अक्टोबर क्रान्तिले नेपाली साहित्यमा पारेको प्रभाव

६० को दशकसम्म आउँदा कविता, कथा, निबन्ध, जनयुद्धका अनुभूति संस्मरण, उपन्यास, समालोचना र सौन्दर्यचिन्तनको फाँटमा नयाँ लहर आयो । यस अवधिमा साहित्यका विभिन्न विधामा प्रगतिवादी धारा थप समृद्ध र विकसित बन्न गयो । यसलाई नेपालमा अक्टोबर क्रान्तिले पारेको प्रभावको एक उत्कर्षको अवधिका रूपमा लिन सकिन्छ ।

-मोहन बैद्य किरण
सन् १९१७ अक्टोबर २५ (नयाँ पात्रोअनुसार नोभेम्बर ७) मा माक्र्सवादको पथप्रर्शन, लेनिनको पहल र कम्युनिस्ट पार्टीको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसलाई मानव जातिको इतिहासमा नयाँ युगको नयाँ अध्यायको थालनीका रूपमा लिनु पर्दछ । महान् अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक, सैद्धान्तिक र व्यावहारिक दृष्टिले युगान्तकारी महत्व रहेको छ ।

अहिले अक्टोबर क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भएको छ । महान् अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा आयोजित यस समारोहमा प्रस्तुत यो अवधारणा पत्र मूलतः नेपाली साहित्यमा अक्टोबर क्रान्तिले पारेको प्रभावका विषयमा केन्द्रित रहेको छ ।

२. पश्चिमी देशहरूमा पुँजीवादी क्रान्तिको विकाससितै पुँजीपति वर्ग र सर्वहारा वर्ग बीचको अन्तरविरोध तीव्र बन्दै गयो । यसै क्रममा सामन्तवादका विरुद्धको सङ्घर्षमा प्रगतिशील भूमिका खेलेको पुँजीपति वर्गले प्रतिक्रियावादी स्वरूप ग्रहण गर्न थाल्यो । यसैक्रममा एकातिर माक्र्सवाद जन्मियो भने अर्कोतिर सर्वहारा वर्गले पुँजीपति वर्गका विरुद्ध क्रान्तिको उद्घोष गर्न पुग्यो । यो काम फ्रान्समा पेरिस कम्युनको स्थापनाका बीचबाट सशक्त रूपमा अगाडि बढ्यो ।

यद्यपि पेरिस कम्युन पराजित बन्यो, परन्तु पेरिस कम्युनले जुन मान्यता प्रस्तुत ग¥यो त्यो महान् अक्टोबर क्रान्तिमा नयाँ ढङ्गले अभिव्यक्त भयो । अक्टोबर क्रान्तिको विश्वव्यापी रूपमा प्रभाव प¥यो । चीन, भारत लगायतका देशहरूमा कम्युनिस्ट पार्टीको स्थापना भयो र त्यसै क्रममा विभिन्न उत्पीडित देशहरूमा अक्टोबर क्रान्तिको आलोकमा समाजवादी तथा जनवादी क्रान्तिको प्रकरण अगाडि बढ्यो । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।

३. रुसी अक्टोबर क्रान्ति एकातिर माक्र्सवादको पथप्रदर्शनमा सम्पन्न क्रान्ति थियो, भने अर्कोतिर त्यो माक्र्सवादको सफल प्रयोग पनि थियो । साथै माक्र्सवादको सफल प्रयोगका बीचबाट रुसमा त्यसप्रकारको सिद्धान्त माक्र्सवाद–लेनिनवादका रूपमा विकसित हुन पुग्यो । त्यसै क्रममा चीनमा माक्र्सवाद–लेनिनवादको प्रयोगका बीचबाट माक्र्सवाद–लेनिनवाद–माओवाद विकसित भयो ।

