के निरपेक्ष सङ्गीतको वर्गचरित्र हुँदैन ?

–चाओ हुवा-
लिनप्याओको आलोचना गर्ने र कार्यशैलीको शुद्धिकरण गर्ने आन्दोलनलाई गहि¥याइएको र उपरीसंरचनाका क्षेत्रमा सङ्घर्ष–आलोचना–रुपान्तरणद्धारा निरन्तर नयाँ विजयहरु प्राप्त गर्दै आएको हुनाले देशमा अनुकूल परिस्थिति देखा परेको छ । तर कला र साहित्यको मोर्चामा वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष तीव्र र जटिल बनेको छ । तथाकथित निरपेक्ष गीतको कुनै सामाजिक अन्तरवस्तु हुँदैन तर प्रतिकूल र बदलिँदो मनस्थितिलाई सामान्य रुपमा अभिव्यक्त गर्दछ भन्ने हालसालैको विवाद कला र साहित्यका क्षेत्रमा संशोधनवादी कार्यदिशामा फर्कने संकेत मात्र हुन सक्छ ।

यस्तो खराव विचारको प्रतिक्रियावादी स्वभावलाई नङ्ग्याउनु पर्छ कि पर्दैन ? यो कुन सही र कुन गलत सम्बन्धी मुख्य प्रश्न हो र हामी यसलाई गौण ठान्न सक्दैनौं । यो वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तलाई सार्वभौम सत्यको रुपमा स्वीकार गर्ने कि नगर्ने, विचारधारात्मक क्षेत्रमा सर्वहारा अधिनायकत्वको अभ्यास गर्न पर्दछ कि पर्दैन ? माक्र्सवादी समालोचकीय ढाँचालाई पुँजीवादी कलामा बदल्ने किन तिनीहरुलाई चाओ याङ र उसका वकिलहरुको संशोधनवादी भ्रमका रुपमा “थोक विक्री” का रुपमा लिने भन्ने प्रश्नसंग सम्बन्धित छ, यो कला र साहित्यमा हुने सर्वहारा क्रान्तिलाई अन्त्यसम्म जारी राख्न सकिन्छ कि सकिन्न भन्ने प्रश्नसंग सम्बन्धित छ ।  सामन्यतयाः निरपेक्ष सङ्गीतले कुनै बिषय वा अन्तरवस्तुका सम्बन्धका वर्णन गरिएको शीर्षक विनाको बाह्य सङ्गीतलाई जनाउँछ र खासगरी यसको सांगीतिक स्वरुप र तालद्धारा संरचना गरिएको हुन्छ । उदाहरणका लागी “एक मेजरमा सिम्फोनी, सी माइमानरमा कन्सर्टो”, “लार्गो”, “अलेग्रो” आदि ।

पुँजीवादी सिद्धान्तकारहरुले जिकिर गरेका छन् कि निरपेक्ष सङ्गीत सामाजिक अन्तरवस्तु र वर्गस्वभावबाट मुक्त “शुद्ध सङ्गीत” को एउटा रुप हो । तिनीहरु भ्रमपूर्वक के विवाद गर्छन् भने सङ्गीत “सामान्य कल्पना हो, वास्तविकता होइन” सङ्गीत सङ्गीत हो अरु केही होइन । आधुनिक संशोधनवादीहरुले सामाजिक जीवनसंगको सङ्गीतको सम्बन्धप्रति ओठे सेवा देखाएर र निरपेक्ष सङ्गीतलाई “जनताको” र “वास्तविक” बताएर सर्वहारा र पुँजीवादी सङ्गीत बीचको भेद र अन्तरविरोधलाई मेट्न चाहन्छन् । किन पुँजीवादीहरु र संशोधनवादी दुवैले कलाको चरित्रलाई धुमिल्याउन सवै किसिमका मिथ्या बहसहरु गर्छन् ? किनभने पुँजीवादी कला र साहित्य लगायत पुँजीवादी विचारधाराले पुँजीवादी साहित्यलाई टेवा पु¥याउँछन् । तिनीहरुले आफ्नो कला र साहित्यको शोषक वर्गीय चरित्रलाई खुल्ला रुपमा स्वीकार गर्ने हिम्मत गर्दैनन् । त्यसको सट्टा पुँजीवादी शोषणको सारतत्वलाई लुकाउन तिनीहरु श्रमिक जनसमूहलाई ठग्नका निम्ति यसलाई सम्पूर्ण जनताको प्रतिनिधिका रुपमा चित्रण गर्दछन् ।

