गुरुङ जातिको अध्ययन

– विजय सागर

विषय प्रवेश

परापूर्वकालदेखि नै हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहँदै आएको छ । यस अनुरूप यस देशमा बसोबास गर्ने विभिन्न जातजातिहरू मध्ये गुरुङ पनि एक प्रमुख जात हो । गुरुङ जाति नेपालका आदिवासीहरू मध्ये पनि एक हुन् । अन्नपूर्ण हिमालको श्रृङ्खलाको दक्षिणीक्षेत्र मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा आदि जिल्लाका पहाडी भेकहरूमा यिनीहरूको घना बस्ती रहेको पाइन्छ । यो लेख विभिन्न विद्वान्का पुस्तक एवं विशेष गरी तमु ह्युल छोंज धीका पदाधिकारीहरूद्वारा पत्रपत्रिकाहरूमा प्रकाशित लेखहरूलाई समेत उद्वरण गरी तयार पारिएको छ ।

अघि सृष्टिकालमा आकाशमा पानी, हावा, कुहिरो, आगो र फलाम उत्पन्नभई उक्त पाँच बस्तुहरूको एक अर्काको प्रतिव्रिmयाबाट एउटा सुन्दर माटोको डल्लो उत्पन्न भयो । उक्त माटोको डल्लो ग¥हुँगो भएको हुँदा व्रmोंनासा हुँदै सगोंती कहयाल्साकोप्लींप्लीङ्यो भन्ने जग्गामा खसी फुट्यो । उक्त माटोको डल्लो भित्रबाट मानिसको रूपको ३ वटा जीवित प्राणीहरू उत्पन्न भए । ती ३ प्राणीहरूमध्ये एक करगली क्हयाला, दोस्रो आपाकर्हाबुकल्हे र तेस्रो स्यामा क्होंलु पच्यु थिए । ती महाज्ञानीहरूमध्ये करगली क्हयाला (व्रmोंरो, सिरो, सरो) पृथ्वी, पाताल, आकाश, चन्द्रमा, तारा तथा सूर्यग्रहमा समेत गई बस्न सक्ने क्षमता भएका महापुरुष थिए । यी तीन महापुरुषहरूको उदय भएकै समयमा क्रोंरोक्रोंं – होंगु नायेया, सिरोंसी – होखु नायेमा, लरों ल – होंग्रु नायेमा, सरों स–होग्रु नायेमा, मुरोमु – होंग्रु नायेमा, ङिहरो ङ्हिर – होंग्रु नायेमा तथा सरों स – होंग्रु नायेमा नाम गरेका ७ माहरू (आमाहरू) पनि उत्पन्न भई आकाशमा एक, माटोमा दुई र बाँकी चार क्रोंन, ङ्हि र सर्दो भन्ने ठाउँमा बसे । यिनै तीन महापुरुषहरू र सात आमाहरूको शाखा सन्तानबाट गुरुङ (तमू) हरूको श्रृष्टि भएको कुरा वेद (तमू) मा उल्लेख भएको पाइन्छ (ल्हेँगेँे तमु, २०६४ : २) ।

प्राचीनकालमा गुरुङहरू गण्डकक्षेत्रमा कसरी आइपुगे भन्ने कुरामा बुहुसङ्ख्यक विद्वान्हरू मंगोलियाबाट चीन – तिब्बत हुँदै नेपालको मुस्ताङ, गण्डक क्षेत्रको मनाङ, कास्की लमजुङ, गोरखा, स्याङ्जा र तनहूमा बसोबास गरेको भन्ने विश्वास गर्छन । केही विद्वान् तमू गुरुङहरू गण्डक क्षेत्रमा आउनु भन्दा अघि मंगोलियाबाट चीन – तिब्बत भई पहिले भारतमा बसोबास गरी कालान्तरमा गण्डक क्षेत्रमा प्रवेश गरेको बताउँछन् । यस तर्कमा विश्वास गर्नेहरू त्यसैले पनि गुरुङहरू हिन्दु धर्मावलम्बी भएको तर्क अगाडि सार्छन् । तमू गुरुङहरूको वंशावलीमा भने उनीहरू कन्नौजबाट आएको आर्य हुन भनेका छन् । लेखक जनकलाल शर्माले तमू गुरुङहरू “हूण” जातिका हुन् भन्ने तर्क प्रस्तुत गरेका छन्  (थकाली, २०६७ : १२) ।

तमुका वंशज मंगोलियाबाट चीनको कोकोनार ताल (कोकली म्हस्योँ), सिचुवान, युनान, तिब्बतको छ्याम्डो, ल्होक्याँ हुँदै नेपालको मुस्ताङ, फलिप्रोँ, लिप्रोँ (लुव्रा) मनाङको नार हुँदै क्होला सोंँप्रे ट्होया सन् ५०० तिर स्थाई बसोबास गरेका थिए भन्ने कुरा सन् २००० मा क्याम्ब्रिज विश्वविद्यालय बेलायत र पुरातत्व विभागले गरेको अनुसन्धान प्रतिवेदनमा रहेको छ (तमु (गुरुङ), २०१२ : १३) ।

प्राचीनकालमा तमूका पुर्खाहरू एसिया महादेशका मध्य उत्तरी चीनको क्षेत्र, मंंगोलियामा व्युत्पत्ति हुँदै त्यहाँबाट खानाको खोजीमा बसाइ सराइ गर्दै पश्चिममा किर्किजस्तान, ताजीकीस्तान हुँदै पुनः दक्षिण पश्चिम मोडिएर तिब्बतका पश्चिम पहाडी क्षेत्र एवं वन, जंगल पार गर्दै चीनको कोकोनर ताल सिच्युयन प्रान्तबाट दक्षिणतिर उँईचु चुँरु हुँदै तिब्बत क्षेत्रमा प्रवेश भएको पाइन्छ । तिब्बतबाट हिमालपार गर्दै मनाङ, मुस्ताङ, जोमसोम, लब्रु, तिलिचो तालको आसपासबाट मुँइच ह्युलामा ठूलै समूह आएको देखिन्छ । त्यहाँ निकै धेरै वर्ष बसे पश्चात तोरीबारीमा बच्चाहरूको ढुङ्गाको गोटि खेल्ने क्रममा “मुँईचु प्लाँप्ली कु प्लाँप्ली, मुँईचु प्लाँप्ली स्यो प्लाँप्ली” अर्थात त मुँईचु ह्युलामा ठूलो पैरो जाने संकेत बच्चाहरूले दिए पछि त्यहाँबाट पुनः सबै समूह माथि मनाङमा पर्ने “सब्जे ब्राम्ह ऊ” मा सरे । त्यहाँ खेती नहुने भएपछि सबै शिकार गर्ने पेशामा लागे । शिकार गर्ने क्रममा शिखर सहित आपूmहरू त्यहाँको ठूला शिखर (येक्रे) पार गरेर क्होला आइपुग्छन् । त्यहाँको समथर उब्जाउ भूमि पाहारिला पाखा, दक्षिण ढलपरेर रहेका भू–भाग, शिकारका लागि उपयुक्त बन जंगल, मह काट्न सकिने महभीरहरू, प्रशस्त जलस्रोत लगायत आवश्यक सामग्रीहरूले युक्त ठाउँमा सर्न माथि सब्जे ब्राम्ह ऊमा गए पछि राजालाई जानकारी गराए । उनीहरूले आपूmसँग झोलामा भएका उवा, जौका गेडाहरू निकालेर समथर जग्गाको एउटा कुनामा छरेर छाडे र भने, यदि यो ठाउँमा मानिस बस्न योग्य भूमि हो भने यहाँ छरेको जौ, उवाका विउहरू छ महिनामा हात भएको बोट र वित्ता भएका बाला भै राख, यदि बस्न नहुने भए त्यही हराई रहोस् । छ महिना पछि फर्केर हेर्न आउँदा भने जस्तै हात भरिको बोट र बित्तारको बाला निस्केको देखियो । त्यहाँबाट माथि सब्जे ब्राम्ह ऊमा गएर राजालाई भने पछि राजा सहित सबै क्होलामा आएर त्यहाँ मानव बस्ती बसाले भन्ने धार्मिक गुरुहरूको प्येमा उल्लेख भएको पाइन्छ । क्होला मानव बस्तीका लागि अति उपयोगी भएको थाहा भए पछि सव्जे ब्राम्ह ऊ छाडेर समूह – समूहमा राजा क्हयाल्वु रुजु क्ल्हेसँगै ठूलै झुप्पा तल्लो क्होलामा आएको देखिन्छ (क्रोम्छें तमू, २०७२ : ४९ – ५०) ।

हूणहरूको खास निवासस्थान वर्तमान मंगोलिया, मन्चुरिया र यसको उत्तरमा पर्ने साइबेरियाको भू–भागमा पनि थियो । पहिले हूणहरू यायावर भए पनि पछि चीनको छेउदेखि मध्य एसियासम्म अर्थात् सिरदरिया हुँदै अराल सागरसम्म साम्राज्य खडा गरेर राज्य गर्न थाले । चीनले महान पर्खाल लगाएर आफ्नो सीमा कायम गरेको भए पनि हूणहरूलाई त्यसको परवाह थिएन र सदा चीन र हूणहरूको युद्ध भइ नै रहन्थ्यो । पछिल्लो कालमा हूणहरूको आपसमा गृहकलह सुरु भयो । त्यस समय गृहकलहको भूमि मन्चुरियादेखि हास्सिकुलसम्म रह्यो । यस भूमिका अनेक हूण सामन्त चीनसित मिलेर आपूm सुरक्षित हुन चाहन्थे भने केही आफ्नै अलग सार्वभौमसत्ता कायम गर्न चाहन्थे । हूणहरूको आपसी सङ्घर्षले गर्दा चीन बलियो भएर आयो । ईसाको प्रथम शताब्दीको अन्त्यसम्ममा हूणहरूको आपसी सङ्घर्ष अत्यन्त उग्र भएर आयो र हूणहरू आफ्नो भूमि छोडेर अन्यत्र भाग्न बाध्य भए । यस प्रकार भएको संघर्षमा तुर्कवंशले लाभ उठायो र यस वंशले ३५४ ईसवीको आसपास साम्राज्य त्यानशानदेखि कोरियासम्म पु¥यायो । भूमिबाट यसरी धपाइएका हूणहरू हिमाल पार गरेर क्रमशः दक्षिणतिर लागे । यसरी भाग्ने हूणहरूको सङ्ख्या निकै थियो । यिनीहरू दक्षिणको मैदानी भागमा खास गरेर हाम्रो प्रायद्वीपको पश्चिमी भागमा पैmलिए भने केही मेष पालक भएर पहाडी भागमा पनि बसे । हूणहरू मूलतः आयुघजीवी जाति भएको हुँदा यस भू–भागमा अनेकबार आक्रमण गरे । यिनै हूणका सन्तति आजका गुरुङहरू हुन । जुन हूणहरू उत्तरबाट झरेर दक्षिणको मैदानमा बसोबासका साथै धर्म परिवर्तन गरेर पुनः उत्तरी पहाडमा आए ती हिन्दुहरूको संस्कार लिएर आए । तर हिमालयपारबाट दक्षिणको मैदानमा नगई सोभैm हिमाली भागमा जुन हूणहरू आए तिनमा हिन्दु धर्मको प्रभाव परेका छैन र बौद्ध धर्ममा विश्वास राख्दछन् (शर्मा, २०५८ : २३१ – २३२) ।

वर्तमान नेपालको मुस्ताङ जिल्लामा पहिलो शताब्दीमा बसोबास गरेको भनिएको तमू गुरुङहरू, प्राचीन नेपालको खाल्डोमा किराँतीहरू राज्य गर्ने समयताका क्होल भनिने (हाल भग्नावशेषको रूपमा रहेको) स्थानमा इ.सं. ५०० मा बसोबास गर्न थालेका थिए । तमूहरू करिब १००० वर्ष समय सो स्थानमा बसोबास गरेका अनुसन्धानबाट पुष्टि भइसकेको छ । तमूहरूको छिमेकी राज्यको रूपमा रहेको कर्णाली प्रदेशमा नागराजवंशीय खस मल्ल राजाहरूको राज्य स्थापनापूर्व पनि कर्णाली प्रदेशका शैवमार्गी, बोनमार्गी तथा बौद्धमार्गीहरू लगायतका धर्मावलम्बीहरू बस्दथे । कर्णाली प्रदेशमा तीन शताब्दीसम्म साम्राज्य जमाएको खस राज्य पन्ध्रौ शताब्दीको मध्यतिर छिन्नभिन्न हुन थालेका थिए । वरिपरिका बाईसी – चौबिसी राज्यहरू मध्येका तमू गुरुङहरूको शैवमार्गी जुम्ली राजाहरूसँग राम्रो सम्बन्ध थियो (थकाली, २०६७ : ८९) ।

तमू तथा गुरुङ शब्दको व्युत्पत्ति

कुनै पनि शब्दको अर्थ हुन्छ । यसरी अर्थ दिने शब्दको व्युत्पत्ति कसरी भयो होला भनी विद्वान्हरूले अनुसन्धान गरेका हुन्छन् । विशेष गरी जातजाती, देश सम्बन्धी शब्दका व्युत्पत्ति बारे विद्वान्हरू झनै गहनतापूर्वक अनुसन्धान कार्यमा लागेका हुन्छन् । त्यस्ता विशिष्ट विद्वान्हरूको खोजीनीति अनुसार तमू तथा गुरुङ शब्दको व्युत्पत्ति निम्न बमोजिम भएको देखिन्छ ।

“तमू तथा गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन् । तमू शब्द दुई अक्षरले बनेको छ । यस शब्दमा प्रयोग भएको ‘तमू’ अक्षरमा ‘त’ को अर्थ वज्र, माथि, घोडा र वन्चरो जनाउँछ । ‘मू’ को आकाश हो । त्यसैले तमूको अर्थ आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन् । त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइ पनि छ । जसको अर्थ खेतला वा कृषक हुन्छ । तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको हो भन्ने भनाइ पनि छ । घोरङको अर्थ ‘पाल’ हो भन्ने अर्को भनाइ छ । गुरुअङ्गबाट गुरुङ भएको हो भन्ने पनि कथन छ भने चीनको स्वशासित क्षेत्र तिब्बतको ज्यारोङबाट आएका हुनाले गुरुङ भएको तर्क पनि कतिपय विद्वान्हरूले अगाडि सारेका छन् । डा. हर्क गुरुङको भनाइ अनुसार गुरुङ शब्दको उत्पत्ति तमू शब्दको ‘कुक्रोहा’ कु (नौ) क्रोहों (मुखिया) अर्थात् नौ मुखियाको अपभ्रंश भएर गुरुङ भएको हो (थकाली, २०६७ : १३) ।

