अर्घाखाँचीमा सांस्कृतिक आन्दोलन र हाम्रो भूमिका

२०५२ फागुुन १ तत्कालीन नेकपा (माओवादी ) ले सुरु गरेको जनयुद्धमा कलाकारहरुले खेलेकोे महत्पूर्ण भूमिका शान्तिसम्झौता पछि नेतृतवमा देखिएको राजनैतिक साँस्कृतिक विचलन र आर्थिक अराजकता माथि गरेको खबदारी क्रान्तिको पक्षमा रहेर क्रान्तिकारी झन्डालाई विजयको शिखरमा पु-याउने अठोर विश्वासका साथ पार्टीको २ लाइन सघर्षमा खेलेको महत्वपूर्ण भूमिका र पार्टी बिभाजन पछि अधुरो क्रान्ति पुरा गर्ने र आत्मसमर्पणबादी नेताहरुलाई नाङ्गेझार पादै देशव्यापी रुपमा सँस्कृति कार्यक्रम मार्फत जनताको घरदैलोमा पुग्ने फेरी पनि एक चोटी देश र जनताको अघिकार प्राप्तीको निम्ति एकजुट बनेर एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन बैज्ञानिक समाजवादी ल्याउन अझै पनि निरन्तर आन्दोलन परिवर्तन क्रान्तिकै पक्षमा सांकेतिक कार्यक्रम मार्फन लडि रहने सम्पुर्ण कलाकारहरुको महत्वपूर्ण भुमिका रहिरहने छ ।

-बालकृष्ण भलामी मगर

२०५४ सालमा आब्हान साँस्कृतिक परिबारले अभियान सञ्चालन ग-यो आब्हान साँस्कृतिक परिवारकोे कमिसार अन्जली र कमाण्डरहरु क्लब र गणेश हुनुहुुन्थ्यो । अभियानको क्रममा अर्घाखाँची देखि गुल्मी बाग्लुङ सम्म आइपुुग्यो छापमार खुकुरी भिरेर भन्ने गीत नाच सहित २०५४ /२०५५ अभियान सञ्चालन भयो । इतिहासको कडिलाई जोेड््न पुन २०५६ सालमा कमरेड कमला खड्का को अध्यक्ष कमिसार गणेश कमाण्डहरु क्लब राजु गमाल को नेतृत्वमा गठन भयो कलाकारहरुको टीम बन्ने भङ्ग हुने पक्रिया हुने भएकोले कुनै बेला राजु गमाल कुनै बेला गणेश कुनै बेला क्लब कुनै बेला अन्जली कमिसार हुनुभयो ।

२०५९ सालमा बडीगाड देखि मसिनासम्म भन्ने अभियान सम्पन्न भयो अभियानको क्रममा आयोे आब्हान परिवार गीत गुन्जाउदै डाँडापाखा पखेरीमा पाइला बढाउदै भन्ने गीत नाच प्रस्तुुत गरिन्थ्यो । २०६० सालमा कमरेड किशोर कमिसार क्लब संयोजक र तुफान संहसयोजक को नेतृत्बमा आब्हान साँस्कृतिक परिबारको नाम परिबर्तन गरी अर्घा साँस्कृतिक परिबार गठन गरियोे । अन्जली त्यती बेला प्रतिरोध साँस्कृतिक परिबारमा जानुभएको थियो । कमरेड क्लब विदेश पलायन भईसकेपछि पुन फेरी किशोरको कमिसारमा गठन गरियो । टिमलाई चुस्त क्रियाशिल तरिकाले परिचालन गर्नको लागि दुई पलाटुनमा विभाजन गरियो । एकमा मुना दुईमा तुफान रहनुभयो , त्यसपछि मुना संयोजक रहनुभयो , मुनाको कार्यक्षेत्र चेन भएपछि कमरेड तुफान नै टिमको संयोजक रहनुभयो , २०६० सालमा झिमरुक साँस्कृतिक परिबार व्युठान बाट किशोर अर्घाखाँची जिल्लामा सरुबा भई आउनुभएकोे थियो । किशोर झिमरुक साँस्कृतिक परिबारको कमिसार हुुनुुहुन्थ्योे । र तुफान पनि २०६० सालमै रोल्पा जिल्लाबाट अर्घाखाँची आउनुभएको थियो । जलजला साँस्कृृतिक परिबारकोे सेक्सन कमाण्डर हुनुुहुन्थ्यो । यसैक्रममा कमरेड सन्जीब कुमार मार्फत दिपेश रोल्पाबाट आउनुभएको थियो । अर्घा साँस्कृतिक परिवारमा विभिन्न जिम्मेबारीमा रही सेक्सन कमाण्डर हुदै आफ्नो भुमिका निर्वाह गनुभयो ।