४. साहित्यिक रूपमा अक्टोबर क्रान्तिका मूलतः दुई पक्ष थिए– पहिलोः माक्र्सवादी सिद्धान्त, विश्वदृष्टिकोण तथा सौन्दर्यचिन्तन सम्बन्धी पक्ष र दोस्रोः साहित्यिक सिद्धान्त तथा सिर्जनात्मक विधिसम्बन्धी पक्ष । पहिलो पक्षका अनुसार अब साहित्य पुँजीवाद होइन, माक्र्सवादद्वारा पथप्रदर्शित बन्न पुग्यो ।

दोस्रो पक्षका अनुसार अब साहित्यमा पुरानो यथार्थवाद होइन नयाँ यथार्थवाद अर्थात् समाजवादी यथार्थवादले अग्रगामी भूमिका निर्वाह गर्न पुग्यो । रुसमा सन् १९३४ मा सम्पन्न सोभियत लेखकहरूको सम्मेलनमा अक्टोबर क्रान्तिको प्रक्रियामा विकसित साहित्यको नयाँ धारालाई समाजवादी यथार्थवाद भनेर नामाङ्कन गरियो । यसमा गोर्कीको महत्वपूर्ण भूमिका रहेको छ ।

५. अक्टोबर क्रान्तिपश्चात् दोस्रो विश्वयुद्धमा स्टालिनद्वारा प्रस्तुत अद्भूत पराक्रम, नाजिवाद–फासिवादको पराजय, चीन लगायतका देशहरूमा नयाँ जनवादी क्रान्तिको विजय, भारतमा विकसित तेलाङ्गाना सशस्त्र सङ्घर्ष तथा साम्राज्यवाद विरोधी आन्दोलन, नेपालमा राणाशासन विरोधी सङ्घर्षको प्रक्रिया विकसित भयो । त्यसै क्रममा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । नेपालमा सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक तथा सङ्घर्ष सम्बन्धी क्षेत्रमा माक्र्सवाद–लेनिनवाद र महान् अक्टोबर क्रान्तिको प्रभाव सशक्त रूपमा पर्न गयो । यो प्रभाव संस्कृति, कला, साहित्य र सौन्दर्यचिन्तनका क्षेत्रमा फैलँदै र विकसित हुँदै गयो ।

६. जुन वेला अक्टोबर क्रान्तिको नेपाली साहित्यमा प्रभाव पर्न थाल्यो त्यसको ठिक अघि तथा त्यस समयमा नेपाली साहित्यमा प्रगतिशील धाराका रूपमा स्वस्पूmर्त यथार्थवाद, बुर्जुवा यथार्थवाद र आलोचनात्मक यथार्थवाद विद्यमान थिए । त्यस पश्चात् यहाँ समाजवादी यथार्थवादको प्रभाव प¥यो । साँचो भन्ने हो भने नेपाली साहित्य बुर्जुवा यथार्थवाद, आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादबाट झण्डै एकैचोटी प्रभावित हुन पुगेको पाइन्छ ।

७. नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात् साहित्यको क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभावका रूपमा समाजवादी यथार्थवाद अर्थात् प्रगतिवाद जसरी विकसित बन्दै गयो त्यसको ऐतिहासिक प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ ः
(क) पहिलो अवधि : यो सामान्यतः २००७ सालको आसपासदेखि २०१७ सालको आसपाससम्मको अवधि हो । यस अवधिमा २००८ मा श्यामप्रसाद शर्माको पहलमा प्रकाशित ‘सेवा’ साप्ताहिक पत्रिका, २००९ मा कृष्णचन्द्रसिंह प्रधानद्वारा रचित ‘भञ्ज्याङनिरै’ कविता सङ्ग्रह तथा त्यसको भूमिका, २००९ सालकै प्रगतिशील लेखक सङ्घको स्थापना एवम् त्यसैद्वारा २०१० सालमा ‘प्रगति’ मासिक पत्रिकाको प्रकाशन जस्ता उल्लेखनीय कार्य भए ।