गुरुङ समुदायको एक मात्र भरपर्दो जीवित इतिहास प्ये ताँ ल्हु ताँ अनुसार कु खे वा नौ पितृ वा नौ कुल घराना वा नौ वंशज नै “कुरोङ” हुन सक्छ । यसैे कुरोङ शब्दबाट गुरुङ भएको मान्न सकिन्छ । गुरुङ समुदायको प्ये ताँ ल्हु ताँ वा शास्त्र वा इतिहास अनुसार गुरुङहरू उत्तरी भागबाट दक्षिणी भागतिर वा माथिल्लोे भूगोलबाट तल्लो भूगोलतिर बसाँई सराइ वा राज्य बसाल्दै आएको हुनाले माथिल्लो भू–गोललाई तु र तल्लोे भूगोललाई मू भनी बुझियोे । यसै भौगोलिक बनावट वा यहाँको प्राकृतिक भू–नौटबाट नै तुमु÷तमु भनी सम्बोधन हुन गएको आधार वैज्ञानिक, वस्तुपरक, ऐतिहासिक र भाषिक आधार मान्न सकिन्छ (गुरुङ, २०७२ ः १७) ।

तमू गुरुङ राज्य

गुरुङ वंशावलीमा रागस्य राजा र भागस्य राजाको उल्लेख छ । यी रागस्य र भागस्य व्यक्तिको नाम नभएर घले राजा र शाही राजा भने जस्तै जातिगत नाम हुन् । यी रागस्य र भागस्यहरू नै यहाँका भूमिपुत्रहरू हुन् । अघि कास्कीका राजा राकसे गुरुङले आक्रमण गर्दा पर्वत, मल्लाज, माझफाँटका घर्तीहरूले पुराना गाउँको पोखरीमा भाँडाकुँडाहरू लुकाएको वर्णन पाइन्छ । मुस्ताङको ठिनी           (क्हयाल्सोम्पो) सँग गुरुङहरूको ऐतिहासिक सम्बन्ध गाँसिएको छ । ठि (राजगद्दी) भएको ने (स्थान) भएको हुँदा क्हयाल्सोम्पोलाई ठिने भनेको र कालान्तरमा ठिनेबाट ठिनी भएको हो । ठिनी (क्हयाल्सोपो) लाई गुरुङहरू ठिनीकहयाल्स भन्दछन् । गुरुङको वंशावलीमा सबुतोँक्हयाल्स (जुम्ला, सिंजा) मा आई रजाइँ गरेको उल्लेख छ । ठिनिकहयाल्ससँग नोचन खोर्लो ह्रिमरछेको पनि सम्बन्ध रहेको छ । ठिनिक्हयाल्समा अजिमोप्हजिमो नामक भूत उत्पन्न भएर उपद्रो मच्चाउँदा नोचन खार्लो ह्रिमरछेले उक्त अजिमो–प्हजिमोलाई मारी ठिनिक्हयाल्समा शान्ति र सुव्यवस्था कायम गरेर उनी त्यहाँको राजा भएको उल्लेख नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा पाइन्छ (गुरुङ, २०७३ : ६८ – ६९) ।

सगोंती क्हयाल्सामा पोंजो करू क्ल्हे (कर्जें क्हयाला) राजा भए । उनको मृत्युपछि योमै–हें भन्ने राजा भए । योमै–हें राजा त्यहाँबाट आफ्नो प्रजा र गुरुहरू (पच्यू, ध्यावृ) सबै साथमा लिएर चोंम्रु (मुक्तिनाथ) भन्ने जग्गामा बसाइँ सरे । चोंम्रु भन्ने जग्गामा योमै–हें भन्ने राजाको मृत्यु भएपछि पालमा–हें भन्ने राजा भए । चोम्रु भन्ने जग्गामा ज्यादै ठण्डा र हिमपातको कारणले बस्न नसकी पुनः बसाइँ सर्ने काम भयो । बसाइँ सर्ने क्रममा पालमा न्हें राजाको पनि मृत्यु भयो । र त्यसपछि क्हयाल्बो खम्पा राजा भए । चोंम्रुबाट मैजु भन्ने ठाउँमा (मैजु हयुला) बस्यो । खेतीपाती राम्रो भएतापनि बाढीपहिरोको कारणले मैजु भन्ने जग्गालाई छाडी सब्जें प्ह्रेंकुरा भन्ने ठाउँमा बसाइँ स¥यो । खेतीपाती राम्रो नभएको कारणले अनिकाल परी ठूलो समस्या भएको हुँदा जनताहरू शिकार खेल्न लेकलेक भ्रमण गर्न थाले । त्यसरी भ्रमण गरी हिंड्ने क्रममा एउटा राम्रो तथा सम्म परेको दक्षिण पूर्वको भू–भाग देखे । उक्त ठाउँलाई क्होला चिकु भन्दथे । शिकार खेल्न आएका मानिसहरू (कुग्री – नौथरे) ले उक्त ठाउँमा गई ३ गेडा करु परीक्षणको लागि रोपे । पछि आएर हेर्दा ठूलोठूलो गाँज भएर सप्रेको साथै लामो लामो बाला समेत भएको पाइएकोले उक्त जमिनको उर्वरा शक्ति राम्रो र उत्पादन राम्रो हुन सक्ने अनुमान गरी सोको विवरण राजा र प्रजाहरू सबै आ–आफ्नो श्री सम्पत्ति साथमा लिएर तीन लेक (कहो सों) तीन डाँडा काटेर सगोंती क्हयाल्सालाई पछाडि छाडेर क्होला चिकु भन्ने ठाउँमा आएर बसोबास गरे । तिनीहरू सबै तीनगाउँ, तीन थलो, तीन भाग (क्होला सोंप्रे हयुला) गरी बसोबास गरेकाले यस गाउँलाई तीनगाउँ     (कहोल सोंप्रे हयुला) भनियो । पछि तिनीहरू तीन थर भएर बसेका हुनाले क्होला सोंथरे भनेर नामकरण गरियो (ल्हेगेँ तमु, २०६४ : ९ – १०) ।

क्होला क्षेत्र भन्दा बाहिर तत्कालमा माथि उत्तरबाट बसाइँ सराइका क्रममा कहोलामा नआई सोझै क्होलाका पूर्वमा पर्ने नौंँदी, हिन्कु, क्वाँर, तप्रां, चिक्रेसमा मानिसहरू बसोबास गरेकाले पुराना घरका भग्नावशेषहरू पाइन्छ । धेरै क्षेत्र ओगटेका “क्होला सोंथर” राज्यमा “रुजुक्ल्हे” भन्ने राजाले आफ्नो अधिकार जमाएको पाइन्छ । राज्य सञ्चालन राम्रैसँग व्यवस्थित गरेर चलाएको देखिन्छ । राज्यका मन्त्रीहरू, करिन्दा, खेगी, म्हिग्रेचोगी लगायत जनताहरू मिलेर व्यवस्थित प्रकारले राज्य सञ्चालन भएको पाइन्छ (क्रोम्छें तमू, २०७२ : ५१) ।

तिब्बतका हिमाली घाँच र घाँटी काटेर मनाङको बाटो हुँदै लमजुङको घनपोखरा, घेर्मु र कास्कीको सिक्लेसमा बसोेबास गर्न आइपुगेका गुरुङ घलेहरूले यशोब्रहम शाह पूर्व लमजुङमा राज गरेका थिए । घले राज्य (घले गाउँ) राज्य व्यवस्था सञ्चालन गर्न नालसभार (सांसद) समेतको व्यवस्था भएको बुझिन्छ । तत्कालीन राज्य व्यवस्था जनसमर्थन र विश्वासको आधारमा चलेको देखिन्छ । गोरखा राजवंशको उदयपूर्व गुरुङ पश्चिमी नेपालको केही भागमा स–साना ठकुराइमा विभक्त थिए (शर्मा, २०७१ : ७५) ।

अशोकचल्लको शक्तिशाली सेना, राज्य विस्तार स्वरूप र उनको लामो शासनकाललाई दृष्टिगत गर्दा गण्डकी प्रदेशका गुरुङ – मगर मुखियाहरूले अधीनता स्वीकार गरी उनको साथ दिएकोमा शङ्का छैन (अधिकारी, २०६१ : ५०) ।

इतिहासको मध्यकालमा आएर स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा १२ मगराँत मध्येका केही भुरे राज्यहरू थिए भने जिल्लाको पूर्व भागमा टाकुरे राज्य मध्येका राज्यहरू थिए । जसमा मगरात (भुरे) राज्य मगरहरूका राज्य थिए भने टाकुरे राज्यहरू गुरुङ राज्य थियो (खाण, २०६३ : ७४) ।

गोरखा राज्यका संस्थापक द्रब्य शाह गोरखामा प्रवेश गर्नु भन्दा पहिले यो जिल्लाको लिगलिग कोटमा घले राजाहरू थिए भन्ने कुरा इतिहासकारहरूले प्रमाणित गरेका छन् । यसबाट के प्रष्ट भएको छ भने चार – पाँच सय वर्ष पहिलेदेखिनै गुरुङहरूले गोरखामा महत्वपूर्ण स्थान ओगटेका छन् (सूचना विभाग, २०३१ : ८१) ।

गोरखाको वारपाकमा रहेको वारपाककोटलाई पनि महत्वपूर्ण केन्द्रकै रूपमा मानिएको थियो । वारपाकमा घले राजाहरूको शासन कायम थियो । घलेहरूलाई पूर्ण शाहले जिती गोरखामा सम्मिलित गरेका थिए । तर केही समय पछि वारपाक फेरि स्वतन्त्र भयो र राम शाहले यसलाई अधीनस्त पारेका थिए । वारपाकमा तल्लो र माथिल्लो गरी दुई कोट रहेका छन् । गोरखाका ३२ कोटहरू मध्ये लिगलिगकोट पनि त्यतिकै महत्वपूर्ण रहेको छ । द्रब्य शाहले लिगलिगकोट विजय गरिसकेपछि गोरखा राज्यलाई हातपार्न सफल भएका थिए । त्यसबेला लिगलिगकोटमा घले राजाहरू थिए । उनीहरूले राजा छान्ने काममा लागेको बेलामा द्रब्य शाहले हमला गरी लिगलिग हात पार्न सफल भए । लिगलिग राज्य पछि फेरि स्वतन्त्र राज्यको रूपमा रहन गयो । यसलाई पुनः विजय गर्ने काम पूर्ण शाहले गरेका थिए (शर्मा, २०५५ : ७४) ।

लमुजङमा शाहवंशको उदय भएपछि राज्य बढाएर हालको मनाङ जिल्लासम्म पुगेका थिए । त्यहाँका घले राजाहरूलाई हराई मनाङ क्षेत्र पनि लमजुङ राज्य अन्तर्गत गाभियो । यसरी मनाङ सहितको लमजुङ राज्यमा शाहवंशको राज्यपरम्परा कायम गर्न यशोब्रहम शाह हुन् भन्ने कुरामा कुनै मतभेद छैन (सूचना विभाग, २०३१ : १२८) ।

तमू गुरुङका वंशावली

विभिन्न जातजातिमा ठूलो जात र सानो जातको भेद भए जस्तै धेरै पहिले गुरुङहरूमा पनि चारजाते ठूलो र सोह्र जाते सानो भन्ने प्रचलन रहेको थियो । तर कर्णेल लछमन गुरुङको उजुरीले श्री ३ जङ्ग बहादुर बाट वि.सं. १९२४ मा गुरुङहरूमा चार जात र सोह्र जातमा ठूलो सानो भन्ने नभएको पैmसला भएको थियो । जसले गुरुङ समाजमा ठूलो जात र सानो जात भन्ने भावना मेट्न अहं भूमिका खेलेको थियो ।

तमू गुरुङहरूको वंशावलीहरू थुप्रै किसिमका भेटिन्छन् । क्ले कुगी, तथा सोगीहरूका छुट्टाछुट्टै वंशावलीहरू पाइन्छ । जस अनुसार कुगीलाई कश्यप गोत्र भनिएको छ, सोगीहरूलाई कन्नौज बुन्देलखण्डका भारद्वाज गोत्र भनिएको छ । तर यहाँ राजा यशोब्रहम शाहका पण्डित भोजराजले तयार गरी पण्डित शिखरनाथ सुवेदीले प्रकाशित गरेको थर – गोत्र प्रश्नावली नामक पुस्तकमा प्रकाशित भएको वंशावली प्रस्तुत गरिएको छ । कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामका भारद्वाज गोत्र सूर्यवंशी राजा थिए । राजा गोचनका लोचन र रोचन नामका दुई राजकुमार थिए । राजारानीका लागि कान्छा छोरा प्यारा थिए, त्यसैले गर्दा पिउठानाको राज्यभार राजा गोचनले जेठो छोरा लोचनलाई नदिई कान्छा छोरा रोचनलाई दिए । दाजु हुँदाहुँदै भाइले राज्य पाएपछि जेठो राजकुमार दिक्क हुनु स्वभाविकै थियो । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले देश छाडेर बाहिर जाने निधो गरे । लोचनले देश छाडेर बाहिर जानलाग्दा काली नामकी उनकी पत्नी पनि पछि लागिन् । राजकुमारका साथमा पत्नी मात्र नभई उनका पुरोहित मुकुन्द लामिछानेका छोरा बलि लामिछाने र उनकी पत्नी काशी समेत पछि लागे । उनको आठपहरिया (अङ्गरक्षक), केहरसिंह खवास (दास वा कमारो) तथा उनकी पत्नी पनि पछि लागे । राजकुमारले पिउठाना दरबार छोड्दा राजकुमारका साथमा उनी बाहेक पाँचजना साथी भए । यसरी देश छोडेर हिँडने राजकुमारले कुनै नयाँ राज्य खडा गर्ने विचार नगरेर हिमालयको काखमा गएर तपस्या गर्ने विचार गरे । उनीहरू यस प्रकार प्रस्थान गरेको केही दिन पछि बाटामा अत्यन्त सुन्दरी तरुनीहरूको जमातसित भेट भयो । तरुनीहरू सोह्रदेखि बीस बर्षका भित्रका थिए । यिनीहरूबाट राजकुमार अत्यन्त मोहित भएर केही समय उनीहरूसित विताउने विचार गरे । दुईरात उनीहरू सितै हाँसखेलमा वित्यो । तेस्रो रात पनि विताउने विचार भयो । तेस्रो रात विताएर ब्युँझँदा त्यहाँ कुनै युवती थिएनन् र आपूmसित भएको धनदौलत पनि थिएन । यति मात्र होइन, राजकुमार र गुरूपुत्रको आङमा जनै पनि थिएन । जनै चोरिनुको अर्थ थियो – जात चोरिनु । सम्पत्तिका साथै जात पनि चोरी भएको हुँदा उनीहरू सा¥है खिन्न भए । त्यस पछि उनीहरू हिमालयको काखमा रहेको एउटा नदीको किनारमा पुगेर त्यहीँको एउटा गुफामा बसे । राजकुमारकी पत्नीसित बाँकी भएका गहना बिक्री गरेर उनीहरू जीवन यापन गर्न थाले । यस्तो आपत्ति पर्दा पनि केहरसिंह खवासले आफ्नो कर्तव्य नछोडी सेवा गरेको हुँदा राजकुमार र बलि लामिछाने अत्यन्त प्रसन्न भए । यी दुवैजना मिलेर केहरसिंहलाई भने, “तैंले हाम्रो यस्तो अवस्थामा पनि आफ्नो कर्तव्य नछोडी सेवा गरिस् । तँदेखि हामी अत्यन्त प्रसन्न छौँ । हाम्रो जात गएको कुरा तँलाई सबै थाहा छ, त्यसकारण अबदेखि तँलाई खवास अर्थात कमारो भन्दैनौं । सबै कुरा थाहा पाएको हुँदा थापा भन्छौँ । अबदेखि तँ थापा भइस् । हाम्रो पनि जात गइसकेको हुँदा तँ जस्तै भयौँ । युवतीहरूले हाम्रो जात चोरेर लगेको हुँदा हामीसित जात छैन । हामी सबै उस्तै भएपछि तैंले पकाएको भात खान अब हामीलाई कुनै आपत्ति छैन । त्यसकारण अब उप्रान्त तैंले पकाएको भात खान्छौँ, तैंले पकाएर खुवाउनू ।” राजकुमार र गुरूपुत्रको यस्तो प्रस्तावबाट केहरसिंह खवास बडो अचम्ममा प¥यो र स्वीकार गर्न मानेन । तर उनीहरूले धेरै सम्झाए पछि प्रस्ताव स्वीकार गरेर भात पकाएर खुवाउन थाल्यो । त्यस दिनदेखि यी सबै बराबर भए । सबै कुरा थाहा पाएको हुँदा केहरसिंह खवास (कमारो) बाट त्यसै दिनदेखि थापा भयो (थकाली, २०६७ : २७ – २८) ।

यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइ रहेका समय पिउठानाका राजकुमार लोचनका तीन छोरा र दुई छोरी जन्मे । राजकुमारका छोराको नाम क्रमशः यस प्रकार रह्यो – घले, घोताने र लामा । यसै प्रकार छोरीको नाम थियो – लक्ष्मी र गौरी । यसै समय गुरूपुत्र बलि लामिछाने वा बलि आचार्यका पनि दुई छोरा र तीन छोरी जन्मे । पछि गएर यी बलिका छोराहरू क्रमशः आचार्य लामिछाने र प्लोने लामिछानेका नामले विख्यात भए । बलिका छोरीको नाम क्रमशः यस प्रकार थियो – कुमारी, नारी र मली । यी दुवै थरीका छोराछोरी ठूला भए पछि लोचन र बलिका छोराछोरीको आपसमा विवाह गरेर कुटुम्ब हुन पुगे । त्यसै समयदेखि यिनीहरूमा राजकुमारका पुत्र घले, घोताने र लामाका सन्तान त्यसै नामले प्रसिद्ध भएका हुँदा त्यही नामको थर पनि हुन गयो । गुरूपुत्रका सन्तान भने लामिछाने नामले वा थरले प्रसिद्ध भए । यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तती पछि गएर चार जात कहलाए । तपस्या गरेका समयमा जन्मेका हुँदा यिनीहरूलाई लोकले महागुरु भन्ने पदवी दियो र त्यसैको अपभ्रंश रूपमा महागुरुङ भयो । हुँदाहुँदै महा पनि भन्न छोडियो र गुरुङ मात्र बाँकी रहन गयो, जो आज पनि त्यही नामले प्रसिद्ध छ । उनीहरूको खवास केहरसिंह थापाले त्यहाँ गए पछि एउटी अर्की श्रीमती पनि थपेको थियो । भनाईको तात्पर्य हो उसका दुई स्त्री थिए । दुवै स्वास्नीका तर्पmबाट जम्मा सोह्र भाइ छोरा र दस बहिनी छोरी भए । छोरीका नामको कतै उल्लेख छैन । केहरसिंह थापाका छोराहरूको नाम व्रmमशः यस प्रकार थियो – पग्यु, डोर, केप्चै, कोचै, ध्यावृङ्ग, दोचै, प्रचै, थिचै, योचै, खलाल, भयचै, कोके, कुपचै, नानन्चौ, लेगै र रूपचै । राजकुमारको खवास केहरसिंह खवासबाट थापा भए पछि यी छोरा जन्मेका हुँदा सबैका नामका पछाडि थापा पदवी पनि लाग्यो । यी थापाका सन्तति विभिन्न ठाउँमा गएर बसे र त्यस पछि तिनै नामले एक एक वंश त्यही नामधारी गुरुङमा परिणत भएको हुँदा सोह्र जातका गुरुङ कहलाए । रहँदाबस्ता यिनीहरूको आपसमा विहेवारी चल्यो र जताततै पैmलिन पुगे । जुन समय यिनीहरू हिमालयको काखमा थिए, त्यसै समय सोह्र भाइ मध्येको नानचै थापाले चार भाइ मध्येको घोताने महागुरुङकी मर्फी नाम गरेकी छोरीसित अनुचित सम्बन्ध स्थापित ग¥यो । खवासको सन्तान नानचै थापाले मालिककी नातिनीसित अनुचित यौन सम्बन्ध राखेको हुँदा त्यहाँका चार जातका गुरुङहरू मिलेर नानचै थापालाई तरबारले काट्ने विचार गरे । यसै समय सोह्र जातका गुरुङ जम्मा भएर चार जातका गुरुङहरूसित माफि माग्दै भने – “यसले चार जातकी छोरी अर्थात् मालिककी चेलीमा हात नहाल्नु पर्ने हो हाल्यो, त्यो यसको भूल हो, हामी पनि मान्छौं । तर जो नहुनु थियो त्यो भइ सक्यो । त्यसकारण यसलाई माफी हुनु पर्दछ । उसका तर्पmबाट हामी माफी माग्दछौं र ऊ पनि माफी माग्दछ । यसलाई जीवन दान दिनुहोस ।” यसमा उनीहरूले अभैm विनयसाथ भने – “हामी खवासका सन्तान हौं, हामी सोह्र भाइका सन्तान दरसन्तानले चारभाइका सन्तान दरसन्तानका सामने शिर झारौँला । त्यति मात्र होइन चारभाइका सन्तानको जाबी वोकेर पछि लागौँला र जो परेको सेवा टहल गरौँला । चार भाइका सन्तानले अर्थात् चार जातका सन्तानले विवाह गर्दा जो परेको काम गरौँला र नेक, दैदस्तुर खाउँला । हाम्रो भैयादलाई नमार्नु होस् ।” चार जातले नानचै थापालाई राजकुमार लोचन र बलि आचार्य वा लामिछानेका समिप पु¥याए । यो कुरा केहरसिंह थापालाई पनि सुनाए र सबैको संयुक्त सभा बस्यो । नानचै थापाले ज्यान माफी पायो । यस्तो घटना बराबर घट्न सक्ने हुँदा उनीहरूले एउटा नियम बनाए । चारभाइमा राजपुत्र र गुरुपुत्र भएका हुँदा यी मालिक हुन् । सोह्र भाइ भनेका खवासका सन्तान हुन् । त्यसकारण अहिले जे भयो – भयो, अब उपरान्त चार जात र सोह्र जातको विवाह नगर्नू । चार जातका सन्तानले सोह्र जातका सन्तानकी छोरी – चेली ल्यायो भने बात पनि लाग्दैन । यदि सोह्र भाइका सन्तानले चार भाइका सन्तानकी छोरी चेली ल्यायो भने त्यसको सन्तान खवास हुने हुँदा बात लाग्दछ । यसरी लागेको बातलाई १६ रुपियाँ तिरेर फुकाउनू भन्ने अर्को नियम पनि बनाए । त्यसै नियमका कारणले गर्दा गुरुङहरूमा सोह्र जातका गुरुङले चार जातकी गुरुङकी छोरी विवाह गर्दा सोह्र रुपियाँ दस्तुर बुझाउनु पर्ने नियम चलेको हो (शर्मा, २०५८ : २३८ – २३९) ।

पण्डित शिखरनाथ सुवेदीले नेपालका अन्य जातिको वंशावलीसँगै पण्डित भोजराजले तयार पारेको गुरुङहरूको वंशावलीमा थप टिप्पणी सहित तमू गुरुङहरूको वंशावली थर – गोत्र प्रश्नावली नामक पुस्तक प्रकाशित गरेका थिए । करिब ३०० वर्ष अघि तयार गरेको भए पनि पण्डित शिखरनाथ सुवेदीको प्रकाशनपछि मात्र जनस्तरका गुरुङ समुदायमा गुरुङ वंशावली बारे जानकारी भयो । लेफ्टिनेन्ट कर्णेल लक्षिमान गुरुङले गुरुङ समुदायमा ठूलो – सानो जाति भन्ने प्रचलन नभएको ४ जात ठूलो, १६ जात सानो भन्ने नभएको भन्दै तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा समक्ष सनदपत्र पेश गरेका थिए । पैmसलामा लेफ्टिनेन्ट कर्णेल लक्षिमान गुरुङले भनेको तथ्य सही भएको ठहर गरी प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा आज भन्दा करिब १४० वर्ष अघि अर्थात् वि.सं. १९२४ (पौष वदी) १३ रोज ३ मा चार र सोह्रको झगडा छिनी सनदपत्र जारी गरिएको थियो । सो सनदपत्रमा गुरुङहरूमा ठूलो – सानो जाति भन्ने प्रचलन नभएको हुनाले प्रकाशित पुस्तक जफत गर्नुका साथै लेखकलाई रु. २०।– जरिवाना गर्ने पैmसला गरिएको थियो (थकाली, २०६७ : ३० – ३१) ।

तमू गुरुङ भाषा र लिपि

नेपालका आदिवासी जनजातिहरूको आ–आफ्नै भाषा, धर्म र संस्कृतिहरू छन् । विविध कारणले यी जातिहरूमध्ये धेरै जस्तोको भाषा, धर्म र संस्कृतिहरू लोपोन्मुख अवस्थामा रहेका छन् । गुरुङ भाषाको सन्दर्भमा वि.सं. २०६८ को जनगणना अनुसार यिनीहरूको जनसंख्या महिला २,८३,७८० र पुरूष २,३८,८६१ गरी ५,२२,६४१ (१.९७ प्रतिशत) रहेको छ । यी मध्ये ३,२५,६२२ मात्र गुरुङ भाषा बोल्दछन् ।

गुरुङहरूको आफ्नै बोलीको भाषा छ । गुरुङ भाषालाई तमुक्वी भन्दछन् । गुरुङ भाषालाई भोट बर्मेली र खमेर परिवारको भाषा भन्ने गरिन्छ । गुरुङहरूको खेमाप्ही भन्ने लिपि छ र यो लेख्न सकिने भाषा भनिन्छ । तर सबै गुरुङले यो लिपिलाई मानेका छैनन् (सामान्य ज्ञान, २०६३ : ३७) ।

नेपालमा भोट बर्मेली शाखा अन्तर्गत ५७ भाषा बोलिन्छन् । ती मध्ये गुरुङ (तमू) बोडिस समूहको एउटा प्रमुख भाषा हो । यसको लेख्य परम्परा नभएकोले वैज्ञानिक अध्ययन भएको छैन । लिपि भाषाको जीवन्तताको लागि अत्यावयक कडी हो । आभूषण पनि हो । लिपि विकासले भाषाको विकासमा ठूलो भूमिका खेल्छ । नेपाल बहुभाषी, बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । यहाँको एउटा महत्वपूर्ण जाति भित्र पर्ने तमू जातिको आफ्नै भाषा, धर्म, कला, भेषभूषा लगायत संस्कार संस्कृतिको छुट्टै मौलिक पहिचान हुँदा हुँदै पनि आफ्नो लिपिको अभावले संस्कृतिदेखि संस्कारसम्मका विकासमा अवरोध श्रृजना भएको छ । शिक्षा क्षेत्रमा हेर्ने हो भने प्राथमिक तहसम्म मातृभाषा पढ्न पाइने कानुनी आधार छ । यसका लागि पनि भाषाको लिपि तयार हुनु आवश्यक छ (च्हाकली, २०१२ : ५२) ।

गुरुङ भाषा (तमूक्वी) सिनो–तिब्बतीयन (Sino-Tibetan) अन्तर्गत पर्दछ (मोइजाल, २०७४ : ९)

गुरुङ भाषामा मोनखमेर र टिबेटोबर्मन भाषाको प्रभाव देखिन्छ । यसमा मोनखमेर भन्दा टिबेटोबर्मन भाषाको प्रभाव अधिक छ (शर्मा, २०५८ : २३०) ।

तमू गुरुङ भाषा भोट बर्मेली भाषा अन्तर्गत पर्छ । तमू भाषालाई तमू क्यूई भनिन्छ । तमू क्यूई बोलीचालीको भाषा हो भने चो क्यूई तमू पुरोहितहरूले शास्त्रमा प्रयोग गर्ने भाषा हो । यो भाषा तमू भाषा नै भए पनि बुझ्न मुस्किल छ । यस भाषाको लिपि नभएको हुनाले नेपालका अन्य जनजातिको जस्तै तमूहरूको पनि मौखिक आख्यानको रूपमा ऐतिहासिक दस्तावेज, पण्डित, पुरोहितहरूको ज्ञान, विद्या, विधिविधान एउटा पुस्तादेखि अर्को पुस्तामा सर्दै र सार्दै ल्याइएको छ (थकाली, २०६७ : २२६) ।

गुरुङहरू गण्डकी अन्चलका रैथाने जाति भएकाले गुरुङ भाषाको मूल थलो पनि यही प्रदेश हो जहाँ ऐतिहासिक कालमा गुरुङहरूको आफ्नै स–साना नौ थुम गणराज्यहरू थिए । गुरुङ भाषामा खेब माने पढ्नु र प्हिब माने लेख्नु भन्ने शब्द छन् । तर आजसम्म लिपि भेटिएका छैन । स्याङ्जा निवासी पच्युगुरु पिमबहादुर गुरुङले खेमालिपि र कास्की निवासी जगनलाल गुरुङले तमुप्ही नामक दुई प्रकारका लिपि प्रयोगमा ल्याइनु पर्छ भनी प्रस्तावमा आइ राखेका छन् । यी मध्ये खेमालिपि भारतको सिक्किम राज्यका गुरुङ भाषा प्रेमीहरूले अपनाएर विद्यालय स्तरका किताब छापी प्रयोगमा पनि ल्याइ सकेका छन् । हालसम्म फेला पारेको तथ्य अनुसार गुरुङ भाषाको लेख्य परम्परा देवनागरीमा ढोर निवासी अमरबहादुर गुरुङले २०१५ मा प्रकाशित गर्नु भएको गुरुङ भाषाको किताब “तमु क्युई चेकेदेदै रोमे”      (गुरुङ भाषाको सानो कोसेली) बाट प्रारम्भ भएको देखिन्छ । गुरुङ भाषा र साहित्यका अधिकांश किताबहरू देवनागरीमा नै लिपिवद्ध भएका छन् । गुरुङ भाषाको लिखित साहित्यको थालनी स्याङ्जा फेदीखोला गा.वि.स.–२ निवासी हर्कबहादुर गुरुङले रच्नु भएको “क्युदे थुलेन्” नामक जागृति भावयुक्त गीति सङग्रहबाट भएको देखिन्छ । यो गीति सङ्ग्रह प्रथम पटक २०१६ सालमा प्रकाशित भएको हो । यसमा विभिन्न ३१ ओटा गीतहरू छन् । यस सङ्ग्रहको दोस्रो र तेस्रो संस्करण पनि व्रmमशः २०२२ र २०५८ सालमा प्रकाति भइसकेका छन् । यही किताब गुरुङ भाषा साहित्यको पहिलो ग्रन्थ भएकोले “तमु सांस्कृतिक प्रतिष्ठान, नेपाल” नामको गुरुङ संस्थाले २०५९ सालमा उहाँलाई गुरुङ भाषाको ‘आदिकवि’ घोषणा गरी अभिनन्दन ग¥यो । मुलुक बाहिर हेर्ने हो भने भारतको सिक्किम राज्यमा गुरुङ भाषालाई राज्य भाषाको रूपमा मान्यता दिएको छ र लगभग ५०,००० को हाराहारीमा गुरुङ (तमु) को जनसङ्ख्या छ । त्यहाँका गुरुङहरूले गुरुङ भाषा र साहित्यमा राम्रो प्रगति गरेका छन् । त्यहाँका विद्वान्हरूमध्ये यस क्षेमा मेघराज तमुको योगदान उल्लेख्य छ । उहाँले “तमुह्यार क्युई (गुरुङ व्याकरण) लेख्नु भएको छ । त्यसमा व्याकरणका कुरा मात्र नभई छोटा छोटा प्रबन्धहरू पनि छन् (लेम गुरुङ, २०६४ : ७० – ७२ – ७३) ।