२०६३ सालमा अर्घासाँस्कृति परिबारको कमिसार किशोर संयोजक तुुफान र सदस्यहरुमा प्रकाश, अनु ,पार्बता ,दिपेश ,प्रतिक्षा, करुणा ,बालकृष्ण, सलिना ,सुनिल, आकृति, दिप ,कविता ,विबश ,सागर कमला ,शिला ,सम्भावना , सरचना , आदि हुुनुुन्थ्यो । यसभन्दा अगाडि कमरेड सागर कपिलबस्तु जिल्ला कलाकारबाट सरुवाभई अर्घाखाँची आउनुभएको थियो । कमरेड प्रकाश अनु सरुवा भई प्युठान जिल्ला २०६५ सालमा जानुभएको थियो कमरेड सागर सरुवा भई मगर केन्द्रिय टोलीमा जानुभएको थियो । २०६७ सालमा पार्बता कोपिला रीमा टिममा थप हुनुभएको थियो । पार्टीको खईपाटी भेलापछि खास गरी नेतृत्व पक्तिमा देखिएको बैचारिक राजनैतिक र साँस्कृतिक विचलन ले सम्पूर्ण कार्यकर्ता नेतामा ठूलोे प्रभाब पर्न पुुगेको थियो । जसले गर्दा निरासा पलायन हुने प्रक्रिया सुरु भयो , जसले गर्दा अर्घा साँस्कृतिक परिबारमा पनि त्यसको ठूलो प्रभाब पर्न पुग्यो । २०६८ साल सम्म आई पुग्दा कमरेड किशोर तुफान दिपेश बालकृष्ण कविता रचना शिला पार्बता मात्र रहनुभयो । २०६९ असार ४ गते प्रचण्ड बाबुराम सँग सम्वन्ध विच्छेद गरी कमरेड किरणको नेतृत्वमा नेकपा –माओवादी गठन भयो । त्यतिबेला कलाकार टिममा कमरेड बालकृष्ण मात्र हुनुहुन्थ्यो । पार्टीले वास्था र व्यबस्था गर्न नसकेपछि तुफान किशोर दिपेश सुनिल कबिता आफ्नै तरिकाले आफनो आफ्नो जिल्ला र घर तर्फ फर्कन बाध्य हुनुभयो । २०६९ असार ९ गते पाल्पा जिल्लामा केन्द्रिय टोलीको आयोजनामा कलाकारको तालिम सञ्चालन भयो । तालिममा सहभागी हुन अर्घाखाँची जिल्लाबाट बालकृष्ण जानुभयो । उक्त तालिम कमरेड विप्लबको प्रमुख अतिथित्यमा उद्घाटन भएको थियो । तालिमको प्रशिक्षकहरुमा नृत्यमा महेश कोदार गायनमा विदो्रही नेपाली , गीतामा नबिन तबला किवोर्ड ढोलकमा किशोर वि.क हुनुहुथ्यो तालिममा सबैविदाका गरी ५० जना जति कलाकारकोे उपस्थिति रहेको थियो । तालिमको समापन पछि बालकृष्ण अर्घाखाँची जिल्ला फर्कनुभएको थियो । र विभिन्न गाविसका स्थानहरुमा कलाकारहरुको तालिम सञ्चालन गर्नुभयो । जस्तै धारापानी , हसपुर , सन्धिखर्कमा करिब १५ / १५ दिन तालिम सञ्चालन गरिएको थियो । तालिम पछि २०६९ सालमा जनवादी देउसी भैलोे कार्यक्रम सदरमुकाम सन्धिखर्र्कमा विभिन्न गा.वि.स हरुमा भब्य रुपमा सञ्चालन गरिएको थियो । २०६९ ÷१२÷०२ गते सिसिएम भेषराज भुसालको प्रमुख आतिथ्यतामा अखिल नेपाल जनसाँस्कृतिक महासंघको संयोजकमा बालकृष्ण भलामी र करुणको संयोजकमा नयाँ विचार साँस्कृतिक परिबार अर्घाखाँची जिल्ला कलाकार गठन भयो । १९ जना जिल्ला कलाकार रहेको थियो जस्तै सुनिल दामोदर सरिता लक्ष्मी बसन्ता , प्रकाश , कमला , अमृत , अनिता , रोजी कल्पना , सरिता , सुनिता , शर्मिला , उर्मिला , विनिता , मन्जु , पुजा , नारायण , बबिता , गिता , सरिता , रहनुभएको थियो ।