यसैबीचमा माक्र्सवाद र समाजवादी यथार्थवादको आलोकमा प्रगतिवादी धारामा कविता, कथा, निबन्ध तथा समालोचनाका क्षेत्रमा एउटा नयाँ लहर आयो । साहित्यिक फाँटमा आएको उक्त लहरलाई २०१७ सालको फौजी काण्ड तथा त्यसै प्रकृयामा कम्युनिस्ट आन्दोलनमा पैदा भएको दक्षिणपन्थी विचलनले केही अवरुद्ध बनाइदियो ।
(ख) दोस्रो अवधि : यो अवधि मूलतः २०१७ को आसपास हुँदै २०४६ सालसम्म निरङ्कुश पञ्चायती शासनकालको अवधि हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पैदा हुँदै आएको विवाद माओ विचारधारा तथा सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभाव, नेपाली कम्युनिस्ट आन्दोलनमा विकसित ध्रुवीकरण तथा एकीकरणको प्रक्रियाका बीचबाट यो अवधि विकसित भयो । निरङ्कुश पञ्चायती कालको मन्दीलाई चिर्ने काममा स्वदेश र भारतमा अध्ययनरत विद्यार्थीहरूद्वारा प्रकाशित विभिन्न साहित्यिक सङ्कलन, पुष्पलालको नेतृत्वमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा नयाँ जनवादी संस्कृति सम्बन्धी अवधारणा, राष्ट्रिय स्वाधीनताका पक्षमा भएका आन्दोलन, झापा विद्रोह, नेकपाको चौथो महाधिवेशन तथा त्यसका साहित्यिक तथा सांस्कृतिक गतिविधि हुँदै २०३६÷०३७ को जनआन्दोलनसम्म पुग्दा साहित्यिक तथा सांस्कृतिक आन्दोलनले नयाँ गति लियो । यसै क्रममा प्रलेस पुनर्गठित भयो । यो सिङ्गो अवधिमा साहित्यको फाँटमा फेरि अर्को लहर पैदा भयो । यस अवधिमा कविता, कथा, निवन्धका साथै उपन्यासको क्षेत्रमा पनि कैयौँ कृतिहरू रचिए । समालोचना र सौन्दर्यचिन्तनका क्षेत्रमा पनि थप प्रगति भयो ।

(ग) तेस्रो अवधि : यो अवधि निरङ्कुश पञ्चायती शासनको अन्त्य तथा वहुदलीय शासनको पुनस्र्थापनाबाट सुरु भई महान् जनयुद्ध हुँदै संविधानसभासम्मको अवधि हो । दोस्रो अवधिमा विकसित भएको साहित्यिक आन्दोलनको लहरबाट यसले अझै नयाँ उँचाई प्रदान ग¥यो । यस अवधिको मूल पक्ष जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थको नयाँ रापताप र अभिरेखाङ्कन हो । यस अवधिमा ६० को दशकसम्म आउँदा कविता, कथा, निबन्ध, जनयुद्धका अनुभूति संस्मरण, उपन्यास, समालोचना र सौन्दर्यचिन्तनको फाँटमा नयाँ लहर आयो । यस अवधिमा साहित्यका विभिन्न विधामा प्रगतिवादी धारा थप समृद्ध र विकसित बन्न गयो । यसलाई नेपालमा अक्टोबर क्रान्तिले पारेको प्रभावको एक उत्कर्षको अवधिका रूपमा लिन सकिन्छ ।

(घ) चौथो अवधि : संविधानसभाद्वारा लोकतान्त्रिक
गणतन्त्रको संविधानको निर्माण हुनु, पुरानै राज्यसत्ता कायम रहनु र संसदीय व्यवस्थाको पुनस्र्थापना गरिनु यस अवधिको थालनीका राजनीतिक कार्य हुन् । यस अवधिको थालनीसितै प्रगतिवादी साहित्यिक आन्दोलनमा केही गतिरोध, फेरबदल र मन्दी सुरु भएको छ । जनयुद्धले खाएको गम्भीर धक्का मूल नेतृत्वले गरेको विश्वासघात तथा कित्ता परिवर्तन, क्रान्तिकारी पक्षको कमजोर आत्मगत अवस्था आदि जटिलतालाई चिर्दै आन्दोलन पुनः नयाँ ढङ्गले सङ्गठित बन्दै जान थालेको छ ।