तमू गुरुङहरूको पुरोहितहरू पच्यू र क्ल्हेप्रीको मौखिक “पे” शास्त्रमा प्रशस्त तमू भाषाका अंशहरू रहेतापनि लिखित पुराना पुस्तकहरू नपाइएकाले पुरोहितको तमू–भाषा “चों–क्यूई” पनि स्पष्ट रूपमा गुरुङ भाषा भित्र आउन सकेको छैन । गुरुङ भाषाको शब्द भण्डारमा जे जति शब्दहरू भएतापनि तिनीहरू सबैलाई संकलन गर्न नसक्नाले, विभिन्न प्राविधिक, न्यायिक, साहित्यिक, सामाजिक तथा धार्मिक संस्कारहरूमा प्रयोग हुने शब्द लगायत कतिपय दैनिक व्यवहारमा प्रयोग हुने शब्दलाई समेत तमू गुरुङ भाषामा अभिलेख एवं परिभाषित गर्न सकिएको छैन । कतिपय भौगोलिक तथा क्षेत्रिय भेदका कारणले बोलेको गुरुङ कुरा उसले बुझ्दैन कि, उसले बोलेको गुरुङ कुरा मैले बुझ्न सक्दिन कि भन्ने संकुचित भावना र विविध कारणले गर्दा गुरुङ भाषाको प्रयोग विस्तारै घट्दै गएको छ भने, तमू भाषिक शब्द भण्डारमा नेपाली भाषिक र अन्य भाषा भाषिका शब्दहरू आगन्तुकको रूपमा प्रवेश हुँदै गएको पाइन्छ । स्याङ्जा निवासी खेगी पच्यू पिमबहादुर तमूले वि.सं. २०४५, २०४६ सालतिर खेमा लिपिको अवधारणा ल्याउनु भयो । २०५२ सालमा काठमाण्डौमा भएको तत्कालीन तमू छोंज धिंको बन्द सत्रमा बालनरसिंह तमूले तमू भाषा लिपिका रुपमा तमू खेमा लिपिको प्रतिवेदन प्रस्तुत गर्नु भयो । सो अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने तमू संघ संस्थाहरूको व्यापक उपस्थिति रहेको महाधिवेशनको बन्दसत्रले तमू भाषा लिपिका रूपमा खेमा लिपिलाई पारित गरेको थियो । तमू (गुरुङ) भाषा तथा खेमा लिपि विकास केन्द्रीय समितिले राज्यभरका लगभग सात हजार शिक्षित र शुभ चिन्तकहरूलाई प्रशिक्षण दिइ सकेको छ । खेमा लिपि आम तमूहरूको लिपिको रूपमा धेरै विकसित भइसकेको छ । २०५५ सालदेखि रूपन्देही जिल्लाको देवदहमा स्थापित नेपाल भरकै पहिलो र एक मात्र तमू (गुरुङ) भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर टड्स एकेडेमीमा तमू भाषा कक्षा एक देखि पाँचसम्म संचालित रहेको र पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशित पाठ्यपुस्तकको अलावा तमू खेमा लिपिबाट प्रकाशित पाठ्यपुस्तकहरू पठनपाठन भई रहेको छ (गुरुङ, २०७२ : २९ – ३०) ।

धर्म

धर्मको अर्थ ज्ञान हो । यद्यपि सुरुमा धर्म डरबाट सृष्टि भएको हो । यसैले मान्छेले आपूm भन्दा बलियालाई हरतरहले पूजा गरेर खुशी पार्ने प्रचलन ल्याए । तत्काल छुट्टा छुट्टै सूमह र समूह समूह मिलेर समाज नबन्दासम्म धर्मले मार्ग निर्देशनको कार्य गरिरह्यो । समाजको निर्माण पछि स–साना ठकुराई बनेर नीति नियम नबन्दा सम्म पनि धर्मले मार्ग निर्देशनकै कार्य गरिरह्यो । कालान्तरमा साना, ठूला र विशाल राज्यहरू खडा भएपछि राज्यले ऐन कानुन बनाई सकेपछि धर्ममा विकृति आयो र विभिन्न सम्प्रदायमा विभाजित भयो । सम्प्रदायमा शक्तिशाली पिठाधीशहरूको उदय भयो । शक्तिशाली पीठाधीशहरूले आपूm र आफ्नो सम्प्रदाय अनुकुल धर्मको व्याख्या गरे ।

तमू जातिको प्राचीन धर्म संस्कार प्राकृतिक बोन संस्कार नै हो । तमू समाजमा प्राकृतिक बोन संस्कार अन्तर्गत धामी, झाँव्रmी, पैँडी, पच्यु, ध्यावृ, बोन लामाहरूको महत्वपूर्ण भूमिका हुन्छ । यसैले समाजमा जन्मदेखि मृत्यु सम्मका संस्कार सम्पन्न गर्दा कुल, कुलायन बुझाउँदा, देवी, देउरालीहरूको पूजाआजा गर्दा र विरामी पर्दा भूत–प्रेत–पिचाश लगायतका लागुभागु मन्छाउने कार्य गरिन्छ । यिनीहरूले वन जङ्गलमा हुने प्राकृतिक जडीबुटीको औषधीले विरामीहरू निको पार्ने काम गर्छन् । अझै गाउँघरमा त्यो चलन हटेको छैन । प्राकृतिक बोन धर्म, बोन संस्कारको उत्पत्ति र विकास मानव उत्पत्तिपछि मानव सभ्यता र विकासको व्रmम सँगसँगै भएको हो । मानव विकासको प्रारम्भिक चरणका मानिसहरूले धेरै प्राकृतिक विपत्तिहरूको आपतविपत सामना गर्न प¥यो । उत्पन्न भएको प्राकृतिक विपत्तिहरू र प्राकृतिक दैवी शक्ति तथा दैवी प्रकोपको रहस्यहरू मानिसले बुझ्न सकेनन् । मानिसहरूलाई आपत विपत पार्ने प्राकृतिक विपत्तिहरूको समाधान कसरी गर्ने भन्ने हेतुले खोजी नीति र अध्ययन अनुसन्धान पनि साथै सुरु गर्ने व्रmममा प्राकृतिक दैवी शक्ति र स्रोतबाट तान्त्रिक बोन विद्या उत्पन्न भयो (गुरुङ, २०७२ :   ३३) ।

बोन धर्मको सुरुआत भने भारत तथा इरान बीचको सिमानामा पर्ने ताग्जिक भन्ने स्थानमा बताइन्छ (सम्भवतः ताजिकिस्तानमा मुसलमानहरू आउनु अघिको पर्सिया) । बोन धर्मावलम्बीहरू यस धर्मलाई तोन्यो सेन्रप मिओछेले प्रतिपादन गरेका हुन् भन्दछन् । वेभ विश्वकोश विकिपिडियामा तोन्यो सेन्रप मिओछे आज भन्दा १८,००० वर्ष अघि जन्मेका हुन भनिन्छ भने बोन द प्रिभिटिभ रिलिजन अफ तिबेत (तिब्बतको प्रागएतिहासिक धर्म) का लेखक अनुकूल बेनार्जीले बुद्ध भगवान् भन्दा १०५५ वर्ष अघि जन्मेका भनेका छन् । कुनै स्रोतले भने भगवान् तोन्यो सेन्रप मिओछे बुद्धका समकालीन हुन् पनि भनेका छन् । उनले दिएको ज्ञान भगवान् बुद्धको ज्ञानहरूसँग धेरै मिल्दोजुल्दो भएको लेखक सामदेन जी – कार्मेले उल्लेख गरेका छन् । बोन धर्मको विकास भएको साङसुङ राज्यलाई सातौं शताब्दीमा सम्राट स्रङचङ गम्पोले तिब्बतमा गाभेका थिए । तमू समाजले परम्परादेखि पच्यु, क्यबी र लम (लामा) यी तीन वर्गको तमू भाषामा खेगी (पुरोहित) हरूलाई मान्यता दिई पुजारीहरूको काम विभाजन पनि गरेका   थिए । तमूहरूमा पच्युले विरामी हुँदा झारफुक तथा ल्हे (पूजा) गरी विरामीलाई निको बनाउने, मृत्यु संस्कारमा मृतात्मालाई भूतप्रेतबाट अलग्याउने, क्यबीले मृतात्मालाई विभिन्न विधिविधान अपनाई स्वर्ग तारिदिने र लामाले छैखु (आम्यु) ह्योखु (सह बटुलेर धन ऐश्वर्य बृद्धि गराउने काम) गर्ने तथा शान्तिका लागि बत्ती बाल्ने भन्ने मान्यता बुझाई रहेको पाइन्छ (थकाली, २०६७ : ५५ – ५७ – ६६) ।

गुरुङहरूमा हिन्दु धर्मको ठूलो प्रभाव परेको छ । तर अरुबाट अलग्गिएर रहेका ठाउँहरूमा उनीहरू अझै पनि आफ्नै देउताको पूजा गर्छन् । गुरुङ समुदायमा लामापन्थ र तन्त्रमन्त्रको पनि महत्वपूर्ण भूमिका रहन्छ (हागन, २०७० : ४८) ।

विशेष गरी गुरुङ समुदायमा आज यो वा त्यो धर्मको नाममा जति प्रचार प्रसार र आभास भए पनि जीवन भरि ९९ प्रतिशत भाग बोनबादमै विताउँछन् (गुरुङ, २०७२ : ८) । तमू जातिको धर्म – संस्कृति र चाड – पर्व सबै प्रकृतिमा आधारित देखिन्छ । त्यसैले प्राकृतिक  शक्ति र नियमनै यसको मूल आधार मानिन्छ । समयानुरूप गर्मीमा गाउँमाथिको लेक र जाडोमा गाउँमुनीको बेँसीलाई पशुपंक्षीको बलि दिई पूर्जा गर्छन्, जसलाई उभौली उद्यौली (ओम प्होम) भनिन्छ । यसरी तमू संस्कृति प्रकृति, पितृ र तन्त्रमन्त्रवाद गरी मुख्य तीन कुरामा आधारित भएकोले प्रकृतिवाद वा वोन धर्म भनेको हो । सुरुसुरुमा बोन धर्मलाई संस्कार – संस्कृतिको रूपमा मात्र लिने गरिन्थ्यो । पछि धर्मको रूपमा मानेपछि मात्र यसलाई धर्मको संज्ञा दिएको देखिन्छ । तिब्बतमा बुद्ध धर्म ६४० ईशामा मात्र प्रवेश भएको हो । ई.सं. ६४० देखि ८०० सम्म बोन र बुद्ध धर्मावलम्बी बीच ठूलो संघर्ष भएको मानिन्छ । ई.स. ८०० मा बोन धर्मावलम्बी अन्तिम राजाको हत्या भए पछि पद्मसम्भवले लामावादको सुरूवात गरे । तिब्बतमा बुद्धधर्म पूर्ण रूपमा लागु भयो । यस पछि बोन्योहरू भागेर हिमालय इलाकामा लुके । यिनीहरूले शास्त्रका दस्तावेज ओढारमा लुकाएकाले आफ्नो पे (शास्त्र) मौखिक पढ्दै आएको पाइन्छ (केप्छैं, सन् २०१२ :  ४) ।

संस्कार

प्रत्येक जातजातिमा आ–आफ्नै प्रकारका संस्कारहरू हुन्छन् । संस्कार रूपी रूखको जरा प्रत्येक व्यक्तिका जीवनका हर व्यवहारमा गाँसिएका हुन्छन् ।

जन्म संस्कार

तमू गुरुङहरूको जन्म संस्कारमा शिशुको जन्म हुनासाथ समाजको अनुभवी महिलाद्वारा सालनालकाटी शिशुलाई मनतातो पानीले नुहाई, तोरीको तेल लगाई सफा कपडामा बेरेर सुताइन्छ ।

नामकरण

शिशु जन्मेको तेस्रो दिन पैंडी (ज्योतिषी) बोलाई शिशुको नामकरण गरिन्छ । अर्थात् शिशुको नाम राखिन्छ ।

छैंठी

शिशु जन्मेको छैंठौ दिनको साँझ नवजात शिशुको भविष्य राम्रो होस् भनी शुभमंगल कामनाको लागि थालीमा एक माना चामल, रूपैयाँ पैसा भेटी राखी थाल माथिनै दियो बालेर शिशुको सिरानीमा राखिन्छ ।

था सों प्रिहसों (न्वारान) गर्ने

बालकको जन्म भएको नौ दिन या एघार दिनमा न्वारान वा नामकरण हुन्छ । बालिकाको सात दिनमा न्वारान गर्ने गरिन्छ । सात माता र नौ पूर्खाको प्रतीकको रूपमा यसलाई लिइने हुनाले बालबालिकाहरूको न्वारानमा पनि सात तथा नौ दिनलाई शुभ मानिएको हो । यस दिनमा चोख्याउने मात्र नभई क्यब्रीबाट स्वस्ति – शान्ति पूजा (था सों प्रिहसों) गर्ने गरिन्छ । त्यसै दिनमा पैंडीले तीन दिनमा जुराएको नाम पुनः सुनाइन्छ । बालबालिकालाई दोष–दोषालो तथा दुरात्माको कुदृष्टि नपरोस् भनी छोरा भए नौसरोमा नौ गाठो, छोरी भए सात सरो धागो सात गाँठो पारेर बेसारमा मोलेर तमू भाषामा स्याइस्याइ भन्दै पवित्र धागो (प्हैरू) शिशुको घाँटीमा, दुवै हातको नाडीमा, दुवै खुट्टाको कल्लीमा र कम्मरमा बाँधि दिने चलन छ (थकाली, २०६७ ः १२३ – १२४) ।

