नेपालमा मंगलबार मात्र थपिए ८३ कोरोना संक्रमित

 

 

 

 

 

नेपालमा मंगलबार मात्रै ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार राति थप २६ जनामा कोरोना भाइरस पुष्टि भएसँगै एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका हुन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार मंगलबार राति पुष्टि भएकामध्ये पर्साका १८ जना, महोत्तरीका दुई जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना, काठमाडौंका एक जना र सर्लाहीका एक जना छन्।यसअघि आज बिहान बारा, पर्सा, कपिलवस्तु र रूपन्देहीमा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१७ जना पुगेका छन्। तीमध्ये ३४ जना उपचारपछि निको भएर घर गएका छन्। मंगलबार वीरगन्जका दुई पत्रकार र कपिलवस्तुमा एक स्टाफ नर्समा पनि कोरोनाभाइरसको पुष्टि भएको छ।