८. अक्टोबर क्रान्तिले नेपाली साहित्यमा जुन प्रभाव पारेको छ त्यसलाई समग्रमा माक्र्सवादको पथप्रदर्शनमा आधारित समाजवादी यथार्थवादका रूपमा अभिव्यक्त गर्न सकिन्छ । माक्र्सवाद र समाजवादी यथार्थवाद दुवै गतिशील छन् । सामाजिक जीवनमा आउने परिवर्तन र विकासको प्रक्रियासितै यी पनि विकसित हुँदै जान्छन् । यसरी हेर्दा अक्टोबर क्रान्तिले नेपाली साहित्यमा पारेको प्रभाव भनेको समाजवादी यथार्थवादको प्रादुर्भाव र विकास नै हो । यसप्रकारको समाजवादी यथार्थवादको मूल्य मान्यतालाई छोटकरीमा बुँदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ ः

(१) सैद्धान्तिक पथप्रदर्शन :
समाजवादी यथार्थवाद माक्र्सवादी सिद्धान्त, विश्वदृष्टिकोण, इतिहासदृष्टि र सौन्दर्यचिन्तनद्वारा पथप्रदर्शित हुँदै आएको छ । माक्र्सवादको विकाससितै त्यो पथप्रदर्शन माक्र्सवाद–लेनिनवाद– माओवादद्वारा भएको छ । जसरी माक्र्सवादी दर्शनले दुनियाँ बुझ्ने मात्र होइन मुख्यतः बदल्ने कुरामा जोड दिन्छ, त्यसरी नै समाजवादी यथार्थवादले माक्र्सवादको पथप्रदर्शनमा चित्रण मात्र होइन दिशानिर्देशमा जोड दिन्छ । नेपाली प्रगतिवादी साहित्यले यस मान्यतालाई अंगीकार गरेको छ ।

(२) प्रवृत्तिमूलकता÷प्रतिबद्धता :
माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादका अनुसार साहित्य प्रवृत्तिमूलक हुने गर्दछ । यही प्रवृत्तिमूलकता प्रतिवद्धतामा अभिव्यक्त तथा विकसित हुन्छ । यस प्रकारको प्रवृत्तिमूलकता÷प्रतिवद्धता मजदूर वर्ग तथा उत्पीडित जनसमुदायका विचार, मत, हक, हित, उद्देश्य तथा आदर्शसित जोडिएका हुन्छन् । ती सिद्धान्त, आस्था, निष्ठा, आन्दोलन, सङ्गठन आदिमा अभिव्यक्त हुने गर्दछन् । प्रतिबद्धतासित स्वतन्त्रता पनि जोडिएको छ । नेपाली प्रगतिवादी साहित्यमा विभिन्न रूपमा प्रतिबद्धता र स्वतन्त्रताको मान्यतालाई अंगाल्ने काम हुँदै आएको छ ।

(३) यथार्थको कलात्मक प्रतिबिम्बन :
समाजवादी यथार्थवादले सामाजिक जीवनको गतिशील, सजीव र नवीन यथार्थमा आधारित समाजमा विद्यमान वर्गसङ्घर्ष र अन्तरविरोधका विविध पक्षलाई कलात्मक रूपमा प्रतिबिम्बन गर्ने कुराको माग गर्दछ । यथार्थको कलात्मक प्रतिबिम्बन दर्शनको संज्ञान सिद्धान्तसित जोडिएको छ । नेपाली प्रगतिवादी साहित्यमा यो चित्रण र दिशानिर्देशको द्वन्द्वात्मक एकत्वमा आधारित रहिआएको छ ।