माक्र्सवादी–लेनिनवादीहरु भन्छन्–निरपेक्ष र कार्यक्रम सङ्गीत दुवै विचारधाराका रुपमा “निश्चित सामाजिक जीवनको मानवीय मस्तिष्कमा पर्ने प्रतिबिम्बनको उपज हो ।” बिषय वा अन्तरवस्तुको बर्णनात्मक वितरण बिनाको सङ्गीत कुनै पनि मानेमा “आवाजको बहावको रुप” हुन सक्दैन । तिनीहरुको रचनालाई बर्णनात्मक विवरण नदिनु एउटा अभिप्राय मात्र हो । जसमा सङ्गीतकारहरुले आफ्ना रचनाहरुका वर्ग अन्तरविरोधहरुलाई ढाकछोप गर्छन् । वास्तवमा एउटा सङ्गीतकारले निरपेक्ष सङ्गीत कम्पोज गर्दा स्पष्ट मनमा के लिनुपर्दछ भने ऊ केको तारिफ गर्न चाहन्छ ? र कुन अन्तरवस्तु र मानसिकतालाई प्रचार गर्न चाहन्छ ? भन्ने कुरालाई मनमा स्पष्ट रुपमा लिनुपर्दछ ।

जब जर्मन पुँजीवादी कम्पोजर बिथोवन (१७७०–१८२७) लाई उनको बर्णनात्मक विवरण विनाको सोनाटा रचनाका वारेमा सोधिएको थियो–“उनको जवाफ थियो, कृपया सेक्सपियरको “द टेम्पटेस्ट” नाम नाटक पढ्नुहोस् ।” हामीलाई थाहा छ, यो नाटकले मानवीय स्वभावको पुँजीवाद सिद्धान्तको प्रवचन गर्दछ । निश्चय नै सङ्गीतको अभिव्यक्ति साहित्यको भन्दा फरक हुन्छ । सङ्गीतले लय, ताल र माधुर्यका दृश्यलाई जगाउन विल्कुलै सादा वा सापेक्षित तरिकाले मर्मज्ञपूर्वक कुटिलतापूर्वक रचनाकारको विश्व दृष्टिकोण, विचार र भावनालाई अभिब्यक्त गरेर लय, ताल र माधुर्यका प्रयोग गर्दछ, एउटा कथा भन्छ वा भावनाको सन्देश फैलाउँछु । कुनै पनि हालतमा यसरी अभिब्यक्त विचार र भावनाहरु कहिल्यै पनि निराकर, अबोधगम्य कल्पना हुन सक्दैनन् किनभने तिनीरुलाई ज्ञानसम्बन्धी माक्र्सवादी सिद्धान्त र वर्गविश्लेषणको तरिकालाई प्रयोग गरेर ग्रहण गर्न सकिन्छ ।

