आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गदै अर्घाखाँचीका विभिन्न स्थानमा राके जुलुस

 

 

 

 

जनबाटो संवाददाता
अर्घाखाँची १५ कात्तिक
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आफ्ना नेता कार्यकर्तालाई विना कारण पक्राउ गरेकोे भन्दै अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा राकेजुलुस निकालेको छ पार्टीको केन्द्रिय निति अनुसार सितगंगा नगरपालिका र पाणिनी गाँउपालिका छत्रदेब गाँउपालिका मालारानी सन्धिखर्क नगरपालिका गाँउपालिका भुमिकास्थान नगरपालिका राके जुलुस निकालेको पार्टीको केन्द्रिय नितिअनुसार असोज १७ गते १ घण्टा चक्काजामको लागि सहयोग गर्न सम्पूर्ण यातायात व्यबसायीमा समेत अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानमा राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज ३० गते गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीको विरुद्ध नेकपाले देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।