(४) प्रारूपीकरण :
साहित्यको क्षेत्रमा समाजवादी यथार्थवादले प्रारूपीकरणको मान्यतालाई अंगाल्दै आएको छ । यो स्वैर कल्पना, फोटोकपी र औसत चयनका विरुद्ध परिलक्षित छ । यसमा नयाँ यथार्थ प्रस्तुत गर्दा जीवनशील र मरणशील पक्षको द्वन्द्वमाथि ध्यान दिँदै प्रतिनिधिमूलक विचार, भाव, पात्र, परिवेश र आदर्शको छनोट गरिन्छ । नेपाली प्रगतिवादी साहित्यले यस मान्यतालाई अवलम्बन गर्ने प्रयास गर्दै आएको छ ।

(५) मूल्य चेतना :
साहित्यमा मूल्य चेतना सामान्यतः सत्य र असत्य, शिव र अशिव तथा सुन्दर र कुरूपको द्वन्द्वात्मक सम्वन्धमा अभिव्यक्त हुन्छ । नेपाली प्रगतिवादी साहित्यमा यस प्रकारको मूल्यचेतनामाथि ध्यानदिंदै आउने काम भएको छ ।

(६) अन्तरवस्तु र रूपको एकता :
समाजवादी यथार्थवादले साहित्यको मूल्याङ्कनको मापदण्डका रूपमा अन्तर्वस्तु र रूपका बीचको द्वन्द्वात्मक एकरूपताको माग गर्दछ । यसमा अन्तर्वस्तुलाई प्रधानता दिइन्छ । यस सन्दर्भमा माओद्वारा राजनीतिक तथा कलात्मक मापदण्ड विकसित गरिएको कुरा स्पष्ट नै छ । अन्तर्वस्तु र रूपको सही
संयोजनको काम लेखकीय शिल्पचेतनामा भर पर्दछ । नेपाली प्रगतिवादले यसबारे आवश्यक ध्यानदिदैं आएको पाइन्छ । समाजवादी यथार्थवादले सामन्ती अभिजात्यवाद, वुर्जुवा आधुनिकतावाद र उत्तरआधुनिकतावादको विरोध गर्दछ । साथै, समाजवादी यथार्थवाद प्रगतिशील धाराका रूपमा कायमै रहेका स्वस्फूर्त यथार्थवाद, वुर्जुवा यथार्थवाद र आलोचनात्मक यथार्थवादसित मैत्रीपूर्ण सम्वन्ध राख्तछ । परन्तु त्यो ती भन्दा गुणात्मक रूपमा भिन्न छ ।

९. अक्टोबर क्रान्तिले नेपाली साहित्यमा जुन प्रभाव पा¥यो त्यसको सारांश तथा निष्कर्षलाई बुँदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ :
(क) नेपाली साहित्यमा अक्टोबर क्रान्तिको औपचारिक प्रभाव नेपाल कम्युनिष्ट पार्टीको स्थापनापश्चात् नै पर्न गएको हो । त्यसको ठोस अभिव्यक्ति माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादलाई आधार मानेर रचिएका कृति र समीक्षाका सन्दर्भमा भएको देखिन्छ ।

(ख) हामीले अक्टोबर क्रान्तिको प्रभावलाई एउटा गुणात्मक र युगान्तकारी प्रभावका रूपमा लिनु पर्दछ र त्यसलाई तात्कालिक कालखण्डमा सीमित गर्नु हुँदैन । माक्र्सवादी–लेनिनवादी– माओवादी सौन्दर्यचिन्तनको विकसित प्रभावसितै नेपाली साहित्यमा समाजवादी यथार्थवाद पनि विकसित हुँदै गएको छ । यसलाई यहाँ पहिलो, दोस्रो, तेस्रो र चौथो अवधिका रूपमा उल्लेख गरिएको छ ।