उदाहरणका लागी रोमान्टिक स्कुल्को अस्ट्रियाली पुँजीवादी रचनाकार स्कुवर्ट(१७७६–१८२८) द्धारा रचना गरिएको वी माइनरमा सिम्फोनी (नसिद्धिएको सिम्फोनी) ले अभिब्यक्त गरेको वर्ग भावानात्मक र सामाजिक अन्तरवस्तु वर्णनात्मक छैन भन्ने विल्कुल स्पष्ट छ । यो सिम्फोनीको रचना १८२२ मा भएको थियो । जुनवेला अस्ट्रिया, जर्मन संघ राज्इको प्रतिक्रियावादी सामन्ती सुरक्षा छाता अन्तर्गत थियो र प्रतिक्रियावादी अस्ट्रियाली शासकहरुले मजदुर र किसानहरुलाई निर्दयीतापूर्वक शोषण र दमन गरेका मात्र होइन कि कुनै पनि पुँजीवादी विचारका बुद्धिजीवीहरुको नियन्त्रण अन्तर्गत सताइएको थियो । स्कुवर्टजस्ता निम्न पुँजीवादी बुद्धिजीवीहरुले राजनैतिक र आर्थिक संकटभन्दा बाहिर कुनै बाटो देखेनन् र त्यसको प्रतिरोध गर्ने हिम्मतको अभावमा तिनीहरुले यथार्थबाट पलायन भएर स्वतन्त्रताको सपना देखेर उदासीनता, आलस्य, निराशावाद र कुण्ठाको बाटो लिन पुगे र स्कुवर्टहरुको यो कार्यले यी वर्ग, भावना र सामाजिक अन्तरवस्तुलाई अभिव्यक्त गरे । यो खुल्ला वाक्यांश निराशायुक्त र अन्धकारपूर्ण छ । यो सम्पूर्ण सस्वरता ९क्थmउजयलथ० ले आफुलाई निम्न पुँजीवादी निराशा, कुण्ठा र निर्जन विपत्तिले भरेर यो भावनामा फैलाउँछ । समय–समयमा स्वतन्त्रताको सपना देखा पर्दछ तर यो पनि साकार हुन नसक्ने र नकरात्मक हुन्छ ।

अठारौं र उन्नाइसौं शताब्दीमा रचना गरिउका निरपेक्ष संगीतहरु पुँजीवादीहरुको स्वार्थलाई उजागार गर्ने र पुँजीवादी व्यवस्थालाई सेवा गर्ने युरोपियाली पुँजीवादी समाजका उत्पादनहरु हुन् । तिनीहरुमा अन्तरनिहित अन्तरवस्तु, विचार र भावनाहरुको पुँजीवादी वर्गस्वभाव छ । माक्र्सले भन्नुभएको छ–“पुँजी शीरदेखि पाउसम्मको हरेक छिद्रबाट चुहिएको रगत र पसिनाबाट आउँछ ।” र यो त्यही रगत र पसिना हो जसलाई पुँजीवादी सङ्गीतले बढाई चढाई गर्छ । यद्यपि केही रचनाहरु र भावनाहरु प्रतिबिम्बित गर्न सफल भए र निश्चय नै तिनीहरु अझै सर्वहाराको अधिनायकत्व अन्तर्गत आजको यो हाम्रो समाजवादी व्यवस्थासंग अप्रतिपस्पर्धात्मक छन् । त्यसपछि किन तिनीहरुको वर्ग अन्तरवस्तुलाई हटाएर तिनीहरुको प्रशंसा गरे ? आज पनि केही मानिसहरु अझै छन् । जो हाम्रा युवाहरुलाई यी साङ्गीतिक रचनाहरु घोकाउँछन् । यसले हाम्रा युवाहरुलाई कुन दिशातिर लैजाला ?

