क्षिजित परिवार र लुम्बिनीमा प्रतिरोधी आन्दोलन

आज राज्यसत्ता क्रान्तिकारीहरुका विरुद्ध फासिष्ट बन्दै गइरहेको छ । एकातिर लोकतन्त्र गणतन्त्रको दुहाई दिन्छ अर्कोतर्फ शान्तिपूर्ण सभा तथा सांस्कृतिक कार्यक्रमहरुमाथि बन्देज लगाउदैछ । जनताका दुःखपीडाका गीतहरु गाउँदै हिड्ने हामी कलाकारहरुमाथि राज्यले बन्दुक सोझ्याउने दुस्प्रयास गर्दैछ ।

–संयोग
कमरेड माओले चीनियाँ क्रान्तिपछि चलाउनु भएको महान सर्वहारा सांस्कृतिक क्रान्ति हुँदै नेपालमा माओवादी जनयुद्धकालमा जनवादी सांस्कृतिक आन्दोलन तीव्र भएर अगाडी बढ्यो । खासगरीकन वर्गसङ्घर्षको क्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनसांस्कृतिक आन्दोलनको नेतृत्व ग-यो । केन्द्रमा केन्द्रीय सामना परिवार र देशैभर जिल्ला, गाउँसम्म जनकलाकारहरुको माध्यमद्धारा सांस्कृतिक आन्दोलनलाई अगाडी बढ्यो । नेपाली जनताले चलाएको महान् जनयुद्धलाई जनताको देशको कुना काप्चामा पु-याउने काम यसले ग-यो । पार्टीको विचार, सिद्धान्तलाई जनतासम्म पु-याउने र जनतासंग नङ र मासुको सम्बन्ध पनि यति नजिक बनायो कि जुन कुरा यहाँ बयान गरिनसक्नु छ । हाम्रो क्षेत्रमा यसको काम क्षितिज सांस्कृतिक परिवारले ग-यो ।

कलाकार कमरेड डिवी थापा, क.चुनु गुरुङ, क. आरती लगायत थुप्रै कलाकारहरु क्षितिज परिवारले गुमायो । ती महान् सहिदहरुको रगतले सिञ्चिएर गौरवशाली इतिहास कायम गरेको क्षितिज परिवार मेरो विचारमा सायद केन्द्रीय सामना परिवारपछि अन्य जिल्लामा बढी सक्रिय र क्रियाशील रहेको छ । केन्द्रीय सामना परिवारका लागी क्षितिज परिवारले थुप्रै कलाकारहरु उत्पादन गरेर पठाउँदै आएको छ । शान्ति प्रक्रियासंगै तत्कालीन पार्टी नेतृत्वमा आएको वैचारिक विचलनपछि क्षितिज परिवारका कलाकारहरु विकेन्द्रीत हुन बाध्य भयो । पार्टीभित्र देखिएको विचलन, आरोह अवरोहबाट क्षितिज परिवार पनि अछुटो रहन सकेन । तत्कालीन नेतृत्व (अहिले पूर्व कमरेडद्धय पुष्पकमल दाहाल) र बाबुराम भट्टराई) को वैचारिक आत्मसमर्पण विरुद्ध कमरेड किरणको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि क्रान्तिकारी विचार लिएर महासङ्घले सांस्कृतिक आन्दोलनको नेतृत्व ग-यो । त्यसपछि २०७१ साल मङ्सिर ८ गते कमरेड विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि फेरि पनि क्रान्तिकारी धु्रवमा केन्द्रीत भयो । जनसांस्कृतिक आन्दोलनको इतिहासमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ निरन्तर क्रान्तिको पक्षमा उभियो । लुम्बिनीमा क्षितिज परिवारपनि क्रान्तिकारी आन्दोलनको विरासत बोकेर निरन्तर अगाडी बढिरहेको छ । २०७३ फागुनको पहिलो हप्तादेखि २०७४ कार्तिक तेस्रो हप्तासम्म करिव ११९ स्थानमा सांस्कृतिक कार्यक्रम प्रस्तुत ग-यो ।

