आर्दश व्यक्तित्व : कृष्ण सेन ‘ईच्छुक’

शिव डुम्रे

जेष्ठ १३ प्रगतिबादी साहित्यकार र जनपक्षीय पत्रकारहरुको आर्दश कृष्ण सेन ईच्छुकको १६ औं स्मृति दिवस । ०५९ साल जेठ ६ गते गिरफ्तार गरी एकसातासम्म बेपत्ता बनाईएका ईच्छुकलाई १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरियो ।

२०१३ कात्तिर्क ३ गते भारतको देहरादुनमा जन्मिनुभएको सेनले नेपालको कम्युनिष्ट आन्दोलनलाई पत्रकारिता र साहित्यको मोर्चाबाट ठूलो योगदान गर्नुभएको थियो । खासगरी आफूलाई प्रगतिवादी साहित्यकार र जनपक्षीय पत्रकारको रुपमा उभ्याएका ईच्छुक आफैंमा राजनितिज्ञ हुनुहुन्थ्यो । सेनको जीवनलाई केही आयामहरुबाट हेर्न सकिन्छ, खासगरी प्रगतिवादी साहित्यमा उहाँले दिनुभएको योगदान उहाँका रचनाहरु अहिलेसम्म पनि जीवन्त समाज बोलिरहँनुले पनि बुझ्न सकिन्छ । पत्रकारितामा उहाँको जीवन मुख्यगरी जनपक्षीय र क्रान्तिको पक्षमा लेख्न र बोल्नमा शसक्त देखिन्छ । जनादेश, जनदिशा, जनादेश, महिमा, कलम, जनआह्वान, पृष्ठभूमि, जनधारणा लगायतका पत्रिकाहरुमा उहाँले आफ्नो पत्रकारिताको महत्वपूर्ण भूमिका खेल्नुभयो । कृष्ण सेनको जीवनमा सांस्कृतिक आन्दोलनको लागि समेत अग्रणी स्थानमा लिईन्छ । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा सामन्तवाद र साम्राज्यवादी अतिक्रमणकारी संस्कृतिका विरुद्धमा जनवादी सांस्कृतिक आन्दोलन सञ्चालन गर्नमा समेत ईच्छुकको अतुलनिय भूमिका रह्यो ।  उहाँ रचनाहरु अहिले पढ्दा पनि क्रान्तिप्रति ओतप्रोत र उद्देलित भावका देखिन्छन । कृष्ण सेनलाई सम्झदँै गर्दा उहाँले नेपाली क्रान्तिमा दिएको एउटा अतुलनिय योगदानको समेत उच्च मुल्याङ्कन हुन जरुरी छ । कृष्ण सेन एउटा प्रगतिवादी साहित्यकार सँगै सर्वहारा विचारको अथक योद्धा समेत हुनुहुन्थ्यो । २०३२ सालदेखी वामपन्थी विचारबाट प्रभावित भएर विभिन्न साहित्य लेखनदेखी राजनीतिक मोर्चासम्म आईपुगेका कृष्ण सेनको राजनीतिक सक्रियताभने तत्कालिन जनआन्दोलनदेखी बढ्यो । सुरुको चरणमा मुख्य गरी उहाँले विद्यार्थीहरुलाई संगठित गर्ने देखी साहित्य, संगित र संस्कृतिको माध्यमबाट आम जनताहरुलाई वाम राजनीतिकको शिक्षा दिने र पञ्चायती निरङ्कुशताविरुद्ध नयाँ जनवादी राज्यव्यवस्थाको स्थापनार्थ प्रचारप्रसार गर्ने गर्नुहुन्थ्यो ।

प्रचारप्रसार गर्दै गर्दा कतिपटक भूमिगत बन्नुप¥र्याे भने कतिपटक खुला । जनताहरुलाई सुुसुचित गर्दै गर्दा २०३९मा दाङमा पक्राउ गरी २०४४ असार ३० सम्म जेल पर्नुभयो ।जेलभित्रै पनि उहाँले साहित्यीक यात्रालाई थप बलियो बनाउँदै जनतालाई लेखनमार्फत प्रभाव छोड्दै रहनुभयो । राजनीतिक यात्रामा लागेदेखी नै पटकपटक गरी पञ्चायतकालमा ७ बर्ष, बहुदलकालपछि पनि २ बर्ष काठमाडौं, भद्रगोल र सिराहा कारागारमा जेलजीवनमा विताउनुभयो । साहित्यमा उहाँलाई विश्वप्रसिद्ध साहित्यकार गोर्की र लु सुनबाट प्रेरित हुनुहुन्थ्यो । ईच्छुक का शोकान्जली, ईतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरी जस्ता काव्यहरुले आजपनि ईच्छुक र समाजप्रतिको बुझाई र अवस्था स्पष्ट पार्छ । नेपालको वामपन्थी आन्दोलनमा हरेक मोर्चाबाट महत्वपूर्ण भूमिका खेलेका कृष्णसेन ईच्छुकलाई ०५५ सालको पुस १९ गते ललितपूरको भट्टेडाँडाँमा तत्कालिन माओवादीद्धारा गरिएको आक्रमणपछि गिरफ्तार गरीयो जतिबेला उहाँ जनादेश पत्रिकाको सम्पादक समेत हुनुहुन्थ्यो ०५९ जेठ ६ गते गिरफ्तार गरी १३ गते महेन्द्र पुलिस क्लबमा अमरसिंह शाह र विक्रम थापाद्धारा कुटीकुटी चरम यातना दिँदासमेत पार्टीको आन्तरिक रणनीति र गोप्य योजनाहरु बाहिर नल्याएपछि उहाँलाई चरम यातना दिएर हत्या भएको समाचार प्रकाशन भयो ।

