एक्काइसौं शताब्दीको समाजवाद

 

धेरै लेखकहरूले के सोच्दछन् भने जसलाई सांस्कृतिक भूमण्डलीकरण भनिएको छ, त्यो ‘विश्वभरि संस्कृतिको अमेरिकीकरण बाहेक अरु केही होइन ।

-मार्ता हार्नेकर

(ल्याटिन अमेरिकी लेखिका मार्ता हार्नेकरकोनयाँ कृति Rebuilding the Left को नेपाली संस्करण ‘एक्काइसौं शताब्दिको समाजवाद दुई वर्ष अगाडि प्रकाशित भएको थियो । जसलाई विद्वानहरू रमेश सुनुवार र नन्दनहरि दाहालले अनुवाद गर्नुभएको हो । विश्वमा समाजवादी सत्ताको अवसान भएपछि पुनः नयाँ शिराबाट समाजवादको स्थापना र अभ्यासका विभिन्न प्रयोगहरू ल्याटिन अमेरिकी देशहरूमा देखिएका छन् । जसको कारण विश्वको ध्यान ल्याटिन अमेरिकी देशतिर तानिएकोछ । भेनेजुयलामा देखा परिरहेका घटनाले त्यसकोमहत्व झन् बढाएको छ । त्यसै सन्दर्भमा सो पुस्तकका महत्वपूर्ण अंश साभार प्रकाशित गरिएको छ ।)

-आज राजनीतिज्ञहरूले होइन, व्यवसायिक व्यक्तिहरूका समूहहरूको निर्णयहरू गर्दछन् वा तिनीहरूमाथि निर्णायक प्रभाव पार्दछन् । वास्तवमा केही अनिवार्य क्षेत्रहरू, उदाहरणको लागि अर्थतन्त्र र सैनिक संस्थाहरू उत्पन्न हुन्छन्, जुन एउटा पराराष्ट्रिय निकायका राष्ट्रिय निकायहरू हुन्छन्, अन्तर्राष्ट्रिय मुद्रा कोष, उत्तर एटलान्टिक सन्धि संगठन, विश्व बैंक, युरोपेली संसद ‘जुन आन्तरिक रुपले देशभित्र, जनमतलाई ध्यान नदिइकन नियन्त्रण गर्न वा महत्वपूर्ण कार्यहरू गर्न सक्षम छन् ।

– टेलिभिजन सञ्चारको लागि एउटा यन्त्र बनेको छ । यसको एउटा ठूलो प्रभाव छ, किनभने यसले प्रशारण गर्ने कुराहरूमध्ये अधिकांशलाई दर्शकहरूले यथार्थको रुपमा अनुभूत गर्दछन् । आलोचनात्मक दृष्टि राख्न धेरै कठीन छ । तर पनि, सञ्चार माध्यमद्वारा प्रदर्शित यथार्थता बहुसंख्यक दर्शकहरूको लागि अस्तित्वमा हुँदैन ।

-धेरै लेखकहरूले के सोच्दछन् भने जसलाई सांस्कृतिक भूमण्डलीकरण भनिएको छ, त्यो ‘विश्वभरि संस्कृतिको अमेरिकीकरण बाहेक अरु केही होइन ।

– संयुक्त राज्य अमेरिकाले विज्ञापनमा ३ अरब डलर खर्च गर्छ । अमेरिकी वस्तुहरूको लागि विश्वव्यापीकरण माग सृजन ागर्न, विश्वव्यापी रुपमा तिनीहरूको खपत गर्नको लागि तिनीहरूको उत्पादन गर्नु पनि आवश्यक हुन्छ र त्यसको लागि कोकाकोला जस्ता ठूला कम्पनीहरू आफ्नो उत्पादनको विज्ञापन मात्र सीमित रहेर पुग्दैन । तिनीहरूले सँगसँर्ग अमेरिकी तौरतरिका’लाई पनि बढाईचढाई गर्नुपर्दछ ।

– जुन कुराहरूले वास्तवमा मानिसहरूको चिन्तन गर्ने तरिकालाई ढाल्दछ, त्यसले संकेत गर्ने खतरासहित, तिनीहरू शक्तिशाली श्रव्य–दृश्य उपकरण्हरू हुन् । तिनीहरूको स्वामित्व ठूलापरा राष्ट्रिय कम्पनीहरूद्वारा नियन्त्रित थोरै मानिसहरूको हातमा निरन्तर केन्द्रित हुँदैछ । जसले सूचनालाई शासक वर्गहरूका हितमा परिचालन गर्दछन् ।

– जब यो समस्याको विश्लेषण गरिन्छ, शक्ति सन्तुलनको विषयलाई विर्सनु हुँदैन । जबसम्म बुर्जवा वर्गले शक्तिशाली भएको मशसुस गर्दछ र त्यसले या मतपत्रको माध्यमबाट यात हतियारको माध्यमबाट नियन्त्रण गर्दछु भन्ने सोच्दछ, तबसम्म त्यो निश्चित रुपमा एउटा क्रान्तिकारी योजनासँग सहकार्य गर्न इच्छुक हुनेछैन, जुन पुँजीको उद्देश्यको विरुद्ध जान्छ ।