पुँजीवादी निरपेक्ष सङ्गीतका केही भक्तहरु यसले प्रदान गर्ने विरोधाभासपूर्ण र बदलिँदो मनस्थितिको रित्तो भाँडोलाई अगाडी ल्याएर आफ्नो वर्गस्वभावलाई ढाकछोप गर्न कोशिस गर्दछन् । यो अतिक्रमणकारी वर्गहरुको साझा मानवीय स्वभावको पुँजीवादी सिद्धान्तको प्रतिक्रियावादी विचार हो । किनकी यी मानिसिकताहरु समकालीन समय, समाज तथा सम्बनिध्त वर्ग अनुसारहरु मानिसहरुको भावना र विचारजस्तै खुशी र रिस, सुख र दुःखभन्दा बढी अरु केही होइनन् । यो साभाm आवेग र भावनामा सवै मानिसहरुले भागबन्डा गर्दछन् भन्ने पुँजीवादी फोहोरलाई लुसुनले निर्ममतापूर्वक खण्डन गर्नुभयो । उहाँले भन्नुभयो,“निश्चय नै खुशी र रिस, सुख र दुःखवारे जान्नु मानवइ िस्वभाव हो तर गरिबहरु स्टकएक्स्चेन्जमा पैसा हराएकोमा कहिल्यै चिन्तित हुँदैनन् । तेल महाजनले पेकिङमा कोइला बटुलिरहेकी बुढी महिलाको दुखलाई बुझ्न सक्दैन । अनिकालको शिकार भएकाहरुले धनी बुढो मानिसझैं सुनाखरी फुलाउन सक्दैन र !” वर्गको छाप नलागेका (कुनै वर्गसंग असम्बन्धित) हरुको कुनै भावनाहरु हुन्नन् ?

“आनन्द” लाई तीव्र अन्तरविरोधी तरिकाले मात्रै प्रस्तुत गर्न सकिन्छ । महिलाहरुको लालदस्ता नामक आधुनिक क्रान्तिकारी नृत्य नाटकको तेस्रो दृश्यमा अत्याचारी जमिनदारको जन्म दिवसका निम्ति तयार पारिएको सङ्गीतले यसरी जमिनदारको कामातुर अतिसय दुराचारलाई नङ्ग्याउन निरर्थक माधुर्य र लय प्रस्तुत गरेको छ । यसको विपरित अर्को दृश्यमा सिपाहीहरु र नागरिकहरु नाचेको मनमोहक चेतनाबोधक सङ्गीतले क्रान्तिकारी आधारमा चम्किलो सूर्योदय र आनन्दलाई प्रस्तुत गरेको छ । के यी दुई साङ्गीतिक पाटाले उही भावना सम्प्रेषण गर्दछन् ?

फेरि “देश” को बिषयलाई लिऊँ । दशौं शताब्दीमा दक्षिणी ताङ राज्यका अन्तिम राजा लिउद्धारा लेखिएको कविता जसमा उले यसभन्दा अघिल्लो दरवारिया पतनशील जीवनसंग बन्धुत्वको आशा ग¥यो । एउटा सामन्ती वादशाहले आफ्नो पराजयपछिको वेदना यसरी अभिव्यक्त गरेको छ ।
कुँदिएका बार्दलीका कलात्मक खम्बाहरु,
टट्टुजस्ता झण्डा राख्ने ढुङ्गे खम्बाहरु अझै छन्
तर ती गुलाबी गालाहरु गइसकेका छन्
कति महान छ मेरो मालिकको वेदना,
पूर्वतर्फ अन्त्यहीन वगिरहने वसन्तको नदीजस्तो

तर सर्वहारा लडाकु लु सुनले दुखलाई यसरी चित्रित गर्नुभएको छ –
कालो दुब्लो अनुहार भएकाहरुले एउटा समूह काँडाघारीमा
किन अझै आक्रोशले पृथ्वी हल्लाउने हिम्मत गर्दछन् ?
म हाम्रो सम्पूर्ण दूरदूरसम्म फैलिएको जमिनमा ओथारो बस्छु
र यो मौनतामा गर्जँदो आवाजको घन्टा ध्वनि सुन्छु ।।

जापानी अतिक्रमणकारीहरु र कोमिन्ताङ प्रतिक्रियावादीहरुद्धारा गरिएको जनतामाथिको जङ्गली दमनको यो घृणा मिश्रित तिरस्कारले दशौंलाख श्रमिक जनताको वर्गघृणा र राष्ट्रिय शत्रुत्वको सन्देश दिन्छ । यो लडाकु आक्रोशको एउटा सामन्ती राजाले आफ्नो राज्य गुमाएवापतको वेदनासंग तुलना हुन सक्दैन । यी दुई पूर्ण विपरित भावनाहरु अभिव्यक्त गर्न एउटै लय प्रयोग गर्न सकिन्थ्यो भनेर दावी गर्नु ढोँग मात्र हो ।