किरण नेतृत्वको नेकपा – माओवादीबाट अधुरो क्रान्ति पुरा हुने संकेत नदेखेपछि विप्लब लगायत केन्द्रिय स्तरको नेताहरुले सम्न्धविचछेद गरी सकेपछि केन्द्रिय सामना परिबारमा कलाकारको विभाजन सुरु भयो । झ्नकार असल अनिष सफल उर्मिला सिर्जना लगायतका कलाकारहरु नेकपा – माओवादीमा रहनुभयो भने कमरेड लक्ष्मण सरल आरोह बृद्ध कविता , प्रस्तुती , रविना , सहनी , सोनु , घिसिङ लगायतका कलाकार विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा रहनुभयो , सामना परिबार केन्द्रिय टोलीमा नभए पनि क्रान्तिकारी विचारको पक्षक चर्चित जनवादी गायक रोमन थामी रहनुभयोे , पार्टी केन्द्को निर्णय अनुसार सम्भावना हुने जिल्लाहरुबाट कलाकारहरुलाई सामना परिबारमा केन्द्रित गर्ने योजना अनुसार अर्घाखाँची जिल्लाबाट बालकृष्ण , करुणा , दामोदर , सुनिल , सरिता लक्ष्मी जानुभयो । भने अन्य जिल्लाहरुबाट पनि कलाकारहरु सामना परिवारमा सभाबेश हुनुभयो । सामना परिवारको अध्यक्ष लक्ष्मण श्रेष्ठ , सहमा सरल माझी रहनुुभयोे , सेक्सन कमाण्डहरुमा आरोह बुद्ध , रहनुभयो भने भिसिमा बालकृष्ण र करुणा रहनुभयो । र कार्यालयमा सहनी कान्छा तामाङ सोनु , आदि रहनुभयो । अर्घाखाँची जिल्लाको कलाकार सरिता पढाईकोे लागि घर फर्कनुभयो , भने अन्य जिल्लाका केही साथीहरु पनि घर फर्कनुभयो । बालकृष्ण भलामीको पहलमा सन्ध्या र निशा बूढाको पहलमा प्रेमा पुन फेरी सामना परिबारमा समाबेश हुनुुभयो । दाङ जिल्लामा भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भयोे । र त्यो सम्मेलनमा सामना साँस्कृतिक परिबारको महत्वपूर्ण भुमिका रहेकोे थियो , पार्टीको केन्द्रिय निर्णयअनुसार सामना साँस्कृतिक परिबार एकिकृत जनजागरण अभियान लिएर देशव्यापी रुपमा लाग्यो ।