पास्नी (कई कोवा)

अन्य जातजातिमा भए जस्तै गुरुङ जातिमा पनि पास्नीको संस्कार छ । छोरा भए ६ महिना र छोरी भए ५ महिनामा पास्नी अन्नप्रासन (भात खुवाई) संस्कार गरिन्छ ।

पुटपुटे

जेठा छोरा जन्मेर हुर्के पछि ३, ५, ७, ९ वा ११ यी विजोर वर्षहरूमध्ये कुनै एक वर्षमा पुटपुटे संस्कार गरिन्छ । जेठा छोराको मात्र पुटपुटे गरिन्छ । यस अवसरमा पुटपुटे गरिने बालकको घरमा मावली गाउँको नाच नाचिन्छ । भोलिपल्ट विहान शुभसाइतमा बालकलाई टीका लगाएर शुभआशिष दिइन्छ । विवाहको प्रतिफल जायजन्म अथवा छोरा जन्मनु हो । जेठो छोरो जन्मेर अकाल मृत्यु नभई हुर्केको उपलक्ष्यमा पुटपुटे संस्कार गरिन्छ (गुरुङ २०७३ : ७४) । पुटपुटे पुलपुलेको अपभ्रंश हो । तसर्थ यो पुलपुले उत्सव हो । बालकलाई शुभआशीर्वाद मिलोस भनेर देवपितृको पूजा गरिन्छ (थकाली, २०६७ : २५) ।

चूडाकर्म

सबै छोराहरूको चूडाकर्म संस्कार गरिन्छ । ३, ५, ७, ९, ११ र १५ यी विजोर वर्षहरूमा छोराहरूको चूडाकर्म गरिन्छ । चूडाकर्म गर्दा गाईको गोठ वा गोरुको भकारोमा लगेर कपाल काटिन्छ । यदि गाईको गोठ र गोरुको भकारो छैन भने आगनको छेउमा टाट्नो बनाइन्छ । त्यस ठाउँमा गाई वा गोरुको गोबर पनि राखिन्छ । टाट्नोमा गाईको दाम्लो पनि बाँधेर राखिएको हुन्छ । टाट्नोमा बाँधेको गाईको दाम्लोले चूडाकर्म गर्ने बालकको घाँटीमा बाँधिन्छ । बालकको मुखमा नुनको ढिका पनि राखिन्छ । यसरी पशु जसरी व्यहार गरेपछि शुभसाइतमा त्यस वर्षको सगुनी पुरुषले मोहडापट्टिबाट कैँचीले बालकको कपाल काटिदिन्छन् । कुनै गाउँमा वर्ग नजुराईकन मामाले भान्जाको कपाल काटिदिने चलन छ । कपाल काट्दा टुप्पी राख्नु पर्दछ । कपाल काटेपछि बालकको घाँटीको दाम्लो फुकाइदिन्छन् । यसरी पशुवत् व्यवहार गरेर छोराको कपाल काटेको दृश्य बाबु आमाले हेर्न हुँदैन । छोराको घाँटीको दाम्लो फुकाइ सकेपछि बाबु आमाले छोरालाई नौसराको प्हैरू लगाइदिएर स्प्वाइ गर्नुपर्दछ । अरू नातागोता र इष्टमित्रहरूले पनि चूडाकर्म गरेको बालकलाई प्हैरू र टीका लगाइदिई आप्mनो गच्छेअनुसार रुपियाँ पनि पगरी गर्दछन् । कपाल काटेको तेस्रो दिनमा छुरा लगाएर कपाल मुस्याइदिन्छन् (गुरुङ, २०७३ : ७४ – ७५) ।

गुन्यू – चोली दिने (ङयूई चोल पिँबा)

गुरुङ जातिमा छोरीहरूको वर्गबाट विजोर वर्गमा पैंडीले शुभसाइत जुराई गुन्यू – चोली दिने चलन छ । यस कर्मका लागि छोरीको उमेर वर्गबाट गनेर सात वर्ष, नौ वर्ष वा एघार वर्ष उत्तम मानिन्छ । घोडा (तलो) वर्ग र सर्प (सप्री) वर्गको नौ वर्ष रिमा वर्ग (व्रm घीं) परेको हुनाले यी दुई वर्गको नौ वर्षमा गर्न हुँदैन भनिन्छ । यसरी शुभसाइत निकालेर मात्र तमू गुरुङ चेलीहरूलाई गुन्यू – चोली दिने परम्परा रहेको छ । यसलाई बालिकाबाट वयस्क भएको सङ्केतको रूपमा लिइने र सामाजिक – सांस्कृतिक रूपले जिम्मेवारी लिन सक्षम मानिन्छ (थकाली, २०६७ : १२७) । छोरी मान्छे ल्हो कु र ल्यो च्यु से घ्री उमेर पुगे पछि एक जोर तमु पोशाक गुन्यू – चोली लगाई दिने संस्कारलाई ङ्यूई चोल पिँबा भनिन्छ । प्हार लगाइ सकेपछि बिहानको समयमा छोरीलाई नाङ्लीमा राखेको धानमाथि निर्वस्त्र उभ्याई ङ्क्यूई चोलो लगाइन्छ । यसपछि इष्टमित्र सबैले टीका – टालो, व्रmगी गरेर आशीर्वाद दिइन्छ । यसरी लगाएको नयाँ गुन्यू चोली कम्तिमा तीन दिनसम्म फुकाल्नु हुँदैन भन्ने प्रचलन छ (व्रmोम्छै तमु, सन् २०१२ :२०) ।

विवाह

हरेक जातजातिका आ–आफ्नै प्रकारका विवाह पद्धति रहे झैं, गुरुङ जातिमा पनि विवाह पद्धतिमा आफ्नै विशेषता छन् । विवाहमा पहिले चार – सोह्र जातको मुख्य हुन्थ्यो, चार र सोह्र जात बीच सामान्यतः विवाह गरिदैन्थ्यो भने अहिले त्यस्तो सामाजिक बन्धनबाट गुरुङ समाज मुक्त छ । अतः विवाह खानपान आदि संस्कारका लागि उच – नीचको भेदभाव छैन । अहिले विवाहका लागि मुख्य तत्व हो थर – गोत्र पृथक हुनु ९अबिल भहयनबmथ० । सामान्यतः गुरुङ परम्परामा मामा – पूmफुचेली ९अचयकक(अयगकष्ल० विवाह बढी प्रचलित छ (खत्री, २०६० : २२१) । तमू जातिको विवाह गर्ने विधिहरूमा मगनी विवाह, प्रेम विवाह, जबर्जस्ती विवाह, जारी विवाह, विधुर र विधवा विवाहलाई उल्लेख गर्न सकिन्छ तापनि बढी प्रचलनमा भएको विवाह भने विधिवत मगनी गरी गर्ने विवाह र प्रेम विवाह नै हुन ।       (थकाली, २०६७ : १२७ – १२८) ।

गुरुङ विवाहको मुख्य कर्म व्रmमुतेना हो । व्रmमुतेनालाई कुनै ठाउँमा तेनिन्हेँब भनिन्छ । यसगरी व्रmमुतेनालाई नेपालीमा छ सुकी लगाउने वा साइपाटा लगाउने पनि भनिन्छ । बर्छागाडी व्रmमुतेना गरेर गरिएको विवाहलाई स्तरीय विवाहका रूपमा मान्यता दिइएको हुन्छ । व्रmमुतेना गर्दा दुलहीको माइती घरको आँगनमा ढोकानेर बर्छा गाडिन्छ । बर्छासँगै ङ्हेपुmँ (सेलरोटीको पेराङगु) र प्हाफुँ (रक्सीको पुङ) पनि झुण्ड्याइएको हुन्छ । मूल ढोकाको सामुन्ने आँगनमा मान्द्रोलाई उत्तानो पारेर ओछ्याइएको हुन्छ । घरको मूलढोकानिरको लहरमा गुन्द्री र काम्लो ओछ्याएर दुलहीका बाबु माइतीहरू बस्दछन् । मान्द्रोमा दस्तुर अनुसारको रोटी, रक्सी र व्रmमु (मजेत्रो), व्रmेगी (पगरी) राखिन्छ । चरेसको थालमा ङट (दुधिलो) को दुईटा पात खप्ट्याएर राखी त्यस माथि ६ सुकी दस्तुरको रकम राखिन्छ । त्यस पछि विवाह सम्बन्धी सम्पूर्ण अशुभ दोषहरू हटाउनका लागि लेदी (विवाह सम्बन्धी कारोबार गर्ने व्यक्ति) ले एउटा रोटी र अलिकति रक्सी लगेर सिस्नोको झ्याङमा राखिन्छ । त्यसपछि त्यस झुत्ता वा टोलको तालुकदार मुखिया वा जेठा बूढाले वाक्दानको वाक्य बोल्दछन् । वाक्दानको वाक्य बोलिसकेपछि ६ सुकी दस्तुर बाँडफाँड गरिन्छ । ६ सुकी दस्तुरको विभाजन यस प्रकार छ :–

(१) क्होँये व्रmेगी (त्यस झुत्ता वा टोलको तालुकदार मुखियाको पगरी) – १ सुका । (२) अमये ङह्यये भारा (आमाको दूधको भारा) – १ सुका । (३)  ह्युलचज सये (मुलुकको नुनको मोल) – १ सुका । (४) लेदिये न्हेग (विवाह सम्बन्धी कारोबार गर्ने व्यक्तिले पाउने दस्तुर) – १ सुका । (५) कलेचार (कलेकुले वा कलिया लगाउने अथवा विवाहको सम्बन्ध जुराई दिने कुटुनीले पाउने दस्तुर) – १ सुका र (६) परे प्रेmँ छमिये नेगी छ्योँएगी (दुलहीका दौँतरी ठिटा तरूनीहरूले पाउने दस्तुर) – १ सुका ।

व्रmमु तेना समारोहमा त्यस झुत्ता वा टोलका प्रत्येक घरको एक एक जना प्रमुख व्यक्ति अनिवार्य रूपले उपस्थित हुनु पर्दछ । व्रmमु तेनाको रोटी रक्सी सबैले खानु पर्दछ । वास्तवमा व्रmमु तेना भनेको विवाहको औपचारिक घोषणाको सार्वजनिक कार्यव्रmम हो । व्रmमु तेना गर्दा झुत्ता वा टोलका प्रत्येक घरको प्रमुख व्यक्तिको सहभागिता अनिवार्य हुनु र तालुकदार मुखिया वा जेठा बूढाले वाक्दानको वाक्य बोल्नु गणजातिको चरित्र हो । त्यस अवस्थामा त्यस झुत्ता वा टोलका तालुकदार मुखिया वा जेठा बूढाले गण प्रमुखको दायित्व वहन गरेको हुन्छ । यसरी व्रmमु तेना कर्मले गुरुङहरूमा अन्तरनिहित गणजातिको लक्षणलाई प्रदर्शन गर्दछ (गुरुङ, २०७३ ः ७५ – ७६) । व्रmमु तेना गरिसकेपछि केही घटना वा दुर्घटनामा परी केटा वा केटीको मृत्यु भएमा दावी लाग्छ । केटी अर्को केटासँग गएमा केटालाई जारी बुझाउनु पर्दछ । केटाले अर्की केटी विवाह गरेमा क्षतिपूर्ति तिर्नु पर्छ (थकाली, २०६७ ः १२९) ।

सिन्को पाङ्ग्रो (सम्बन्ध विच्छेद)

पारपाचुके वा विवाहको सम्बन्ध विच्छेद गर्ने कर्म सिन्को पाङ्ग्रो हो । यसलाई सिन्गु पार पनि भन्दछ । भलाद्मीहरू बसेर पारपाचुकेका शर्तहरू तय भएपछि लोग्ने, स्वास्नी र भलाद्मीहरू दोबाटोमा जान्छन् । त्यसपछि यदि स्वास्नीबाट पारपाचुकेको कुरा पहिले आएको भए स्वास्नीले एउटा सिन्कोलाई दुई टुव्रmा पारेर भाँच्दछे र सिन्काको एउटा टुव्रmा आपूmले राखेर सिन्काको अर्को टुव्रmा लोग्नेतिर फालिदिन्छे । त्यसपछि लोग्नेले एउटा पाङ्ग्रो फोरेर पाङ्ग्राको एउटा दिउलि आपूmसँग राखेर पाङ्ग्राको एउटा दिउलि स्वास्नीतिर फालिदिन्छ । यसैगरी यदि लोग्नेबाट पारपाचुकेको कुरा पहिला आएको भए लोग्नेले एउटा पाङ्ग्रा फोरेर पाङ्ग्रोको एउटा दिउलि आपूmले राखी पाङ्ग्राको एउटा दिउलि स्वास्नीतिर फालिदिन्छ । त्यसपछि स्वास्नीले एउटा सिन्को भाँचेर दुई टुव्रmा पारी सिन्काको एउटा टुव्रmा आपूmले राखेर सिन्काको एउटा टुव्रmा लोग्नेतिर फालिदिन्छे । सिन्को लिङ्गको प्रतीक हो । अतः लिङ्ग विच्छेदको सङ्केतको लागि स्वास्नीले सिन्को भाँचेर दुई टुव्रmा पारी एक टुव्रmा सिन्को लोग्नेतिर फालेर एक टुव्रmा सिन्को आपूmसँग राखेको हो । यसै गरी पाङ्ग्रा योनिको प्रतीक हो । अतः योनि विच्छेदको सङ्केतको लागि लोग्नेले पाङ्ग्रोलाई दुई कप्टेरा पारेर फोरी पाङ्ग्राको एउटा दिउलि आपूmसँग राखेर पाङ्ग्राको एउटा दिउलि स्वास्नीतिर फालेको हो । अब हाम्रो बाटो छुट्टियो र आ–आफ्नो अलगअलग बाटो भयो भन्ने देखाउनको लागि दोबाटोमा गएर सिन्को पाङ्ग्रो गरी पारपाचुके गरिएको हो । यसरी गुरुङहरूको सिन्को पाङ्ग्रो परम्पराले आदिवासीहरूको आदिम प्रचलनलाई राम्ररी प्रस्तुत गर्दछ (क्ह्राँगि लामा गुरुङ, २०७२ : ८–९) ।

