राजनितिक क्रान्ति सकिएर मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भयो पूर्बउप्रधानमन्त्री रायमाझी

 

 

 

 

जनबाटो सवाददाता
अर्घाखाँची २३ असोज
अर्घाखाँची जिल्लाको बाँगीमा ठूलो संख्यामा जनसागर उर्लेको छ । शान्ति माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज द्वारा बाँगिमा आयोजित बार्षिक उत्सब तथा विशाल सांस्कृतिक कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा स्थानीय बासिन्दा कार्यक्रम स्थलमा जुटेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु भएको छ। नेपाली जनताको ठुलो बलिदान बाट राजनीतिक क्रान्ति पूरा भएको भन्दै उहाँले अब सिङ्गो मुलुकको ध्यान आर्थिक उपार्जनमा केन्द्रीत भएको उहाँको भनाई छ । सामन्ती राज संस्थाको अन्त्य र गणतन्त्रको स्थापना भईसक्दा पनि जनताको जीवन स्तरमा उस्तै रहेको भन्दै उहाँले बिकास र समृद्धि मार्फत जनताको जीवन स्तर माथि उठाउने बताउनु भयो ।Image may contain: 13 people, including Chet Narayan Acharya, Tilak Mishra, Ram Bahadur Chauhan, Bidhan Rayamajhi and Pitambar Bhusal, people standing
छोटो अबधिमा पनि अर्घाखाँची जिल्लामा थुप्रै बिकासका कामहरू भएको बताउँदै रायमाझीले जिल्ला लाई देशकै नमुना जिल्ला बनाउने दाबीसमेत गर्नुभयो ।
राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले शिक्षामा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभयो । उहाँले बैज्ञानिक , प्राबिधिक र जनबादि शिक्षाको बिकासमा जोडदिनु भयो ।Image may contain: one or more people, crowd, tree, outdoor and nature
प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्दै गएको बताउनुभयो । उहाँले पुरानो शिक्षा प्रणालीका कारण मुलुकमा बेरोजगारी बढेको भन्दै दक्ष प्राबिधिक जनशक्ति उत्पादन गरि स्वरोजगारको व्यवस्था मिलाउने बताउनुभयो ।
समाजका अध्यक्ष गणेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरु तोज बहादुर रायमाझी , पिताम्बर भुसाल ,समाजबादी नयाँ शक्तिका नेता खिम बहादुर बिक ,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,पत्रकार शोभाखर पन्थी लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।Image may contain: one or more people, people standing, tree, crowd, outdoor and nature