म के भनु ?

 

 

 

 

सुरेशमणि त्रिपाठी

आज हाम्रो देशको प्रधानमन्त्री को हो? देश कसले चलाई राखेको छ सोध्न मन लागेको छ। एकातिर चिनियाँ राजदूतले नेपालको संविधान विपरीत प्रधानमन्त्री र विभिन्न दलका नेता भेटी नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्न खोज्दै छन्। Micromanagement गर्न खोज्दै छन् जस्तो कि नेपाल चिनको एउटा प्रान्त हो, सायद excellency लाई थाहा छैन नेपाल एउटा आफैमा सर्वोभोम सम्पन्न राष्ट्र हो। अर्को तिर तिनका नागरिक जसले सिंह दरबार, जुन नेपालको सबैभन्दा संवेदनशील ठाउँ हो, त्यहा उदण्ड मचाइरहदा सरकार र प्रसाशन मुख दर्शक भएर हेरिरहेका छ। यो एक पटकको घटना होइन। जनवरी 2012मा पनि भक्तपुरको न्यायलयमा तोडफोड गर्दा पनि सरकार चुप लागेर बस्यो। के हामी नेपाली साँच्चै नै यति कमजोर र निरिह भैसकेको छौं जो कोही आएर पनि हाम्रो अस्मितामा सोझै प्रहार गर्दा पनि हामी चुपचाप सहने? कहिले चिनियाँ त कहिले भारतीय पक्षबाट अपमानित भइरहने? आखिर कहिले सम्म त? आफ्नो ज्यान को बाजी लगाएर महाकाली पौडेर आफ्नो भुमिमा टेक्न खोज्दा त्यो नागरिकलाई पक्राउ गरेर पुरुषार्थ देखाउने सरकार र प्रसाशन कहाँ गयो आज?आफ्नो देशको नागरिकलाई सजाय दिने तर आफ्नो देशको रक्षामा तैनाथ प्रहरीको बिल्ला थुत्दा र टाउको फुट्ने गरी हिर्काउदा केही गर्न सक्दैन सरकार। न्याय मरेको मेरो देश