तमू समाजमा मृत्यु संस्कार

परिवारको कुनै सदस्यको मृत्युले परिवार, आफन्त र समाजमा अशोच, त्रास र चिन्ताको वातावरणको सिर्जना गरिदिन्छ । साथै मृत्युले परिवार, नाताकुटुम्बमा अपवित्र ल्याउने विश्वास पनि गरिन्छ । त्यसैले प्राय सबै धर्मवलम्बीहरूमा अन्त्येष्टि संस्कार धार्मिक विधिविधान पूरा गरी सतर्कता साथ सम्पन्न गर्ने गरिन्छ । यो संस्कार सम्पन्न गर्नका लागि मानिसहरूको दुई प्रमुख उद्देश्य हुने गरेको पाइन्छ । पहिलो उद्देश्य मृत्युले परिवार, नाताकुटुम्ब सबैमा अशुद्ध हुने हुनाले त्यसलाई विधिवत शुद्धीकरण गर्ने र दोस्रो मृतकलाई स्वर्गप्राप्तिमा बाधा नपरोस्, मोक्ष मिलोस् र उसको आत्माले शान्ति पाओस् भन्ने कामना गर्नु रहेको पाइन्छ । हाम्रा समाजमा सबै जाति समुदायले आप्mनै प्रथाको विधिले यो संस्कार सम्पन्न गर्ने गरिन्छ । तमूहरू धार्मिक दृष्टिकोणबाट बोन, बौद्ध तथा हिन्दु धर्ममा विश्वास गर्ने गर्छन् । हालको परिप्रेक्षमा तमूहरूले अन्त्येष्टि संस्कार पनि बोन, बौद्ध तथा हिन्दू तीन धार्मिक विधि विधान अनुसार सम्पन्न गर्ने गरेको पाइन्छ (थकाली, २०६७ ः १३४) ।

भेषभूषा

गुरुङ जातिका मानिसहरूको भेषभूषा आप्mनै किसिमका हुन्छन् । खास गरेर बाह्य प्रभावमा नपरि सकेका गुरुङहरू साधारण किसिमको खस्रो कपडाको लुगा लगाउँछन् । गुरुङ जातिका पुरुषहरू शरीरको माथिल्लो भागमा भोटो लगाई जाङमा कछाड र त्यसको भित्र लगौंटी बाँधेका हुन्छन् । तन्नेरीहरूले कछाडको माथि कम्मरमा कम्मर पेटी र शिरमा टोपी लगाउँछन् । केहीले भोटो माथि कालो रङको कपडाको इष्टकोट लगाउँछन् । हिउँदमा उच्च डाँडाहरूमा धेरै जाडो हुने हुँदा बाक्लो ऊनको बक्खु ओड्छन् । वर्षा ऋतुको पानीमा पनि सोही बक्खु ओड्छन् । व्यापार तथा अन्य कारणको लागि भ्रमण गर्दा पनि गुरुङ पुरुषहरू बक्खुलाई ओड्ने तथा ओछ्याउने काममा पनि प्रयोग गर्दछन् । बक्खु नलगाउँदा भोटोमाथि ऐँठे (भाङ्ग्रा) भनिने कपडाले बेरेका हुन्छन् । सैनिक सेवामा भर्ती भएका पुरुषहरूले पैण्ट, कट्टु, कमिज, कोट, गन्जी, स्वेटर आदि लगाउने गर्दछन् । कुनै भूतपूर्व सैनिकहरू विभिन्न बेलामा आपूmलाई गरिएको सम्मानका पदक, तक्मा आदि पनि लगाउने गर्दछन् । गुरुङ महिलाहरू शरीरको माथिल्लो भागमा चोलो र तल्लो भागमा गुन्यू भनिने छोटो फरिया लगाउँछन् । फरिया पटुकाले टम्म कस्सिएको हुन्छ र पछिल्तिर कम्मर मुनि मखमल (कालो) को तीन कुने कपडा लगाउने गर्छन्, यसलाई ताम्लो (टीकी) भनिन्छ र माथि घरबुनाको घलेक (स्यामा) लाउने गर्छन् । यो अलि प्रौढ महिलाहरूमा मात्र सीमित हुन गएको छ । युवतीहरू बढी मात्रमा रङ्गीन कपडाहरू प्रयोग गर्दछन् । विदेशी सैनिक सेवामा लागेका मानिसका परिवारका महिलाहरूले मखमलको चोलो, नाइलन सारी, छापिएको रङ्गीन लुंगी आदि प्रयोग गर्दछन् । गुरुङ युवतीहरू नाकमा झुम्केबुलाकी, बाला, शिरपूmल, ढुङ्ग्री, लेस, पोते आदि लगाउँछन् । धेरै जसो सम्पन्न परिवारका महिलाहरू नाडीमा सुनको बाला र चुरी विभिन्न रङका काँचका चुराहरू, गलामा सुनको हार इत्यादि र कानमा माडवाली (बाघमुखे बुट्टा काटिएको मुन्द्री) पनि लगाउँछन् । विधवा स्त्रीले काँचको चुरी पोते लगाउँदैनन् (सूचना विभाग २०३१ : १९८ – १९९) ।

चाडपर्वहरू

सिल्दो नाल्दो पूजा तमू गुरुङहरू गाउँबस्तीको सुरक्षा तथा कुशलमंगलका लागि सिल्दो नाल्दो (सिमे भूमे) पूजा गर्दछन् । यसलाई कतै सिल्दो नाल्दो, कतै सब्तो सिप्तो र कतै साची सिल्दो भनी फरक फरक नाम दिइएको पाइन्छ । यी सबै नामहरूको अर्थ हो – “प्रकृतिको मालिक देवता” । गाउँ घरका पशुगोठहरू चैतदेखि न्यानो हुने हुनाले गाउँभन्दा माथि लेकमा लैजाने र कात्तिक लागेपछि बेंसीतर्पm लैजाने हुनाले पनि यस पर्वलाई उँभौली र उँधौली पूजा भन्ने गरिन्छ । लेकतर्पm जाँदा उँभौली पूजा गरिन्छ भने बेंसीतर्पm झर्दा उँधौली पूजा गर्ने गरिन्छ । चैत र कात्तिक महिनामा गरिने सिल्दो नाल्दो पूजा गाउँमा महामारी आएमा पनि गर्ने परम्परा छ । प्ह्रो वापा (स्वस्ति–शान्ति गर्ने) ः– चैतको पहिलो मंगलबार र साउनको पहिलो मंगलबार शुक्लपक्षमा दोष–दोषालो शान्त होस् भनेर स्वस्ति शान्ति गर्ने गरिन्छ । गाउँमा पशु पन्छीलाई कुनै किसिमको रोगव्याध र बाली–नालीमा कीरा फट्याङ्ग्रा नलागोस् भनी प्ह्रो फाल्ने चलन गुरुङ समाजमा छ (थकाली, २०६७ : १७० – १७१) ।

ल्होसार (ल्होछार) नेपालका अनेकौं चाडपर्वहरूमध्ये ल्होसार एक रहेको छ । मंगोल परिवारका एक ठूलो जनसमुदाय यथा गुरुङ, तामाङ, शेर्पा आदिद्वारा समान उत्साहले यो चाडलाई प्रत्येक वर्ष मनाईंदै आएको छ । नयाँ वर्षको आगमनलाई खुशियालीका साथ स्वागत अभिवादन गर्नु नै यो पर्वको विशेष महत्व मानिन्छ । प्रस्तुत संवत् फेरिने ल्होसार पर्वको प्रारम्भ आज भन्दा झण्डै पाँच, छ हजार वर्ष अघि तिब्बत एवं चीनका विभिन्न भागहरूमा विकास भएको नयाँ वर्ष वा संवत् परम्परा हो । भारतीय उप–महादेशमा प्रचारित वर्षहरूमा विभिन्न ग्रहहरूलाई राजा एवं मन्त्रीको रूपमा उल्लेख गरिए झैं चीनीयाँ पात्रोमा प्रत्येक वर्षहरूलाई विभिन्न पशुहरूद्वारा प्रतिनिधित्व गराइएको छ । चीनीयाँ वर्षहरूमा प्रतिनिधित्व गराइएका विभिन्न बाह्र पशु पंछीहरूको नाम यी हुन्

१. मुसा, २. गोरु, ३, बाघ, ४. बिरालो, ५. गरुड, ६. नाग (सर्प), ७. चरा, ८. कुकुर, ९. बँदेल, १०. घोडा, ११. बाँदर, १२. भेंडा । प्रत्येक वर्षको गणना गर्दै जाँदा बाह्रौं वर्षको अनन्तर फेरि पहिलो वर्षकै जनावरको नामले वर्षको संज्ञा दिइन्छ । यसरी बाह्र वर्षको एक चव्रm मानिएर यसलाई ल्होखार्लो (वर्षचव्रm) भन्ने गरिएको छ । यहाँका उपर्युक्त मंगोल मूलका जातिहरूले मूल थलोको प्राचीन सांस्कृतिक धरोहर स्वरूप रहेको ल्होछार परम्परालाई यहाँ पनि अंगाल्दै आइ रहेका छन् । ती विभिन्न जातिहरूको नेपाल प्रवेश एउटै समयमा नभएर विभिन्न समयमा भएको हुँदा तिनीहरूले मनाउने गरेका ल्होछारको तिथि मितिमा पनि थोरबहुत फरक पर्न गएको लाग्दछ । जसको कारण यहाँ तिनीहरूका तीन भिन्न भिन्न नामका ल्होसारको प्रचलन पाइन्छ । अन्नपूर्ण हिमाल र धौलागिरी हिमालको फेदिका गुरुङहरू पौष १५ लाई नयाँ वर्षको आरम्भको रूपमा तोला ल्होसार मान्दछन् । काठमाडौं उपत्यकाको सेरोफेरोका तामाङहरू माघ शुक्ल प्रतिपदालाई नयाँ वर्षको आरम्भको रूपमा सोनाम ल्होसार मान्दछन् भने सरग   (सर्ग) माथ हिमालको फेदिका शेर्पाहरू फाल्गुण शुदि प्रतिपदालाई नयाँ वर्षको शुरूको रूपमा ग्याल्पो ल्होसार मान्दछन् । यसरी पौष, माघ र फाल्गुण यी तीनै महिनालाई ल्होसारको महिनाको रूपमा लिइएको छ (जोशी, २०७० : ८०२ – ८०३) ।

साथै तमू गुरुङ समुदायले आफ्नै परम्पराका गैडु, गैरु पूजा, प्होतें लबा (गाउँ पूजा), पैmलु (कुल पूजा), तु देउता, थासो वापा (स्वस्ति शान्ति गर्ने) आदि लगायत बैशाख पूर्णिमा, श्रीपंचमी, साउने सङ्व्रmान्ति, नाग पंचमी, जनै पूर्णिमा, वडा दसैं, तिहार, माघे सङ्रव्रmान्ति, चैते दशैं जस्ता हिन्दुहरूले मनाउने पर्वहरू पनि हार्दिकता साथ मनाउने गर्दछन् ।

तमू लोक संस्कृति

रोधीँ घर

रोधीँ तमूहरूको विशुद्ध पहिचान हो । यो तमू समाजको मौलिक परम्परामा आधारित सामाजिक संस्था हो । सयौं वर्ष अगाडि तमू सभ्यताको केन्द्र क्होल सोंथरबाट रोधीँ सभ्यता र संस्कृति सुरु भएको थियो । जनश्रुति अनुसार गुरुङ भाषा ‘रोव’ को अर्थ सुन्ने र ‘धी’ को अर्थ घर जनाउँदछ । ‘रोव’ र ‘धी’ लाई सन्धि गर्दा ‘रोवधी’ वा सुत्ने घर हुन्छ । यही रोव धी भन्ने शब्द अपभ्रंश भई रोधी भएको भन्ने भनाइ छ । अर्को जनश्रुति अनुसार ‘रु’ को अर्थ धागो ‘लब’ को अर्थ कात्ने र ‘धी’ को अर्थ घर हो । रुघी वा धागो कात्ने घरबाट विकसित हुँदै रोधी हुन आएको हो भनिन्छ । गुरुङ महिलाहरू स्थानीय इलाकामा पुवा भनिने, अलो नाम गरेको सिस्नुपाट र भेडाबाख्राको ऊनबाट थैला, भाङग्रा र राडोपाखी, उत्पादन गर्ने गर्छन् । रोधीको संरचना र औचित्यका बारेमा भन्नु पर्दा एकै उमेरका दौँतरी युवा युवतीहरू एकै ठाउँमा भेला भएर सीप, कला, ज्ञान र सामूहिक व्यवहार सिक्ने स्थानको नाम रोधी हो । रोधी प्राचीन समयमा विद्यमान सामाजिक मूल्य र मान्यतामा आधारित विश्वास तथा सीप सिक्ने पाठशाला हो । यो लोक संस्कृतिलाई जीवन्त तुल्याउने, फुर्सद मिलाएर गाउने, बजाउने, नाच्ने, रमाइलो गर्ने थलो हो । रोधी गुरुङहरूको पारस्परिक सहयोग सद्भाव र अनुशासनको व्यावहारिक ज्ञान आर्जन गर्ने विद्यालय    हो । गाउँघरमा मेला लाग्दा पाहुना राख्ने घर हो । रोधी घरको बुबालाई रोस्योबा र आमालाई रोस्योमा भनिन्छ (थकाली, २०६७ : १९९) ।

रोधीँ गुरुङ युवाहरूको सन्ध्याकालीन जमघटका लागि सामाजिक रूपमा स्थापित संस्था हो । रोधीँ महिला साथीहरूको लचिलो संजालबाट विकसित भएको हो । रोधीँ घरका आमा र बुबा उक्त रोधीँ संस्थाका प्रमुख हुन्छन् र उनीहरूलाई रोधीँ आमा र बाबा भनिन्छ । उनीहरूबाट रोधीँ समूहको व्यवहार निर्धारण गर्ने अपेक्षा गरिन्छ । प्रायजसो रोधीँ आमा त्यही कोठामा सुत्छिन् जहाँ युवाहरू हुन्छन् । केटाहरू रोधीँ घरमा रात विताउँदैनन् । ब्लमयचक भन्छन् – रोधीँ शब्द गुरुङहरूको भाषाको ‘ति’ र ‘रो’ बाट बनेको हो जसले क्रमशः घर र ‘सुत्ने स्थान’ जनाउँदछ । अर्को व्याख्या ऊनका बारेमा गुरुङहरूको धारणासँग सम्बन्धित छ, ‘रो’ र ‘धीँ’, यो व्याख्याले पहिलेको समयमा महिलाहरू रोधीँ साँझमा बुन्ने काम गर्थे भन्ने बुझाउँदछ । हस्तकला सामग्रीहरू गफ गर्दै जिस्किँदै, गाउँदै बनाइन्थ्यो । गुरुङ समाजमा रोधीँ संस्थाको विभिन्न संस्कृतिको प्रकार्यहरू र सामाजिक महत्वका विशेषताहरू छन् (मोइजाला, २०७४ : १५ – १६) ।