(ग) नेपाली साहित्यमा आन्दोलनका धाराका रूपमा प्रगतिशील, प्रगतिवादी जस्ता पदावली प्रयोग हुँदै आएका छन् । नेपालमा प्रगतिशील साहित्यिक आन्दोलन मूलतः समाजवादी यथार्थवादको प्रभावकै परिणाम स्वरूप विकसित भएको हो र प्रगतिशील लेखक सङ्घको जन्म पनि यसै पृष्ठभूमिमा भएको हो । परन्तु प्रगतिशील आन्दोलनभित्र समाजवादी यथार्थवाद मात्र होइन, स्वस्पूmर्त यथार्थवादी, बुर्जुवा यथार्थवादी, आलोचनात्मक यथार्थवादी धारा पनि सम्मिलित रहेका छन् । प्रगतिशील आन्दोलन एक प्रकारको संयुक्त मोर्चा हो । जहाँसम्म प्रगतिवादको प्रश्न हो त्यो मूलतः समाजवादी यथार्थवाद तथा माक्र्सवादसित सम्बन्धित रहेको छ ।

(घ) नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादी धाराको रूपमा अक्टोबर क्रान्तिले साहित्यिक सिर्जना र समालोचनाका क्षेत्रमा जुन प्रभाव पा¥यो र त्यो विभिन्न चरण हुँदै जसरी विकसित बन्दै गयो त्यसका समग्र तथा सारभूत मान्यता र अभिलाक्षणिकतालाई आठौं नम्बरका ६ वटा बुँदाहरूमा समेटिएको छ । यसरी हेर्दा नेपाली साहित्यमा अक्टोबर क्रान्तिले पारेको प्रभाव एउटा नयाँ र युगान्तकारी धाराका रूपमा अत्यन्तै सशक्त एवम् गुणात्मक रहेको छ । यो प्रतिध्रुवीय धाराभन्दा मात्रा तथा गुण दुवैमा सशक्त छ र यसले त्यसलाई साँच्चैको चुनौती दिन पनि सानदार रूपमा सफल रहेको छ ।

(ङ) इतिहासको द्वन्द्वात्मक विकास निकै जटिल हुन्छ र त्यो कहिलेकाहीं निकै जटिल रूपमा अगाडि बढ्दछ । नेपाली वाम तथा कम्युनिस्ट आन्दोलनमा जुन दक्षिणपन्थी विचलनको प्रक्रिया सुरु भयो र अहिले त्यो जसरी जबर्जस्त रूपमा प्रभावी हुन गएको छ त्यसले नेपाली प्रगतिशील, प्रगतिवादी, समाजवादी यथार्थवादी र माक्र्सवादी आन्दोलनलाई पनि प्रभावित तुल्याएको छ । बहुलवाद, संसदवाद, पुरानो सत्ता तथा व्यवस्थालाई स्वीकार गर्दै आएको विचलनको यो धारा प्रतिध्रुवीय कित्तासित सजातीय र प्रगतिशील, प्रगतिवादी तथा माक्र्सवादी कित्तासित विजातीय बन्दै जान थालेको देखिन्छ । यो निकै दुःख, चिन्ता र विडम्बनाको विषय हो ।

(च) कम्युनिस्ट आन्दोलनको इतिहासका साथै प्रगतिवादी साहित्यको इतिहास पनि निकै वक्र गतिमा, अनेकौँ आरोह–अवरोहका प्रक्रिया पार गर्दै र तमाम प्रकारका विचलन तथा पश्चगतिका विरुद्ध लड्दै विकसित हुँदै आएको छ । अहिलेका लागि पनि यही नै सत्य हो । तसर्थ, यो जटिल मोडमा सच्चा माक्र्सवादी लेखक, कलाकार एवम् साहित्यकारहरू तमाम प्रकारका विचलन तथा पश्चगतिका विरुद्ध क्रान्तिकारी दिशा र अग्रगतिको पक्षमा उभिन र अक्टोबर क्रान्तिले सुम्पिएको ऐतिहासिक दायित्वलाई अर्को उँचाइमा पु¥याउँदै समाजवादी यथार्थवादको यात्रामा निरन्तर अगाडि बढ्न जरुरी छ ।

(२०७५ असौज ५ गते प्रलेसद्वारा काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रममा प्रस्तुत)
स्रोत– रातोखवर, बर्ष ४, पूर्णाङ्क १६२, २०७५ असोज १० गते बुधवार