयन युवा परिवार, लिम्घेली युवा क्लब र तुनीपोखरी युवा समूहले सान्त्वना पाएका छन् ।

ब्याटमिन्टनको खुल्ला प्रतियोगितातर्फ हिमालयन परिवारका झमन फौजा र रोहन थापा मगरको टिम प्रथम, बैकुण्ठ श्रेष्ठ र जीवन थापा भार्सेको टिम दोस्रो र राजेश ठकुरी, विनोद पौडेल रुपन्देही तामनगर र अशोक पुन र धनु रहेको बाग्लुङ बरेङको टिमले सान्त्वना पाएका छन् । जुनियर ब्याटमिन्टनतर्फ नवीन थापा र सुजन श्रीस मगरको टिम प्रथम, जुम मिधुन र खेमन श्रीस मगरको टिम दोस्रो र हुऋक रानाको टिम तेस्रो भएका छन् ।

बिजेताहरु पुरुषतर्फ बिजेता प्रगतिराम कन्स्ट्रक्सन प्रालीले ४० हजार, उपबिजेता नवप्रतिभा प्रतिष्ठानले २० हजार, महिलातर्फ बिजेता थ्रीस्टार फ्रेन्डसीप क्लबले ६ हजार, उपबिजेता हिमालयन युवा परिवारले ३ हजार, ब्याटमिन्टनको खुल्लातर्फ बिजेताले ३० हजार, उपबिजेताले १५ हजार, जुनियरतर्फ बिजेताले ५ हजार, उपबिजेताले ३ हजार प्राप्त गरेका छन् ।

पुरुष भलिबलतर्फ अनुशासन नवप्रतिभा प्रतिष्ठान केन्द्रका खेलाडी नारन सिंजाली मगर, उत्कृष्ट खेलाडी प्रगतिराम कन्स्ट्रक्सन प्रालीका दीपेन्द्र श्रेष्ठले प्राप्त गरेका छन् । विजेताले प्रमाणपत्र, ट्रफी प्राप्त गरेका छन् ।

कार्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक ७ गते दसैं पूर्णिमाका दिन सम्पन्न भएको हो । समापन कार्यक्रमको अध्यक्षता हिमालयन युवा परिवारका अध्यक्षता, प्रदेश नं. ५ का माननीय सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरको प्रमुख आतिथ्यता र परिवारका सचिव रोहन थापा मगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सत्यवती गाउँपालिका ३ का अध्यक्ष रुकवहादुर रानाको समेत उपस्थिति रहेको थियो ।

PC Source- facebook