ठूलो लुम्पेक र लिम्घामा बाढी पहिरोबारे सिर्जनात्मक कला कार्यशाला (फोटोफिचर)


गुल्मी । असोज २६ । युथ फाउन्डेन नेपाल काठमाडौ र सत्यवती गाउँपालिकाको सहकार्यमा गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा बाढी पहिरो विपत्तिसंग सम्बन्धित दुई दिने सिर्जनात्मक उपचार तथा कला कार्यशाला सम्पन्न भएको छ ।

ठूलो लुम्पेक र लिम्घामा गत साउन ७ गते बाढी र पहिरोको प्राकृतिक विपत्तिले झण्डै डेढ दर्जन स्थानीयको मृत्यु भएको थियो भने सयौंको संख्यामा घाइते तथा विस्थापित भएका थिए । पहिरो तथा बाढीले विस्थापित भएका पीडितहरुलाई मध्यनजर गरि आयोजना गरिएको कला कार्यशालामा डेढ दर्जन कलाकारहरुको सहभागिता रहेको थियो । प्राज्ञ भुवन थापा बहुवि, प्राज्ञ यमबहादुर थापा, बेनप्रसाद थापा, शिव थापा मगर, सुमित्रा राना, शान्ता राहादी, विक्रम तरामु मगर, जिया थापा, कुशल थापा, यमबाङ थापा, विनोद श्रेष्ठ लगायत कलाकारहरुको सहभागी रहेको थियो ।

कार्यशालामा पहिरोका कारण विस्थापितहरु, स्थानीय जनता र विद्यार्थीहरुले भाग लिएका थिए । असोज २२ र २३ गते सञ्चालित कार्यशालामा युथ फाउन्डेन नेपालका अध्यक्ष अनु थापा मगरको अध्यक्षता, सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यशालाका फोटो हेर्नुहोस् । फोटो स्रोत – युथ फाउन्डेन नेपाल फेसबुक पेज