वर्ग अन्तरवस्तुविनाको “चम्किलो”, “स्वास्थ्यालय बारेको खोक्रो कुराका सम्बन्धमा यो एउटा अतिभौतिकवादी मान्यता हो जसलाई संशोधनवादीहरुले तिनीहरुका पुँजीवादी मालको खुद्रा कारोवार गर्ने प्रयास गर्छन् । चाओ याङले एकपटक भन्यो कि वाल्ट ह्विटम्यान भन्ने अमेरिकी पुँजीपति “स्वस्थ्य र फरासिलो मन भएको, उच्च आदर्शको एक जोडा र्काशील हात भएको र शाश्वत आशावादी”, “नक्कल गर्न योग्य” “अनुकरण गर्न योग्य” थियो । तर हामी यदि सर्वहारावर्गले साँच्चै नै पुँजीपतिको “अनुकरण” र नक्कल गर्न योग्य” गर्नुछ भने हामीले प्रतिक्षा गरेको कुरो “चम्किलो आकाश” नभएर कालकोठरीको अँध्यारो हुनेछ ।

पुँजीपतिहरुले के विश्वास गर्छन् भने १८ औं शताब्दीको अस्ट्रियाली पुँजीवादी सङ्गीत निर्माता मोजार्टले “चम्किलो र स्वस्थ” भावनालाई एकत्रित गरेका हुन् । तर, हामी श्रमिक जनतालाई स्पष्ट थाहा छ कि यी भावनाहरुलाई समृद्ध र जोसिला भावनाहरुसंग तुलना गर्न सकिँदैन । तर आन्तदले भरिपूर्ण रहनीले चीनियाँ जनाको हृदयमा रातो सूर्य र कम्यसनिष्ट पाटीबाृ तारिफ गरेका तथा विहानको र्सूमा चम्केको हाइविकसको भूमि र दबिएका किसानहरुको मुक्तिको आत्मा जगाउने दृश्यलाई प्रस्तुत गर्दछ र यो रहनीद्धारा जगाक्ष्एको आन्दाको यो अनियन्त्रित स्वस्थ हाँसोसंग कुनै पनि पुँजीवादी सङ्गीतलाई कुनै पक्षबाट तुलना गर्न सकिन्न ।

चाओ याङ र उसका साथीहरुले बर्बराए पनि सङ्गीतको समग्र पश्चिमीकरणको कारोबार गर्ने तिनीहरुको प्रयासको सैद्धान्तिक आधारको झुटो प्रचार गर्नका निम्ति “सङ्गीत सार्वभौम भाषा हो” भन्ने प्रचारमा लागे पनि वास्तवमा हरेक वर्गले आफ्नै भाषा बोल्छ र वर्गभन्दा अघि बढेको तथाकथित सार्वभौम भाषाको रुपमा कुनै पनि चीज छैन । संसारभरी गाईने अन्तर्राष्ट्रिय गीत पनि सर्वहाराको मात्र साझा भाषा हो । यो लयको आवाज सुनेर पुँजीपतिवर्ग काँप्छन् । लेनिनले भन्नुभएको छ–“जुनसुकै देशको वर्ग, सचेत मजदुर र जनताले बनाएका भएपनि भाषाविहिन, साथीविहिन भएर राष्ट्रबाट टाढा महसुस गरे तापनि अन्तर्राष्ट्रियको प्रसिद्ध रहनीद्धारा यसले आफै कमरेड र साथीहरु पाउन सक्छ ।”

असी बर्षदे िखजो जोसिलो गीतले सवै देशका मजदुलाई पुरानो संसार भत्काउन र साम्यवादको स्थापना गर्न लड्न, एकताबद्ध हुन अभिप्रेरित गरेको छ । सम्पूर्ण प्रतिक्रियावादीहरुले सर्वहाराको यो युद्धगीतलाई डरलाग्दो धम्कीको रुपमा लिन्छन् र अन्तर्राष्ट्रिय गीतलाई जनतामा सम्प्रेषित हुनबाट रोक्न आफ्नो शक्तिले भ्याएसम्म गर्छन् । यसरी के प्रतिक्रियावादीहरुले सर्वहारा वर्गसंग साझा भाषामा सहभागिता जनाए त ?

