अर्घाखाँचीमा १५ औ हरिस्मृति दिवस विबिध कार्यक्रम गरि मनाइयो

 

 

 

 

अनिल नेपाली
अर्घाखाँची
१५ औ हरिस्मृति दिबस एक कार्यक्रमको आयोजना गरि आज सदरमुुकाम सन्धिखर्कमा मनाइएको छ कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले स्बर्गीय हरि खनालले बालअघिकार र संरक्षणमा खेल्नुभएको भूमिका निक्कै प्रसंसनीय भएको बताए । बक्ताहरुले मेधाबी छात्र हरि खनाल तृष्ण बृद्धिभएको विद्यार्थी हुनुका साथै वालबालिकाको अगुवा नेता समेत भएको बक्ताहरुको धारणा थियो यसरी मन्तब्य राख्नेहरुमा प्रमुख जिल्ला अघिकारी प्रेमलाल लामिछाने प्रहरी नायब उपरिक्षक नबराज मल्ल रामबाण गणका गणपति निरज भण्डारी महिला विकास निरीक्षक बेलकुमारी परियार शिक्षा अघिकृत चोपलाल बेल्वासे स्रोतव्यक्ति युवराज भुसाल चेतनारायण बेल्वासे उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ जिल्ला अध्यक्ष युवराज श्रेष्ठ स्टेशनरी व्यबसायी संघका जिल्ला अध्यक्ष नेत्र प्रसाद भुसाल नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जि.सी लेकाली सन्धिखर्क नगरपालिका वडा न २ का वार्ड अध्यक्ष मोतीजङ्ग रायमाझी भगवती माध्यमिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिबहरी पौडेल लगायत हुुनुहुन्थ्यो । स्बर्गीय हरि प्रसाद खनालका बुबा दयाराम खनालको अध्यक्षता र शिक्षक धुब के.सीको संचालनमा सम्पन्न कार्यक्रममा भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद भुसाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी समाजसेबी तुल्सी खनाल पाणिनी बहुमुखी क्याम्पसका उपप्रध्यापक माधबराज चुँदाली लगायतले समेत मन्तब्य राख्नुभएको थियो भगवती माध्यमिक विद्यालय कुर शंकेटारी मा कक्षा ८ मा अध्ययनरत छात्र हरी प्रसाद खनालको बाल संगठनको बाल कार्यक्रममा सहभागी भएर फर्कदा २०६१ पौष २१ गते नरपानीमा बस दुर्घटनामा परि दुखद निधन भएको थियो सोही अबसरमा बक्तृृत्ब कला प्रतियोगितामा संचालन समेत गरिएको थियो