आजपनि सामान्तीहरुको अवशेषहरुले दलित, महिला, मधेसी, मुस्लीम, आदिवासी जनताहरुको आवाजलाई दबाईरहेका छन् । यस्तो अवस्थामा अब हाम्रा कलमहरुले कस्का आवाज बोल्ने हामीले निर्णय गर्नुपर्ने बेला आएको छ । ईच्छुकको स्मृति दिवसको अवसरमा हामी उनका सपना र उनले देखाएको गन्तव्य सम्झौं, ईच्छुकको राजनीतिक, सामाजिक, साहित्यिक, सांस्कृतिक र पत्रकारितामा योगदानको चर्चा होईन अनुशरणको पर्चा बनाउनु आवश्यक छ, ईच्छुकहरु अझ पनि जीवित र संघर्षशिल हुन आवश्यक छ ।

देश परिवर्तन र रुपान्तरणको इतिहासमा एक आदर्श र प्रेरक व्यक्तित्व कृष्ण सेन ‘ईच्छुक’ का भूमिकाहरुले दिएका सन्देशहरु आज पनि समाज परिवर्तनको लागि अपरिहार्य देखिन्छ । राजनीति, सामाजिक र सांस्कृतिक आन्दोलनमा साहित्य र पत्रकारिताबाट मात्रै होईन एउटा राजनितिक सिपाई बनेर कृष्ण सेन ईच्छुकले जुन एउटा जिम्मेवारी उठाउनुभयो आज उहाँले देखाएको बाटो र उहाँका सपनाहरुको छिन्नभिन्न भएका छन् । आजको नेपाली समाजको परिस्थिती र हिजोको नेपाली समाजको परिस्थितीमा आकाश पातालको फेरबदल आयो होला तर वास्तविक जनताको जीवनमा खास ठूलो परिवर्तन आउन सकेको छैन । जनताहरु आज पनि सुचनाबाट बञ्चित छन्, खास जनताको आवाजहरु आज पनि दबिएका छन्, निस्सासिएका छन् । मिडियाहरुले जनताको आवाजको नाममा मिडिया लगानीकर्ताहरुको वाहिवाही गर्दागर्दै जनताहरुको दुखले बाधेको पाँसो खोल्ने कोसिस गर्दैनन्, हिजो पञ्चायती शासनमा समेत भूमिगत भएर जनताको घरमा पुगेका ईच्छुकहरु आज संविधानमा लेखेको समाजवादउन्मुख, संघिय गणतन्त्रात्मक राज्यमा जनताको घरमा भन्दा धेरै नेताका क्वाटरहरुमा पुग्छन्, सर्वहाराका समाचार भन्दा समृद्धिका संवाहक घन्किन्छन् मिडियामा । बाटो बनेको समाचारले समृद्धिको सपना त देखाईरहँला तर त्यही बाटोमा गाडी चढेर हिड्न नसक्ने जनताको समाचार कहिले बन्छ ? अस्पतालहरुमा शैया थपिएका र सुविधासम्पन्न भएका समाचारहरु त बजिरहँलान तर तिनै अस्पतालमा जनताहरुले उपचार गर्न नसकेर छतबाट हाम फाल्नुपर्ने बाध्यताका समाचार कहिले बजाउँने ? पत्रकारितामा यिनै प्रश्नहरु आजपनि ईच्छुकहरुले गरिरहेका छन् । साम्राज्यवाद र विस्तारवादले भित्र्याएका भद्दा र नंग्न संस्कृतिहरुको विकल्पमा नेपाली सभ्यता र मौलिकताको संस्कृतिको संरक्षण कस्ले गर्ने ? राष्ट्रीय स्वाधिनताको रक्षार्थ नेपालीहरुले अझैं कति बलिदानीको कोटा पुरा गर्नुपर्ने हो । आजको अवस्था परिवर्तनमात्रै होईन अझ जटिल बनेको छ । देशमा स्वाधिनतामाथि रातारात हस्तक्षेप बढिरहेको छ, देशको पहिचान मौलिक सभ्यता गुमाईरहेको छ पाश्चात्य संस्कृतिले गरेको नांगो नाँचमाथी पैसा फालिँरहेका छन् अहिलेका प्रगतिवादी संस्कृतिकर्मीहरु ? राजनीतिको कुरा आवश्यक नै रहेन समृद्धिको सपना नेपाली जनताले पाउन थालेको अढाई दशक वित्यो त्यसबिचमा सबैभन्दा धेरै जनताहरु शान्तिको कारणले मारिएका छन् ? नबोलिईकनै मारिएका छन् ? हिजोभन्दा आज अत्याचारको सिमाना बढिरहेको छ ? आजपनि बोक्सीको आरोपमा महिलाहरु कुटिन बाध्य छन्, आजपनि महिलाहरु सामुहिक बलात्कारको सिकार बनिरहेका छन् ? युवाहरु मूल्य तोकिएर विदेश बेचिएका छन् ? देशको अवस्था जर्जर मात्रै होईन निर्मम बन्न पुगेको छ । ईतिहासले प्रश्न सोधिरहेको छ यतिबेला, विगतले पाठ सिकाउने  देशमा झन आघात किन बढिरहेको छ ? यसका उत्तराधिकारीहरु भने लमतन्न भएर चिरनिद्रामा छन् ।