लिऊ शाओ ची, लिन प्याओ, चाओ याङ् र तिनीहरुको गिरोहले पुँजीपति र देशभित्र तथा बाहिरका सम्पूर्ण प्रतिक्रियावादीहरुसंगको साझा भाषामा सहभागिता जनाए किनभने साम्राज्यवादी, संशोधनवादी र प्रतिक्रियावादी जसता यी गद्दारहरुले सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको विरोध गरे र चीनमा पुँजीवादको पुनःस्थापना गर्ने व्यर्थको प्रयास गरे । यो प्राचीन चीनको दास–मालिक वर्गको प्रवक्ता र प्रतिरक्षक कन्फुसियस, जसले “धर्म हरायो र सङ्गीतको विनास भयो” भन्ने चिन्ता लिएर दास व्यवस्थालाई असफल हुनबाट रोक्नको निम्ति नवोदित लोकगीतमाथि सांघातिक आक्रामण गरी जनतालाई जड र दास बनाउने उद्देश्यले प्रतिक्रियावादी सङ्गीतको प्रसार गर्ने भरमग्दुर प्रयास ग¥यो । यो व्यर्थको प्रयास थियो ।

कलाको रुप जस्तै सङ्गीत सदैव वर्गसंघर्षको साधन बनेको छ र कला र साहित्यको मोर्चामा वर्ग संघर्ष र दुई लाइन संघर्षमा पनि निकै पेचिलो बनेका छ । महान सांस्कृतिक क्रान्तिको दौरानमा लिन प्याओको आलोचना गर्ने र कार्यशैलीमा सुधार गर्ने आन्दोलनको यस मोर्चामा महान विजयहरु प्राप्त भएका छन् र बुद्धिजीवीहरुले ज्यादै ठूलो प्रगति गरेका छन् तर “सम्पूर्ण जनताका कला र साहित्य” तथा “जनतालाई समृद्ध पार्नको निम्ति कला र साहित्य” जस्ता ल्यु साओ ची, लिन प्याओ, चयो आङ र उसका मतियारहरुले लामो समयसम्म कारोवार गरेको संशोधनवादी मालहरुको विनाशक प्रभाव गहिरिदै छ र अझै उन्मुल्न गर्न असम्भव छ । केही मानिसहरु पुँजीवादी शास्त्रीय सङ्गीतको अभिरुचिपूर्वक कुरा गर्छन्, यो देखेर मुर्छा पर्छन् र सवै चीज विदेशी भन्ने आफ्नो दास मनोवृत्तिलाई देखाएर यसको अगाडी लम्पसार पर्छन् । राष्ट्रिय कलाको सवालमा तिनीहरु सेन्यवादी हुन् । तिनीहरुको विदेशी चिजहरुप्रतिको सम्मान पुँजीपतिहरुप्रतिको सम्मान हो । यदि यी विदेशी चिजहरुको सम्मान गर्ने र चीनियाँ चिजहरुलाई हेला गर्ने दोषपूर्ण विचारको आलोचना र खण्डन गरिएन भने सर्वहारा कला र साहित्य विकसित हुन सक्ने छैन । अध्यक्ष माओको कला साहित्य सम्बन्धी क्रान्तिकारी कार्यदिशा कार्यान्वयन हुन सक्नेछैन ।