पार्टीको नीति तथा कार्यक्रम अनुसार २०७४ माघ १५ देखि ०७५ जेठ मसान्त सम्म एकीकृत जनजागरण अभियान सुरु भयो । क्षितिज परिवारले यो अभियानको अवसरमा पार्टी र जनतावीच जोड्ने भ-याङ्को रुपमा काम ग-यो । अभियानको उद्घाटन नवलपुरको दलदलेमा एकीकृत मगर जनजागरण र कावासोतीमा एकीकृत जनजागरण अभियान सुरु भयो । २०७४ माघ १६ गते बर्दघाटमा कोणसभासंगै सांस्कृतिक कार्यक्रम सकेर २४ गते पाल्पा प्रवेश ग-यो । पाल्पा जिल्लामा २१ स्थानमा ३८ दिनसम्म सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । पाल्पा प्रायः मगर वस्ती रहेकोले त्यहाँको जातीय उत्पीडनलाई वर्गसङ्घर्षसंग जोडेर लैजानुपर्छ भन्ने सन्देश सांस्कृतिक कार्यक्रमको माध्यमद्धारा हामीले दियौं । पाल्पा जिल्लामा सांस्कृतिक कार्यक्रममार्फत पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पु-याउने र त्यहाँको जनजीविकाका सवालहरुलाई उठाउने काम भयो । त्यसपछि हाम्रो टिम रुपन्देही प्रवेश ग-यो । फागुन १९ देखि जनजागरण अभियान सुरु भयो । २३ गते रुपन्देहीको सैनामैना भड्छा, २७ गते गरगरे र तल्लो भैसाहीमा प्रहरीले हस्तक्षेप ग-यो । अभियानका नेतृत्वलाई गिरफ्तार गर्ने प्रयास ग-यो तर जनताको प्रतिरोधका कारण असफल भयो ।

२०७४ चैत २८ गते कपिलवस्तु हामी कपिलवस्तु लाग्यौं । २९ गतेदेखि अभियान सुरु भयो । नयाँ बर्षको अवसरमा पार्टी पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंग, केन्द्रीय सदस्य भेषराज भुसाल, मजदुर अध्यक्ष सञ्जीवकुमार, कपिलवस्तु इन्चार्ज संगम, सेक्रेटरी सुनिल लगायत क्षितिज परिवार र रक्तरञ्जित सांस्कृतिक परिवारका कलाकारहरु सहित शिवराज नगरपालिका भगवानपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

मधेशमा त्यहाँको थारु र मधेशी समुदाय सवैभन्दा राज्यबाट उत्पीडन सहँदै आएको छ । कपिलवस्तुमा हामीले प्राय थारु र मधेशी समुदायको वस्तीहरुमा अभियान केन्द्रीत ग¥यौं । मधेशमा जातीय आन्दोनलको नाममा त्यहाँ गरिब मधेशी थारु समुदायमाथि मधेशी सम्भ्रान्तवर्गले शोषण गर्दै आइरहेको छ । सांस्कृतिक कार्यक्रममा हामीले थुप्रै गीत नृत्यहरु प्रस्तुत ग-यौं । यसले जनतालाई मनोरञ्जन मात्र दिएन, जनताको पीरमर्का, दुःखसुख, भेदभाव र भ्रष्टाचार विरुद्ध पार्टीको नीति, सिद्धान्त र विचारको प्रचार ग-यौं । हामी जनताका गीत लिएर कहिले पश्चिम पुग्यौं टप्पा, देउडा लिएर, कहिले पहाड उक्लियौं कौडा, सालैजो, ठाडो भाका लिएर र कहिले मधेश चहा-यौं जमिनदारवर्ग विरुद्ध मधेशी, थारु र भोजपुरी गीत लिएर । कहिले पुग्यौं हिमाल हिमाली भेगमा भेडी, चौरी चराउने गोठालासंग दुःखसुख साट्न, कहिले पुग्यौं पूर्वतिर साकेला उधौली उभौली चाड मान्न, कहिले सहरमा पुग्यौं र गायौं लड्नै परे लड्ने हो क्रान्तिको बाटोमा, मर्नै परे मर्ने हो यही माटोमा । आधुनिक दासको रुपमा विदेशी भूमिमा काम गर्न बाध्य नेपालीको पीडा व्यथाका गीत लिएर झुपडीका आँगनमा गीत गायौं त कहिले महान सहिद परिवारका घर आँगनमा पुगेर सहिदका सपना पुरा गर्ने प्रतिबद्धता ग-यौं ।
हामीले गायौं–

“सलाम तिमीलाई सहिद तिम्रो सपना बाँकी छ
पुरा गर्नलाई
गिरल बानी साथी हामहुँ दुश्मनके प्रहार से
लालझण्डा नगिराह्य रखी तु सान से !
अरे ! मरना तो मरनु मइ बडा–बडा मुरगा खाइम वेर त नुनमे चटनी
अरे ! सियना तो सियनु मइ लावा लावा लुगा घालाम बेर उही फाटल चिठरी !