-श्रमिक वर्गमाथि आलोचनारहित विशेष जोडले ल्याटिन अमेरिकी पार्टीहरूलाई त्यो महादेशको क्रान्तिकारी सामाजिककर्ताका विशिष्ट चरित्रहरूको वेवास्तातिर उन्मुख गरायो र ल्याटिन अमेरिका क्रान्तिकारीहरूमा आदिबासीहरू र क्रिश्चियनहरूले निर्वाह गर्नसक्ने भूमिकालाई बुझ्न नसक्ने बनायो ।

– यसको अतिरिक्त उनीहरूले के बुझेनन् भने अग्रदस्ता हुनु भनेको स्वयंलाई पार्टीले घोषित गर्ने कुरा होइन, बरु संघर्षको
माध्यमबाट प्राप्त गर्ने कुरा हो र पश्चदस्ताबिना कुनै अग्रदस्ता हुन सक्दैन ।

-कसैले पनि जनमतलाई प्रभाव पार्ने कुरामा आधुनिक संचार माध्यमको क्षमतामाथि विवाद गर्दैन । सञ्चार माध्यमहरू, जुन निरन्तर रुपले थोरै मानिसहरूको हातमा केन्द्रित भइरहेका छन् । शासक वर्गको लागि स्वीकार्य सीमाहरू भित्र ‘विचार र दृष्टिकोणहरूलाई प्रवाह’ गर्न र यसरी ‘स्थापित
विशेषाधिकार र प्राधिकारको लागि कुनै सम्भावित चुनौतिलाई’ त्यसले ‘आकार ग्रहण र शक्ति संचय गर्नसक्नु’ भन्दा पहिले विचलित बनाउन लाग्दछन् ।

-नोम चोम्स्कीका अनुसार बुर्जवा उदारवादीहरूले जनवादी खेल स्वीकार गर्नको लागि एउटा मात्र शर्त राख्छन् – संचार माध्यमलाई नियन्त्रण गरेर उनीहरूले ‘सहमती निर्माण गर्न’ र ‘जेगली भीडलाई तालिम दिन’ सक्छन् ।

– यो स्मरण गर्नु महत्वपूर्ण हुन्छ कि राजनीतिमा सही हुनु मात्र पर्याप्त छैन । बरु सही समयमा सही हुनु पनि आवश्यक छ र विचारहरूलाई व्यवहारमा ल्याउने शक्तिहरू हुनु पनि आवश्यक छ ।

– सदस्यहरूको परिचय पार्टी बाहिर गरिनेकार्यद्वारा निर्धारित हुनुपर्दछ, पार्टीभित्र गरिने कार्यद्वारा होइन । यसको अर्थ के हो भने नयाँ संगठनका सदस्यहरूले आफ्नो अधिकांश समय पार्टी र समाजको बीचमा सम्बन्धहरू विकास गर्नमा लगाउनुपर्दछ ।

– नयाँ युगको लागि राजनीतिक कार्यकर्ताहरू सैनिक मानसिकता भएका कार्यकर्ताहरू हुन सक्दैनन् – आज हामी कुनै सैनिकको नेतृत्व गरिरहेका छैनौं, जसको अर्थ यसो भन्नु होइन कि केही निर्णायक घुम्तीहरूमा यस्तो रुपान्तणको आवश्यकता हुन सक्दैन । न त उनीहरू आवेग–प्रेरित लोकवादी नै हुनसक्दछन् । किनभने हामी भेडाहरूको बथानलाई नेतृत्व गरिरहेका छैनौं

– हामीले आफूलाई र अरुलाई सिकाउनुपर्ने आधार भूत मूल्यहरू मध्ये एउटा के हो भने चिन्तन र व्यवहार अर्कासँग सुसंगत हुनुपर्दछ र दोहोरो मापदण्डलाई अस्वीकार गर्नुपर्दछ । यसको सबैभन्दा उत्तम उदाहरण चे ग्वेभारा हुन् ।

– कार्यकर्ताहरूले के बिर्सेका छन् भने समाजवादमा पनि ‘नयाँ समाजले पुरानो समाजको विरुद्ध धेरै कठीन प्रतिष्पर्धा गर्नुपर्दछ’ किनभने ‘विगतका असफलताहरू व्यक्तिगत चेतनामा वर्तमानलाई प्राप्त भएका हुन्छन्’ र यसैकारण ‘तिनीहरूलाई उन्मूलन गर्न एउटा निरन्तर प्रयत्न गरिरहनुपर्दछ ।’

– यो कुरा तबमात्र सम्भव हुन्छ जब कुनैपनि व्यक्तिसँग सम्पूर्ण सत्य हुँदैन, अरुसँग पनि केही सत्य हुन्छ र त्यसैकारण उनीहरूका विचारहरू वैध हुन्छन् भन्ने कुरालाई स्वीकार गरेर आरम्भ गरिन्छ । यदि संवाद र बहस बुझाईमा, सहमतिमा पु¥याउन असफल हुन्छन् भने भिन्नताहरूको समाधान मतदानबाट गर्नुपर्दछ । तर यसले तबमात्र काम गर्दछ, जब संलग्न भएका सबै मानिसहरू मतदानका परिणामहरू स्वीकार गर्न इच्छुक हुन्छन् ।

– पार्टीलाई व्यक्तिगत उन्नतीको लागि एउटा साधनको रुपमा उपयोग गर्नु हो । जबकि पार्टी र संचार ती मानिसहरूको विरुद्ध वैचारिक संघर्षको लागि साधनहरू हुनुपर्दछ, जसले जनतालाई उत्पीडन गर्दछन् ।