रोधीँ गुरुङ जातिको प्राचीन संस्कृति मध्ये एक हो । यो गुरुङ जातिको आफ्नै महत्व बोकेको संस्कृति भित्र पर्न आउँदछ । गुरुङ भाषामा रो – बुन्नु, सुन्नु, धीँ – घर भन्ने हुन आउँछ । गुरुङहरू कृषि व्यवसायी भएका हुनाले दिन भर खेतवारीमा काम गरेर साँझ खाना खाई सकेपछि दिनभरको थकाइ मेटाउनको लागि रोधीँ घरमा जम्मा हुन्छन् र भलाकुसारी तथा गीत गाउने, बजाउने र नाच्ने गरी मनोरन्जन गरेर दिनभरको थकाइ मेटाउँछन् । अर्का थरी आपूmहरूले लगाउने कपडा बुनेर तैयार पारेर प्रयोग गर्ने, अरूलाई दिने गर्दछन् । यसैले रोधीँ अर्थात् बुन्ने घर, आधुनिक भाषामा सिलाइ बुनाई केन्द्र भन्न सकिन्छ । त्यहाँ सिलाइ बुनाई सिकाउने र उत्पादन गर्ने गरिन्छ । गुरुङ समाजमा हरेक गाउँमा एक एक रोधीँ घर हुने गर्दछ । त्यो रोधीँ घर अति नै अनुशासित र कडा निगरानीका साथ बूढा पाकाहरूले संरक्षण र सम्वद्र्धन गरेर राखिएको हुन्छ । बस्दा, कुरा गर्दा, हाँस–खेल र मनोरञ्जन गर्दा अनुशासनको परिधि नाघेर जान नपाओस भनी बूढाबूढीहरूले कडा नियन्त्रणका साथ निगरानी गर्दछन् । यसरी रोधीँ घर एउटा मनोरञ्जनस्थल मात्र नभै विश्राम स्थल पनि हो । एउटा जमघट, भेटघाट अर्ति उपदेश प्राप्त गर्ने स्थल हो । गुरुङ समाज त्यसबेला नै सभ्यताको उँचो शिखरमा पुगि सकेका रहेछन् भन्ने रोधीँ संस्कृतिले जनाएको छ । अतः रोधीँ गुरुङहरूको महान् अमूल्य संस्कृतिमध्ये एक हो (गुरुङ, २०७२ : ३१) ।

घाटु नाच

घाटुनाच गुरुङ जातिको एउटा आफ्नै विशेषताले भरिपूर्ण संस्कृति हो । हिमचुली, वरचुली, देवचुली आदिको आराधना नगरी घाटु जाग्दैन । यो घाँटीबाटै एक्लै सुर झिक्ने राग (गीत) भएकोले एक अर्थमा यसलाई घाटु भनिएको हो भनिन्छ । धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटुनाच गुरुङ समाजको जीवन्त संस्कृति हो । यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको छ । त्यसैले यो राष्ट्रिय संस्कृतिमा दरिन योग्य छ । कुनै स्वाभिमानी नेपालीले आफ्नो राष्ट्रिय संस्कृतिको नमुना कतै प्रस्तुत गर्नु परेमा घाटुनाच निर्धक्क अगाडि सार्न सक्दछ । घाटु दुई प्रकारका छन् । एउटा सती घाटु र अर्को बाह्रमासे घाटु । सती घाटुको विधि विधान अलि चर्को छ । यो जुन समयमा पनि नचाउनु हुँदैन । यसको एउटा निश्चित अवधि वा समय हुन्छ । तर बाह्रमासे घाटु जहिले पनि जहाँ पनि आयोजना गर्न सकिन्छ । सती घाटुमा खास गरी एउटी रानी सती जानु परेको कारणको साथै रानीको करूण पुकार र विलापको वर्णन गरिएको हुन्छ । अझ त्यसमा लडाइँको वा सिकारको विवरण, राजाको मृत्यु, रानीको विलाप, देवीदेवताको प्रशस्ति, पुर्खाको उखान, पितृको श्रद्धाञ्जली आदि विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । सती घाटु प्रत्येक वर्षको वसन्त पञ्चमी अर्थात् श्री पञ्चमीदेखि प्रारम्भ गरी वैशाख पूर्णिमामा भव्यताका साथ आयोजना गरी त्यसको दुई दिन पछि समापन गर्नु पर्ने रीतिथिति छ  (श्रेष्ठ, २०६० : ११४ – ११५) । घाँटु परम्पराको बारेमा विभिन्न मतहरू राखिएका छन् । केही विदेशी मानवशास्त्रीहरूको छोटो अध्ययनको अलावा तीन जना नेपालीहरू जगमान गुरुङ (वि.सं. २०२३), धर्मराज थापा (वि.सं. २०३०) र ओम गुरुङ (सन् १९९७) ले पनि यसको अध्ययन गरेका छन् । यी अध्ययनमा दिइएका व्याख्याहरू एक आपसमा फरक फरक छन् । त्यसो हुनुको कारण यो हुन सक्दछ कि स्थानीय परम्पराको भिन्नताको कारण जसमा अध्ययनहरू आधारित छन् । मौखिक परम्परा अनुसार घाँटुका धेरै रूप छन् । घाँटुसँग आधारित ऐतिहासिक घटनाव्रmमहरूप्रति विभिन्न विद्वान्हरूबीच मतभेद रहेको पाइन्छ । जगमान गुरुङ अनुसार घाँटु कथा गोर्खाका राजा परशुराम र पम्फावती रानीको जीवनीमा आधारित छ । उनका अनुसार घाँटु कथाको उद्गम नेपाल नै हो र यसले हिन्दु प्रभाव प्रकट गर्दछ । घाँटु गुरु भासु गुरुङका अनुसार घाँटु नृत्य गुरुङहरूले परापूर्वकालदेखि नै प्रस्तुत गर्दै आएका हुन् (मोइजाला, २०७४ : ११५ – ११६) ।

कथासार – ऐतिहासिक कथामा आधारित यस नृत्यको कथामा परशुराम राजा र पम्फावती रानी, नाबालक राजकुमार बालकृष्ण र उनीहरूको परिवेशमा आउने कटुवाल, मन्त्री, धाई, सुसारे, रक्षकगण आदि पात्रहरूको चर्चा गरिएको छ । कथा वर्णनअनुसार सुख शान्तिपूर्वक चलिरहेको परशुराम राजा र पम्फावती रानीको जीवनमा बालकृष्णको जन्म भएपछि अचानक आँधी आउँछ । उनको राज्यमा चारैतिरबाट आक्रमण हुन्छ । राजाको लडाइँक्षेत्रमा मृत्यु हुन्छ । रानी यो कुरा सुनेर आकुल व्याकुल हुन्छिन् र सती जाने निर्णय गर्छिन । परम्परा अनुसार सबैसंग विदा भएर डोली चढेर घाटतर्पm जान्छिन् । दूधेबालक भाइ सुसारेको जिम्मा लगाएर रानी राजासँगै सती जान्छिन् । कथासार यति नै हो । तर त्यसमा राजारानीको बाल्यकाल, यौवनावस्था र विवाहका कुरालाई पनि समावेश गरेर कुशलतापूर्वक वर्णन गरिएको छ । राजाले सिकार गर्दाको वर्णन धेरै दर्शकले उत्कृष्ट मानेको पाइन्छ । राजारानीको मृत्यु पश्चात् कुसुण्डी भेषमा उनीहरूको आत्माले जङ्गल विचरण गरेको पनि कलात्मक शैलीमा वर्णन गरिएको छ । यो गितीनाटक मार्मिक र करूणा रसले पूर्ण भएको कारणले तमू संस्कृतिको सम्पदा भएको लोक संस्कृतिको पारखीहरूको राय छ । घाटुमा अनुष्ठान विधि, कुसुण्डा, सिकारी, जन्म, विवाह, लडाइँ र सती गरी जम्मा ६ अध्याय छन् (थकाली (गुरुङ), २०६७ : २१० – २११) ।

सोरठी नाच

तमू गुरुङ जातिमा प्रचलित यो पृथक किसिमको नाच हो । नृत्यको कथा वस्तु सातजना श्रीमती भएका निःसन्तान प्राचीनकालीन एक जना राजा र उनका रानीहरूको सेरोफेरोमा केन्द्रित रहेको छ । कथामा सातवटी रानीमध्येकी कान्छी रानीबाट छोरी पाएकोमा अन्य सातवटी रानीले ईष्र्या गर्दा जन्मेकी छोरीलाई मार्ने षडयन्त्र यस गीतिकथाको मुख्य कथाबस्तु हो । बालिकालाई षडयन्त्रपूर्वक खोलामा फालि दिन्छन् । तर ती बालिकालाई माझिले फेला पार्छ । अन्तमा षडयन्त्र पर्दाफास हुन्छ र आमा छोरीको पुनर्मिलन हुन्छ भने दोषीहरू सजायका भागिदार हुन्छन् । यो नृत्य दसैं र तिहारको बीचमा १६ दिनसम्म नाच्ने गरिन्छ (थकाली, २०६७ : २२०) ।

मारुनी नाच

तमू गुरुङ जातिमा प्रचलित यो फरक पहिचान भएको नाच मध्येको एउटा नाच हो । यो साउनमा सुरु भएर पुषसम्म नाच्ने गरिन्छ । यस नाचमा हिन्दु देवी देवताहरूलाई विभिन्न पूmलहरू चढाएर पूजा आराधना गर्ने गरिन्छ । ती देवीहरू मध्येकी विद्याकी देवी सरस्वती प्रमुख देवी हुन् । नाचको अन्तमा सरस्वतीको पूजा आधारना गरेर देवीबाट आशीर्वाद पाएको अभिनय गरी टुङ्ग्याइन्छ । परम्परागत भेषभूषामा नर्तकहरूले शरीर अनौठो तर भद्र पाराले मर्काउँदै नाच्ने गर्छन् । उपस्थित अन्य मानिस गीत गाउने, मादल बजाउने गर्छन् । मारुनी नृत्य करिबकरिब लोप नै भइ सकेको बुझिन्छ (थकाली, २०६७ : २२० – २२१) ।

पेशा

इतिहास र जातिको विकासको क्रममा गुरुङ जातिका पेशामा पनि धेरै परिवर्तनहरू हुन गएका छन् । यो जाति तिब्बततिरबाट हिमाल पार गरेर हिमालयको दक्षिणी ढालहरूमा बसाइँ सर्दा (सोको तिथि निश्चित नभइसकेको) भेडी गोठसँग नै बास सर्दै जाने गर्दथे । बिस्तारै हिमालयको दक्षिणी भेकका पाखाहरूमा खेती गरी गाउँहरू बसाउन थाले । केही कालपछि यिनीहरूको मुख्य पेशा कृषि हुन पुग्यो र भेडा पालन, घोडा पालन आदि व्यवसायहरू पनि अपनाउन थाले । घले राजाहरूको पतन भएपछि उदय भएका शाह राजाहरूको सैन्यमा काम गर्न थाले । नेपाल इष्ट इण्डिया कम्पनीको सन्धि भएपछि नेपालीहरूलाई ब्रिटिश भारतको फौजमा भर्ती हुने व्यवस्था मिलाइएको थियो । कालान्तरमा नेपालका अन्य जाति सरह गुरुङहरू पनि विदेशी सैनिक सेवामा भर्ना हुन थाले । हाल सैनिक सेवाबाट प्राप्त हुने रकम उनीहरूको अर्थ व्यवस्थाको एक मूल आधार बन्न गएको छ । विदेशी सैनिक सेवामा लाग्दा यिनीहरूले देखाएको वीरता (विश्व प्रसिद्ध भिक्टोरिया क्रस अलकारबाट विभूषित वीर गजे घले), साहस, इमान्दारी आदिको कारण यिनीहरू संसारभर प्रख्यात भएका छन् । ती सब परिवर्तनहरूको फलस्वरूप भेडा पालन तथा ऊनमा आधारित घरेलु उद्योगको भाग गुरुङहरूको अर्थ व्यवस्थामा सानो हुन गएको छ । (सूचना विभाग, २०३१ : १९७) । वर्तमान अवस्थामा तमू गुरुङ जाति नेपालमा ठूला ठूला उद्योग, वैदेशिक व्यापार आदि संचालन गरी देशको आर्थिक उन्नती प्रगतिमा टेवा दिइरहेका छन् ।

प्रजातान्त्रिक आन्दोलनमा तमू गुरुङहरूको भूमिका

वि.सं. १९१४ जेष्ठ २१ गते सोमबार काठमाडौं स्थित गुरुङ पल्टनको एक जना जम्दारले आफ्ना साथीहरूलाई मिलाई जङ्गबहादुरलाई मार्ने उद्योग गरेको सुराक जङ्गबहादुरले थाहा पाए । यस जालसाजीमा धेरै सिपाहीहरू मिलेका छन् कि भन्ने शंका भयो । टुँडिखेलमा सबै पल्टन जम्मा गराइयो र तोपहरू राखियो । गुरुङ पल्टनको अपराध साबित भयो भने पल्टनका सबै सिपाहीहरूलाई एकै पल्ट खतम पार्ने विचार पहिले गरिएको थियो । तरपछि त्यसो गर्नु परेन । पल्टनका अगाडि कैदीलाई उपस्थित गराइयो । अपराधको सबुत देखाई, दोष प्रमाणित गराइयो । प्रत्येक पल्टनको निर्णय लिइयो । गुरुङ पल्टनका जवानहरूले एकछिनसम्म आपसमा साउतीका केही कुरा गरे । अनि तिनीहरू एकदम त्यस कैदी उपर जाइ लागे र त्यसलाई टुक्रा टुक्रा पारी काटे (गौतम, २०६२ : १८) । लखन थापाको दबाइ सक्ता नसक्तै वि.सं. १९३३ ३४ मा गोरखामै गुरुङहरूले पुनः विद्रोह गरे । यस विद्रोहको भूमिका निर्वाह गर्ने गोरखाका सुकदेव गुरुङ थिए । उनले आपूmलाई नौ सर्कार बौद्ध बादशाह भएँ भनी घोषणा गरे र त्यसै मुताबिक मानिसहरूलाई भड्काउन थाले । तर केही गर्न नपाउँदै उनलाई पक्राउ गरियो र अदालत इटाचपली मार्पmत पैmसला भई जेलमा परे । सम्भवतः जेलमा उनलाई कडा सजाय दिइयो । जसको फलस्वरूप वि.सं. १९३३ चैत महिनामा जेलभित्र उनको मृत्यु भयो । उनको मृत्युले गोरखाको विद्रोहलाई शान्त पारेन । झन उल्टो त्यसको लगत्तै पछि सुपति नामका अर्का गुरुङले त्यस्तै प्रकारको विद्रोह प्रारम्भ गरे । उनले पनि आपूmलाई बौद्ध बादशाह घोषित गरी उत्पात मचाउन थाले । जंगबहादुरको मृत्युपछि प्रधानमन्त्री बनेका रणोद्धिपले सुपति गुरुङलाई जसरी भए पनि पकड्ने आदेश दिए । तर गोरखा, लमजुङ र कास्की सम्म खोजतलास गर्दा पनि उनलाई पक्राउ गर्न सकिएन (गौतम, २०६२ : २०) ।