दुईबटा टिममा विभाजित सामना साँस्कृतिक परिबार पश्चिम कमाण्डको नेतृत्बमा लक्ष्मण बुद्ध बालकृष्ण करुणा कविता , प्रस्तुती , दामोदर , सुनिल पुजा कान्छा लामा , जेनु रहनुभयो भने पूवी कमानको नेतृत्वमा कमरेड सरल आरोह , रविना , सहनी , रमेश , निशा प्रेमा , सन्ध्या , विष्णु , उमेश , पदम , दिपक रहनुभयोे । पश्चिम कमाण्ड अन्तर्गत दाङ्ग जिल्लाबाट अभियानको उद्घाटन भयो अभियानको नेतृत्व पार्टी केन्द्रिय सदस्य क आधारले गर्नुभयोे । दाङ्ग जिल्लाको विभिन्न स्थानहरुमा साँस्कृतिक तथा बिशाल जनसभाहरु सम्पन्न भयो । अभियानको क्रममा दाङ्ग सल्यान रुकुम रोल्पा जिल्लाहरुमा बृहत् साँस्कृतिक कार्यक्रम तथा जनसभा सम्पन्न गदै रोल्पाको पाङ्ग गा.वि.स मा पुगी दिउँसो १२ बजे खाना खाने क्रममा विनाशकारी भुकम्प गयोे । (२०७२ बैशाख १२) अनि हामीहरु सबै फोन सम्पर्क विहिन भयौ । र कार्यक्रमको प्रचार प्रसार साथै तयारी भयो र साझ पाङ्ग गा.वि.स को भबन अगाडि हाम्रो साँस्कृतिक कार्यक्रम सुरु भयो । कार्यक्रमको उद्घोष सिसिएम आधारले गर्नुभयो । कलाकारहरुले एउटा नृत्य प्रस्तुत गरिसकेपछि कलाकार कविता विरामी हुुनुुभयो । र सम्पूर्ण कलाकारहरु अलि अप्ठ्यारो महशुश भईरहेको थियो जनताको माग र उत्साहले गर्दा जबरजस्ती तीन ओटा नृत्यहरु प्रस्तुत गर्न सक्यौ । त्यसकोे अलबा अरु कार्यक्रमलाई अगाडी बढाउन सक्नुभएन । सबै कलाकारहरुमा डराउने शशीर काम्ने , बोमिट हुने , जस्ता समस्याहरु देखिएपछि , उद्घोष सिसिएम आधारले कार्यक्रम समापन भएको उद्घोष गर्नुभयोे ।

कबिता धेरै नै विरामी भएपछि डाक्टर बोलाएर रातैभरि उपचार ग-यो । अर्को दिन तथा बैशाख १३ गते बिहान उज्यालोे नहुदै कलाकार कमरेड काबहान उज्यालोे नहुदै कलाकार कमरेड कान्छा तामाङ्गको बुवाको भुकम्पमा परी निधन भएको खबर आयो । र हामीलाई त्यो खबरले स्तब्ध बनायो । कमरेड लक्ष्मण श्रेष्ठ र बुद्ध लामाको गाँउमा पनि निकै ठूलो क्षति भएको र घर सबै भत्कीएको खबर पनि सँगसँगै आइपुग्यो ।शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने मान्यता सहित हामीहरु विहानै गाडी चढी रोल्पाको सुलुचोर पुगीयो । रोल्पा जिल्ला डिसीएस कमरेड सुबास सिसिएम बिजय पनि आईपुग्यो । केही समयको छलफल पछि त्यहाँबाट विदाई भई काठमाण्डौ जाने यात्रा तय गरियो । नबलपरासीको चौरमारे पुग्दा काठमाण्डौ नआउनु भन्ने खबर आयो त्यसपछि पार्टी केन्द्र सँग छलफल भयो । र चितवन जिल्लामा टिमलाई व्यबस्थित गर्ने निर्देशन आयो । सिसिएम आधार सँगै लक्ष्मण र बुद्ध कान्छा तामाङ्ग काठमाण्डौ जानुभयो । भने बालकृष्णको नेतृत्बमा करुणा कविता , प्रस्तुती , दामोदर , पुजा , जेनु , चितबन जिल्ला पार्टी कार्यालयमा बस्नुभयो । पूर्वी कमानमा रहेको सरल माझीको टिमपनि चिबतन जिल्ला आईपुग्नुभयो । अभियानको तयारी गदै राखेको आरोेह नेपालीको टिम पनि चितवन जिल्ला आईपुग्यो । चितवन जिल्ला इन्चार्ज डिसिएस सम्पूर्ण कलाकारकोे समिक्षा छलफल जारी भयो । र टिमलाई कसरी व्यबस्थापन गर्ने निर्णय भयो । पश्चिम कमान र पूर्वी कमानका कलाकारहरु अभियानकै निरन्तरता गर्ने भनि कार्यक्रमकोे तयारीको लागि मकबानपुर जानुभयो । र डिसिएस कमरेड ज्वालाको घरमा बस्नुभयो । आरोहको टिम चितबन जिल्लामै तयारी ग-यो करिब ५ /६ दिनको अभियानको तयारी पछि पार्टी केन्द्रले सम्पूर्ण कलाकारहरुलाई काठमाण्डौ बोलाउनुभयो । काठमाण्डौ बसपार्क पुग्दा यस्तो लाग्यो कि हामी कतै यस्तो उजाड स्थान जहाँ मरुभुमि जस्तो सबै पसलहरु बन्द गाडीहरु १/२ मात्र सञ्चालित धेरै जसो भबनहरु भत्किएका मृत्यु भएका शबहरु पुुरिएकोे सबै जनता खुल्ला मन्चमा केन्द्रित भएको देखियो । एकदमै नरमाइलोे अनुभूति भयो । पार्टीको योजनाअनुसार सम्पूर्ण कलाकार टिमलाई राहत संकलन गरी जनतालाई बाड्ने उद्धार गर्ने निर्देशनअनुसार सोही कार्यमा सक्रिय रुपमा लागियो ।