हामीले विदेशी चिजहरुलाई अन्धाधुन्ध तरिकाले बहिष्कार गर्नुहुन्न । हामीले माक्र्स, एंगेल्स, लेनिन र स्टालिनद्धारा विकास गरिएको क्रान्तिकारी सिद्धान्तलाई शुद्ध मनले अध्ययन गर्नु पर्दछ । हामीले सम्पूर्ण देशका मजदुर वर्ग र क्रान्तिकारी जनताको क्रान्तिकारी अनुभवबाट सिक्नुपर्दछ र विकसित विज्ञान प्रविधि प्राप्त गर्नुपर्दछ । हामील्े शास्त्रीय पुँजीवादी सङ्गीतबाट केही प्रविधिहरुलाई विवेचनात्मक तरिकाले आफ्नो बनाउनु पर्दछ तर हामीले गुण र दोष नछुट्टयाई कुनै चिज र हरेक चीजलाई सर्लक्कै निल्नु हुन्न र आफुलाई कहिल्यै पनि पँुजीवादी कलाकारहैका पाउमा फ्याक्नु हुन्न । जस्ता कि एंगेल्स भन्नुहुन्छ–“प्रचीन शैलीको चरित्रचित्रण आज धेरै लामो समयसम्म पर्याप्त हुँदैन ।” हमी “भूतलाई वर्तमानको सेवामा लगाउने र विदेशी चिजहरुलाई चीनियाँ चिजहरुकोसेवामा लगाउने” सिद्धान्तप्रति प्रतिबद्ध रहनुपर्छ र नमुना क्रान्तिकारी नृत्य सम्बन्धी रचनाहरु निर्माण गर्दा अनुभवहरुबाट सिक्नुपर्छ । सर्वहारा सङ्गीत र कलालाई हाम्रो समयको सवभन्दा धनी कला बनाउनुपर्छ ।

कमरेड चाओ यानले चीनियाँ कम्युनिष्ट पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको राजनैतिक प्रतिवेदनमा उल्लेख गर्नुभएको छ–“हामीले संस्कृतिका सवै क्षेत्र लगायत उपरी संरचनामा हुने वर्गसंघर्षको महत्वमा जोड दिनुपर्छ र हामीले साहित्य र कलामा क्रान्तिलाई निरन्तर जारी राख्नुपर्दछ । “कला र साहित्य सम्बन्धी मोर्चामा भएको वर्गसंघर्षको ऐतिहासिक अनुभवले देखाउँछ कि पुँजीपति र अरु शोषक वर्गहरुको विचारधारा एउटा वा दुईटा आलोचनाद्धारा मात्र उन्मूलन हुन सक्दैन । हामीले शुद्ध मनले दशौं महाधिवेशनका दस्तावेजहरुको अध्ययन गर्नुपर्छ, दशौं पार्टी महाधिवेशनका भावनालाई कार्यान्वयन गर्नुपर्छ । पार्टीको आधारभूत कार्यदिशालाई प्रमुख सम्बन्धको रुपमा लिनुपर्दछ । लिन प्याओको आलोचना गर्ने र कार्यदिशामा शुद्धीकरण गर्ने आन्दोलनलाई अझ बढी गहि¥याउने र त्यसलाई पुँजीवादी विश्व दृष्टिकोणले आलोचना गर्ने यथार्थतासंग पनि जोड्ने गर्नुपर्छ । हामीले अध्यक्ष माओद्धारा देखाइएको क्रान्तिकारी बाटोमा निरन्तर अघि बढ्नुपर्दछ र हामी कहिल्यै पनि पछि पर्नुहुँदैन । हामीले कला र साहित्यमा संशोधनवादी कार्यदिशातर्फ फर्कने कुराको प्रतिरोध गर्नुपर्दछ र त्यसप्रति सचेत रहनुपर्दछ । हामीले महान् सर्वहारा सांस्कृतिक क्रान्तिका फलहरुको दृढतापूर्वक प्रतिरक्षा र विकास गर्नुपर्दछ । कला र साहित्यमा सर्वहारा क्रान्तिकारीलाई अन्त्यसम्म जारी राख्नुपर्दछ ।
(स्रोत–कलम अङ्क–२, पूर्णाङ्क–४४–४५)