यी गीत नृत्यहरु नितान्त फरक छ, माया प्रेम र छाडा पश्चिमा संस्कृतिभन्दा भिन्न छ । जनताका दुःखव्यथाहरु उनिएका छन् । क्रान्तिको सपना छ र महान सहिदका सपनाहरु उनिएका छन् । अभियानको सन्दर्भमा मधेशमा सांस्कृतिक कार्यक्रम चलिरहेको छ । मधेशमा अहिले उखरमाउलो गर्मी छ । मधेश पुरै तातेको छ तर क्षितिज परिवार र रक्तरञ्जित परिवारले पार्टीको निर्देशनलाई निरन्तर कार्यान्वयन गरिरहेको छ । अभियानमा गोरुसिङेदेखि उत्तरतिर विरपुर, सिउटीमा भव्य रुपमा सांस्कृतिक कार्यक्रम ग-यौं । २०७५ बैशाख १८ गते बाणगंगा नगरपालिका दानापुरमा कार्यक्रम सुरु भयो । कमरेड गणेश थारुले सञ्चालन गर्दै हुनुहुन्थ्यो । कथित बाम एकता सरकारका भरौटेहरु आएर कार्यक्रम रोक्न भने । हामीले सांस्कृतिक कार्यक्रम हो, यतिधेरै जनता उपस्थित छन् हामी कार्यक्रम रोक्न सक्दैनौं भनेपछि उनीहरु बलप्रयोग गर्न खोज्दै थिए । हामीले नेतृत्वलाई साइड लगायौं र कलाकार कमरेड देवराजले कार्यक्रम चलाउनुभयो । प्रहरीहरु चारवटा गाडीमा तैनाथ थिए । जनताको ठूलो उपस्थिति थियो । कमरेड शम्भु र देवराजलाई गाडीमा हाली हालेछ । हामीले पट्टै पाएनौं । थाहा पाएपछि जनताको ठूलो शक्तिले त्यसको शसक्त प्रतिरोध ग-यो । कार्यक्रम रोकेको र गिरफ्तारी विरुद्ध जनतामा आक्रोश पैदा भयो । कमरेड आत्मा लगायत कलाकार कमरेडहरुलाई गिरफ्तार गर्ने प्रयास ग-यो तर सम्भव भएन । आक्रोशित जनताले प्रहरीलाई प्रश्न सोध्यो– “के सांस्कृतिक कार्यक्रम पनि गर्न नपाउने ? के यिनीहरुले हातहतियार सहित छन् ? के यिनीहरु छाडा नाङ्गै नाचेका छन् ? के हामीले आफ्नो दुःखसुखको गीत सुन्न नपाउने ?” जनताको प्रतिरोधले प्रहरी कायल भयो र लज्जाबोध भयो । जनताले गिरफ्तार गरिएका कमरेड शम्भु र देवराजलाई खोस्नका लागी प्रहरी गाडीमाथि झम्टियोे, प्रहरीले लाठीचार्ज ग-यो । प्रहरीका गाडीमाथि जनताले ढुंगामुढा बर्षाए । जनताले प्रहरी विरुद्ध जमेर प्रतिरोध गरे त्यसपछि प्रहरी भाग्न बाध्य भयो । जनताले ५०० मीटरसम्म लखेटे । थुप्रै प्रहरीहरु घाइते भए । अर्कोदिन विहान सयौंको सङ्ख्यामा जनताले पिपरा प्रहरी चौकी घेरा हाले । त्यतिवेला गिरफ्तार गरिएका कमरेडहरुलाई सदरमुकाम तौलिहवा लगिएको रहेछ । पार्टीको संयमताका कारण ठूलो दुर्घटना हुन सकेन । गिरफ्तार गरिएका कमरेडहरु २५ दिन हिरासत बसाइँपछि रिहा हुनु भएको छ । कमरेडहरुको रिहाइका लागी नेकपा कपिलवस्तु, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी व्युरो प्रेश विज्ञप्ती जारी ग-यो ।

आज राज्यसत्ता क्रान्तिकारीहरुका विरुद्ध फासिष्ट बन्दै गइरहेको छ । एकातिर लोकतन्त्र गणतन्त्रको दुहाई दिन्छ अर्कोतर्फ शान्तिपूर्ण सभा तथा सांस्कृतिक कार्यक्रमहरुमाथि बन्देज लगाउदैछ । जनताका दुःखपीडाका गीतहरु गाउँदै हिड्ने हामी कलाकारहरुमाथि राज्यले बन्दुक सोझ्याउने दुस्प्रयास गर्दैछ । खासगरि भूतपूर्व कमरेड पुष्पकमल दाहाल र रामवहादुर थापाहरु एमालेमा विलय भएपछि योजनाबद्ध रुपले क्रान्तिलाई सिध्याउने गरि आउँदैछन् । तर राज्यसत्ताका कुनै पनि षड्यन्त्र र दमनले क्रान्ति रोकिनेछैन । महान् सहिदका सपनाहरु पुरा नहुँदासम्म, जनताको वैज्ञानिक समाजवादी सत्ता नआउँदासम्म क्रान्तिको अविरल धारा रोकिनेछैन । दुस्मनका सवै जन्जिरहरु तोड्दै क्रान्ति निरन्तर अगाडी बढ्छ । यो इतिहासको नियम हो । लुम्बिनीमा सांस्कृतिक मोर्चाबाट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्षितिज परिवार र रक्तरञ्जित सांस्कृतिक परिवारले प्रतिरोधी सांस्कृतिक आन्दोलनको नेतृत्व गरिरहनेछ ।

(यो सामग्री  ‘झुल्केघाम’ साहित्यिक पत्रिकाको दोस्रो अंकबाट साभार गरिएको हो ।)