काठमाण्डौ जनताको घरघरमा पुगी चामल दाल चाउचाउ चिउरा विस्कृट तेल कपडा आदि सामग्री सकलन गरी कहिले सिन्धसपाल्चोकको जनताहरुलाई कहिले काभ्रे धादिङ्ग र काठमाण्डौकै बिभिन्न गाँउहरुमा राहत वितरण गरियो । राहत वितरण सँगैकलाकार टिमले काठमाण्डौको विभिन्न स्थान ललितपुर भक्तपुर धादिङ्ग काभ्रे सिन्धुपाल्चोक जिल्लाको जनताहरुलाई घाम पानीबाट बच्ने खालको क्रिपाल जस्तापाताले अस्थाथी छाप्रो बनाइदिने काम गरियो । काठमाण्डौकै भिम ढुङगामा बास जस्तापाताले अस्थाथी रुपमा १२ कोठे स्कुल ४ कोठे स्टाप अपिस ७ दिनभित्रमा निर्माण गरिदियो । सिन्धुपाल्चोकको विभिन्न स्थानमा रहेको घर तथा विद्यालयहरुमा मर्मत तथा सुधार गर्नेकाम गरियोे । उदार तथा राहत वितरण गर्ने क्रममा सामना परिबारको गायक कमरेड बालकृष्ण भलामी हात फयाक्चर भई घाइते हुनुभयो । त्यस्तै गायीका देबी बस्नेत खुट्टा फ्याक्चर भई घाइते हुनुभयो भने धेरै कलाकार भाईबहिनी विरामी हुनुभयो । काठमाण्डौको विर अस्पतालमा पुजा र जुनुलाई इमरजन्सीमा भर्नासमेत गर्नुभयो । सामना साँस्कृतिक परिवारले भुकम्प प्रभावित जिल्लाहरुमा सयौ अस्थाथी टहरा निर्माण गर्नुका साथै राहत वितरण र घाइतेहरुलाई उद्दार समेत गर्नुभयो । पार्टी केन्द्रको योजनामा अ.ने .स्वा. क. म को १० दिने स्वास्थ्य तालिम सञ्चालन भयो । सामना परिबारको तर्फबाट बालकृष्ण बुनु तालिममा सहभागी हुनुभई विभिन्न जिल्लाहरुमा विरामीको उपचार गर्न जानुभयो । र सामना परिबारले काठमाण्डौको नयाँ बजारमा व्लड डोनेसन पनि गर्नुभयो । सामना साँस्कृतिक परिबारले भुकम्प पिढीतहरुको कथा र व्यथालाई लिएर देशव्यापी रुपमा एकमहिने जनसाँकेतिक अभियान सञ्चालन ग-यो । जनसांकेतिक अभियानमा भुकम्प सम्वन्धीत नाटक गीत नृत्यहरु रहेको थियोे । नाटकमा भुकम्प पिढीतलाई आएको राहत जस्तापाता खाद्यान्नहरु आफ्नो कार्यकर्तालाई बाड्ेको र बचेर खाएको दलालहरुलाई खबदारी समेत गरेको थियो ।