तमू ह्यूल छोंज धीं गुरुङ राष्टिय परिषद, रूपन्देहीबाट तिथी मिति नभएको प्रकाशित राणा शासन विरुद्ध संघर्ष गर्दागर्दै शाहदत प्राप्त गर्नु हुने नेपालका अग्रणी शहीद सुकदेव गुरुङ शिर्षकको बुलेटिनमा सुकदेव गुरुङ लमजुङका बासिन्दा थिए । त्यसबेलाको अवस्था र जातिगत आधारमै पनि उनी बौद्ध धर्मका प्रखर अनुयायी, धर्मगुरु समाज सुधारक र राजनीतिज्ञ थिए । त्यसैले उनको सामाजिक हैसियत र प्रभाव एउटा समाज सुधारक धार्मिक नेता र राजनीतिज्ञको रूपमा रहेको थियो । नेपालको इतिहासमा राणा जंगबहादुरको शासनकालमा वि.सं. १९१४ जेष्ठ १२ गते काठमाडौं टुँडिखेलमा विभत्स हत्याकाण्ड भएको थियो । त्यस दिन सरकार विरुद्ध लागेको भन्ने आरोपमा एक जना गुरुङ जम्दारलाई नेपाली सेनाका कालीबहादुर पल्टनका अन्य सिपाहीद्वारानै हत्या गराइएको थियो । यसरी मारिने ती जम्दार सुकदेव गुरुङका समकालीन मित्र र सहयोगी समेत थिए । इतिहासमा ती जम्दारको नाम श्रीपति गुरुङ थियो भन्ने कतैकतै उल्लेख भएको पाइन्छ । उक्त घटनाको केही दिन वित्न नपाउँदै सुकदेव गुरुङले लमजुङबाट जंगबहादुर र उनले लादेको शासन व्यवस्था विरुद्ध विद्रोहको घोषणा गरेका थिए । उनले विद्रोहलाई अभैm सशक्त बनाउन त्यसबेला समानान्तर सत्ता संचालक सरह हुने गरी आपूmलाई नौ सर्कार, बौद्ध बादशाहको रूपमा घोषणा गरेर, एकाधिकारवादी शासन विरुद्ध समान शासन व्यवस्थाको लागि अगाडि बढ्ने काम गरेका थिए । फलस्वरूपः उनको विद्रोहको प्रभाव लमजुङ मात्र नभई गोर्खासम्म पैmलिन पुग्यो । तर त्यसै वर्षको अन्तमा उनलाई राणा सरकारद्धारा गोर्खामा पक्राउ गरियो र राजद्रोहको आरोपमा आजीवन कैद सजाय तोकियो । वि.सं. (१९३३) चैत्र १० गत आइतवार उनको षडयन्त्रपूर्वक हत्या नहुँदासम्म उनले लामो कठोर जेल जीवन व्यतित गरेको देखिन्छ (तमू ह्यूल छोंज धीं, रूपन्देही) । शहीद सुकदेव गुरुङको सालिक भैरहवा बर्मेली टोलमा अव्यवस्थित तरिकाले खडा गरिएको छ । शहीद सुकदेव गुरुङको सालिकलाई पूर्ण सम्मानका साथ नागरिक समाज, गुरुङ समाज तथा सि.न.पा.को संयुक्त निर्णयले उपयुक्त स्थानमा स्थापना गरिनु पर्ने धारणा भैरहवाका आम जनताको छ (सागर, २०७२ : ३९) । हाल स्थान व्यवस्थापन गरी शहीद सुकदेव गुरुङको सालिक स्थापनकार्य सम्पन्न गरिएको छ । यथार्थमा जनताले उनको बलिदानको कदरस्वरूप शहीद सम्बोधन गरिएका शहीद सुकदेव गुरुङलाई नेपाल सरकारद्वारा अविलम्ब शहीद घोषणा गरी सम्मान अर्पण गरिनु पर्दछ भन्ने धारणा यस पंक्तिकारको छ ।

उपसंहार

अन्नपूर्ण हिमाल श्रृंखलाको दक्षिणी क्षेत्र मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा आदि जिल्लाका पहाडी भेकहरूमा आदिवासी तमू गुरुङहरूको घना बस्ती रहेको पाइन्छ । सृष्टिकालमा पानी, हावा, कुहिरो, आगो र फलाम उत्पन्न भई एक अर्काको प्रतिक्रियाबाट सुन्दर माटोको डल्लो बन्यो र उक्त माटोको डल्लो भित्रबाट तीन महापुरुषहरू उत्पन्न भए र सोही समय सात आमाहरूको पनि उत्पति भयो । यिनै तीन महापुरुष र सात आमाहरूको शाखा सन्तानबाट तमू गुरुङहरूको सृष्टि भएको कुरा तमू वेदमा उल्लेख भएको छ । तमू गुरुङहरूका पुर्खाहरू मंगोलियामा व्युत्पत्ति हुँदै त्यहाँबाट खानाको खोजीमा बसाईसराई गर्दै पश्चिममा कीर्किजस्तान, ताजीकीस्तान हुँदै पुनः दक्षिण पश्चिम मोडिएर नेपालको मुस्ताङ जिल्लामा पहिलो शताब्दीमा बसोबास गरेका भनिएका तमू गुरुङहरू क्होल भनिने स्थानमा ई.सं. ५०० मा राज्य कायम गरी बसोबास गरेका थिए । तमू अक्षरमा त को अर्थ वज्र माथि घोडा र बन्चरो जनाउँदछ । मू को अर्थ आकाश हो । तमूको अर्थ आकाशको वज्र घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन भनी विद्धान्हरू व्याख्या गर्दछन् । अन्नपूर्ण हिमालयको दक्षिणी पहाडी भेकहरूमा तमू गुरुङहरूको ससाना स्वतन्त्र राज्य भएका र ती राज्यहरू पछि शाह राजाहरूको राज्यमा गाभिन गएका तथ्यहरू इतिहासमा उल्लेख गरिएका छन् । तमू गुरुङहरूमा पनि चार जात ठूलो र सोह्र जात सानो भन्ने प्रचलन भएता पनि पछि लेफ्टिनेण्ट कर्णेल लक्षिमान गुरुङको उजुरीले जंगबहादुरबाट वि.सं. १९२४ मा गुरुङहरूमा ठूलो सानो जात नभएको सबै गुरुङ जाति एकै जात भएको भनी पैmसला भएको थियो । तमू गुरुङहरूको भाषा भोट बर्मेली भाषा अन्तर्गरत पर्दछ । यस भाषालाई तमुक्की, तमू क्यूई भनिन्छ र लिपि सम्बन्धमा धेरै छलफल पछि खेमालिपिलाई मान्यता दिनु पर्ने तमू विद्धान्हरूको राय छ । तमू गुरुङहरू बोन धर्ममात्र नअपनाई बौद्ध एवं हिन्दू धर्म अपनाउनेहरू पनि  छन् । आपूmले स्वीकारेको धर्म अनुरूप रीति रीवाज र संस्कार चलाउँछन् ।

तमू गुरुङहरू जन्मदेखि मृत्युसम्मका संस्कारहरू अन्तर्गत जन्मसंस्कार, नामकरण, छैंठी, न्वारान, पास्नी, पुटपुटे, चूडाकर्म, गुन्यू चोली दिने, विवाह तथा मृत्यु संस्कार आदि परम्परागत रीति रीवाज अनुरूप मनाउने गर्दछन् । तमू गुरुङहरूको आफ्नै जातीय भेषभूषा र आभूषण पहिरनका विधि छन् । चाडपर्वहरूमा सिल्दो नाल्दो (सिमेभूमे) प्हो वापा (स्वस्ति शान्ति), ल्होसार (नयाँ वर्ष पौष १५), गैड, प्होतें (गाउँ पूजा), पैmलु (कुल पूजा) लगायत बैशाख पूर्णिमा श्रीपञ्चमी, साउने संक्रान्ति, नाग पञ्चमी, जनै पूर्णिमा, वडा दसैं, तिहार, माघे संक्रान्ति, चैते दसैं जस्ता बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बीहरूले मनाउने चाडपर्वहरू पनि रमाइलोसँग मनाउने गर्दछन् । लोक संस्कृतिका अत्यन्तै धनी तमू गुरुङ जाति रोधीँ घर, घाटु नाच, सोरठी नाच, मारुनी नाच आदि अत्यन्त उत्साह र उमंगका साथ सञ्चालन गर्ने गर्दछन् । भेडा पालन, कृषि पेशा लगायत देश र विदेशका सैन्य सेवामा भर्ति एवं ठूला ठूला उद्योग र व्यापार व्यवसायमा समेत सहभागी भएर देशको आर्थिक उन्नतीमा टेवा दिइरहेका छन् । अत्यन्त सरल प्रकृतिका यी तमू गुरुङ जाति जंगबहादुरको निरंकुश शासन विरुद्ध सुकदेव गुरुङ लगायतका व्यक्तित्वहरूको बलिदान भएको छ । वीर शहीद सुकदेव गुरुङलाई आजको गणतान्त्रिक सरकारले शहीद घोषणा गर्न ढिला गर्नु हुँदैन । वि.सं. २०६८ को जनगणना अुसार तमू गुरुङहरूको कुल जनसंख्या महिला २८३७८० र पुरुष २३८८६१ गरी जम्मा ५२२६४१ (१.९७५) रहेको छ । यी मध्ये ३२५६२२ मात्र तमू गुरुङ भाषा बोल्दछन् । रूपन्देही जिल्लाको हकमा भने महिला ९६३३ र पुरुष ७८९७ गरी १७५३० तमू गुरुङ जनसंख्या रहेका र यी मध्ये १०५४७ जनाले आफ्नो तमू गुरुङ भाषा बोल्दछन् ।

भैरहवा

२०७४.१२.२३

 

सन्दर्भ सूची

अधिकारी, सूर्यमणि (२०६१), खस साम्राज्यको इतिहास, काठमाडौं : भुँडी प्रकाशन ।

केप्छैं, इन्द्रहादुर (सन् २०१२), बोन धर्म र चाड–पर्व, तमू छ्या ल्हु ताँ पोखरा : तमू छ्या ल्हु संघ नेपाल ।

क्रेम्छै तमू, पोलबहादुर (२०१२), तमूजातिः प्येताँ, ल्हताँ, पोखरा :तमू छ्या ल्हु संघ नेपाल ।

क्रोम्छै तमू, पदमबहादुर (२०७२), तमूको (ऐतिहासिक एवं सामाजिक विकासको) क्होला सोंथर र चिमीउँइडुको पय (पै) प्रकरण, रजत जयन्ती स्मारिका धरान ः:नेपाल बौद्ध गुम्बा, पूर्वाञ्चल सुनसरी ।

खत्री, प्रेमकुमार (२०६०), नेपालका धार्मिक मत र सामाजिक संरचना, काठमाडौं :एम.के. पब्लिशर्स एण्ड डिष्ट्रीब्युटर्स ।

खाण, दिलिपप्रताप (२०६३), चारकोट (स्याङ्जा) ः एक इतिहास, सगुन (स्याङ्जा विशेषाङ्क), स्याङ्जा :आँधीखोला साहित्य सदन ।

गुरुङ, जगमान कहाँगी लामा (२०७२), तमू (गुरुङ) संस्कृतिका प्रमुख विशेषताहरू, तमू ह्युल सुँ ताँ (वर्ष ७ अंक १), काठमाडौं :तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद 

गुरुङ, जगमान (२०७३), गुरुङ जातिका सामाजिक संस्कार, नेपालका जातीय सामाजिक संस्कार (खण्ड चार), काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।

गुरुङ, टेकबहादुर (२०७२), तमू जातिमा बोन संस्कार, मान्यता र चाडपर्वहरू, रजत जयन्ती स्मारिका, धरान : नेपाल बौद्ध गुम्बा, पूर्वाञ्चल ।

गुरुङ, पोलबहादुर (२०७२), गुरुङ समुदाय भित्रका परम्परागत धार्मिक, साँस्कृतिक–साँस्कारिक महत्व र मौलिक पहिचान, तमू ह्युल सुँ ताँ (वर्ष ७ अंक १), काठमाडौं ः तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ।

गुरुङ, बालनरसिंह (२०७२), गुरुङ पर्व र संस्कृति, बुटवल : श्रीमती मायादेवी गुरुङ ।

गुरुङ, भीम (२०७२), तमू भाषा बचाउने लिपि प्रति हाम्रो खेलवाड भयो कि?, तमू ह्युल सुँ ताँ, काठमाडौं : तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ।

गौतम, राजेश (२०६२), नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा – परिषदको भूमिका भाग–१, काठमाडौं : केशव स्थापित, कार्यवाहक सभापति, नेपाल प्रजा परिषद ।

च्हाक्ली, तेजबहादुर (सन् २०१२), तमु भाषा र लिपि, तमु छ्या ल्हु ताँ (स्मारिका), पोखरा :तमु प्ये ल्हु संघ, नेपाल ।

जोशी, हरिराम (२०७०), प्रदीप अभिवन संस्कृति विश्वकोष, भक्तपुर : वर्कर्स पब्लिकेसन्स ।

तमु (गुरुङ), नारायण ल्ह्ँगे (सन् २०१२), प्ये–ताँ ल्हु–ताँ संरक्षण र सम्बर्धनमा : खेगी – चोंगी, तमु छ्या ल्हु ताँ (स्मारिका) पोखरा : तमु प्ये ल्हु संघ नेपाल ।

थकाली (गुरुङ), होमा (२०६७), तमु गुरुङ जातिको उत्पत्ति र धर्म – संस्कृति, ललितपुर : लेखिका स्वयं ।

मोइजाला, पिर्को (२०७४), ग्रामिण गुरुङ सङ्गीतको इथ्नोग्राफिक अध्ययन : निरन्तरता र परिवर्तन, अनु. टंकप्रसाद गुरुङ, काठमाडौं:रत्न पुस्तक भण्डार ।

लेम गुरुङ, रत्नबहादुर (२०६४), गुरुङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी – २०६४, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।

ल्हेगेँ तमु, दलबहादुर (२०६४), तमु केवै ताँ, स्याङ्जा : भीमसेन गुरुङ ।

शर्मा, गोपीनाथ (२०७१), चौबीसी राज्यको इतिहास, काठमाडौं : मकालु प्रकाशन गृह ।

शर्मा, जनकलाल (२०५८), हाम्रो समाज :एक अध्ययन, काठमाडौं : साझा प्रकाशन गृह ।

शर्मा, डिल्लीराज (२०५५), नेपालको किल्ला वास्तुकला, काठमाडौं : नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रि.वि. कीर्तिपुर ।

श्रेष्ठ, तेजप्रकाश (२०६०), नेपाली लोकसंस्कृति केही सम्पदा, केही परम्परा, ललितपुर :साझा प्रकाशन ।

सागर, विजय (२०७२), “रूपन्देहीको ऐतिहासिक रूपरेखा”, रूपन्देही दर्पण, भैरहवा : रूपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान (रेसा) ।

सूचना विभाग (२०३१), मेचीदेखि महाकाली (भाग–३), पश्चिमाञ्चल विकास क्षेत्र, काठमाडौं : श्री ५ को सरकार, संचार मन्त्रालय ।

हागन, टोनी (२०७०), नेपालको चिनारी, अनुवादक – देवबहादुर थापा तथा अरू काठमाडौं : हिमाल किताब प्रा.लि. ।