१० बुँदे माग सहित किसान महासंघ क्रान्तिकारी अर्घाखाँचीले बुझायो ज्ञापन पत्र

 

 

 

 

अनिल नेपाली

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाको कृषि ज्ञान केन्द्र नगर पशु सेवा शाखा अर्घाखाँचीमा एक कार्यक्रमका बीचमा आज ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउँदै जिल्ला संयोजक नरिश्वर पाण्डे ले नेपाल कृषि प्रधान देश भएतापनि कृषिमा सरकारले अपेक्षा गरेअनुसार कृषिमा लगानी नगरी अन्य क्षेत्रमा लगानी गर्दा कृषि नेपालमा फस्टाउन नसकेको भन्दै १० बुद्धे माग सहित ज्ञापन पत्र बुझाएको बताउनुभएको छ ज्ञापन पत्रमा बास्तविक किसानलाई अनुदान दिनुपर्ने कृषकलाई ऋण निशुल्क रुपमा उपलब्ध गराउनुपर्ने रोजगारीको शिलशिलामा विदेशीएका युवाहरुलाई स्वदेशमै कृषिको व्यबस्था गर्नुपर्ने बास्तविक किसानलाई निशुल्क जग्गा उपलब्ध गराउनुपर्ने ,भुमिहिन सुकम्वासीको लागि तत्काल जग्गा उपलब्ध गराउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको जिल्ला संयोजक नश्रिबर पाण्डे बताउनुभएको छ ।
 यातना धरपकड झुटा मुद्धा लगाउने क्रियाकलाप तुरुन्त रोक्नुपर्ने ।