साथै आफ्नो घर आफैले बनाउनुपर्छ भन्ने प्रेरणा समेत जनमासमा बाडेको थियोे । जनसाँकेतिक अभियान काठमाण्डौको नाच घरबाट कमरेड बिप्लबको प्रमुख आतिथ्यतामा उद्घाटन भई देशका विभिन्न जिल्लाहरु जस्तै चितबन मकबानपुर बुटवल धादिङ्ग नबलपरासी कपिलबस्तु दाङ्ग भक्तपुर को विभिन्न स्थानहरुमा सञ्चालन भएको थियो । २०५२ फागुुन १ तत्कालीन नेकपा (माओवादी ) ले सुरु गरेको जनयुद्धमा कलाकारहरुले खेलेकोे महत्पूर्ण भूमिका शान्तिसम्झौता पछि नेतृतवमा देखिएको राजनैतिक साँस्कृतिक विचलन र आर्थिक अराजकता माथि गरेको खबदारी क्रान्तिको पक्षमा रहेर क्रान्तिकारी झन्डालाई विजयको शिखरमा पु-याउने अठोर विश्वासका साथ पार्टीको २ लाइन सघर्षमा खेलेको महत्वपूर्ण भूमिका र पार्टी बिभाजन पछि अधुरो क्रान्ति पुरा गर्ने र आत्मसमर्पणबादी नेताहरुलाई नाङ्गेझार पादै देशव्यापी रुपमा सँस्कृति कार्यक्रम मार्फत जनताको घरदैलोमा पुग्ने फेरी पनि एक चोटी देश र जनताको अघिकार प्राप्तीको निम्ति एकजुट बनेर एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन बैज्ञानिक समाजवादी ल्याउन अझै पनि निरन्तर आन्दोलन परिवर्तन क्रान्तिकै पक्षमा सांकेतिक कार्यक्रम मार्फन लडि रहने सम्पुर्ण कलाकारहरुको महत्वपूर्ण भुमिका रहिरहने छ ।

माथि केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म विभाजन र विकेन्द्रित कलाकारहरुको मोर्चा फेरी पुन केन्द्र देखि जिल्ला र स्थानीय तहसम्म केन्द्रिकृत र संगठिन हुदै आईरहेको छ विभिन्न जिल्लाका साँस्कृतिक मोर्चाहरु जनसांकेतिक अभियान लिएर गाँउगाँउ चोक चोक र गल्ली गल्ली हरुमा पुगीरहेका छन् । यही क्रममा पुन फेरी अर्घाखाँची जिल्लाको जनसाँस्कृतिक आन्दोलन लाई निरन्तर क्रान्ति कै पक्षमा लडिराख्न संगठिन भएको छ । मिति २०७५/ ६/२२ गते अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्ती कार्यालय सचिब प्रवास कलाकार बालकृष्ण पत्रकार अनिल नेपाली बिद्यार्थी नेता विष्णु राउत , युवा नेता शंकर शाह को उपस्थितिमा क पदम नेपालीको अध्यक्षतामा २५ सदस्यीय जनसाँस्कृतिक परिवार अर्घाखाँची गठन भएको छ । अर्घाखाँची जनसाँस्कृतिक आन्दोलनको इतिहासकोे कडिलाई जोड्न महान् सहिद कलाकारको सपना पुरा गर्न,र एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजबाद ल्याउने यो महान् यात्रामा अझै पनि महत्वपूर्ण भुमिका खेल्ने छ र यो सुनौलोे अबसर फेरी पनि नेपाली जनताले दिइनेछन् । नेपाली जनताको न्यानो माया साथ सहयोग , समर्थन , हामीप्रति सदाबहार रहिरहने छ । धन्यबाद