ईच्छुक पछिको डेढ दशकको युगमा देशमा खास परिवर्तनको आभास ईच्छुकका कविताका पात्रहरुले गर्न सकेनन्, अझ भर्नाै पुर्खे सुनारकी आमाहरुले गर्न सकेका छैनन्, परिवर्तनको नाममा बनेको संविधानले अनी त्यसैको फलस्वरुप बनेको स्थानिय सरकारहरुले दिनदिनै करहरु बृद्धि गरेका छन्, स्थानीय स्रोत र साधनहरु बेचिरहेका छन्, देशका सम्पत्तिहरु एकै रातमा भारतका बन्छन्, अवस्था झन जटिल बनिरहेको छ, एकातिर देशमा पूर्ण शान्तिको आभास दिदैं अब समृद्धिको साम्राज्य सूरु भएको सन्देश दिईरहेका छन् भने अर्काेतिर ईतिहासले पटकपटक प्रश्नहरुको कारखाना तेर्साउँछ र सोधिरहँन्छ हिजोका गरिबहरुको अवस्था के छ ? हिजोका मजदुर, किसानहरुको अवस्था कस्तो छ ? अब यसको प्रश्न होईन उत्तर खोज्नको लागि एउटा समुह फेरी कुना कप्चरामा जनताहरुसँग हातमालो गर्दैछ ।   देश झन् जटिल मोडमा जाँदैछ यस्तो अवस्थामा आजका पत्रकारहरु कस्तो बन्ने ? कस्का कुरा गर्ने ? के बहस चलाउने ? कसरी समाधान गर्ने तर्फ पनि सोच्न जरुरी छ ।

हिजोजस्तै आज पनि जनताको लागि कलम चलाँउदाँ जेल बस्नुपर्ने बाध्यता छ, हिरासतमा यातना भोगेर हाम्रै साथिहरु आजको परिस्थितीमा समेत चुप बस्न बाध्य छन्, जनताहरुको स्थितीलाई बाहिर उजागर गर्न सकिने अवस्थासमेत छैन, प्रेस स्वतन्त्रताको शब्दावली कानुनको किताबमा मात्रै अटाएको छ, आजपनि भारतीय सेनाहरुबाट सिमानाका महिलाहरुले भोग्ने दुव्र्यवहार उस्तै छ । आजपनि सामान्तीहरुको अवशेषहरुले दलित, महिला, मधेसी, मुस्लीम, आदिवासी जनताहरुको आवाजलाई दबाईरहेका छन् । यस्तो अवस्थामा अब हाम्रा कलमहरुले कस्का आवाज बोल्ने हामीले निर्णय गर्नुपर्ने बेला आएको छ । ईच्छुकको स्मृति दिवसको अवसरमा हामी उनका सपना र उनले देखाएको गन्तव्य सम्झौं, ईच्छुकको राजनीतिक, सामाजिक, साहित्यिक, सांस्कृतिक र पत्रकारितामा योगदानको चर्चा होईन अनुशरणको पर्चा बनाउनु आवश्यक छ, ईच्छुकहरु अझ पनि जीवित र संघर्षशिल हुन आवश्यक छ । श्रद्धासुमन ईच्छुक ।

 २०७५ जेठ १३